Posted by: pyaradeshbasiharu September 9, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

प्रधानमन्त्रीद्वारा गर्भवतीको उद्धार

smaller text tool iconmedium text tool iconlarger text tool icon
मन्त्रिपरिषद् बैठक सारियो
काठमाडौं, भदौ २४ (नागरिक) - जोखिममा रहेकी रुकुमकी एक महिलालाई प्रधानमन्त्रीको पहलमा उपचारका लागि काठमाडौं ल्याइएको छ। प्रधानमन्त्री माधव नेपाल नेपालको बेवसाइटले जनाएअनुसार अत्याधिक रक्तश्रावका कारण मृत्युसँग जुधिरहेकी उनी  बच्चा जन्माउने सिलसिलामा रुकुम जिल्ला अस्पतालमा भर्ना गरिएकी थिइन् तर स्थितिमा सुधार आएको थिएन। मुसिकोट- ८ रातामाटाकी २० वर्षीय गर्भवती कमला चन्दलाई ४ घण्टाभित्र थप उपचार नगरिए मृत्यु हुनसक्ने जानकारी चिकित्सकले दिएका थिए। यो खबर नेपालगन्जमा रहेका प्रधानमन्त्रीले  पूर्व जिविस सभापति खेममान खड्का, प्रमुख जिल्ला अधिकारीलगायतबाट प्राप्त गरेका थिए। यो सुनेपछि उनी आफूलाई लिन गएको हेलिकप्टर लिएर बिहान ७ बजे त्यहाँबाट रुकुमको सदरमुकाम पुगे। र, प्रसव वेदनामा छटपटाएकी ती महिलालाई लिएर राजधानी फर्किए। ती महिला थापाथलीस्थित प्रसूति गृहमा भर्ना गरिएकी छन्।

साक्षरता दिवसका उपलक्ष्यमा 'शिक्षा यात्रा' उदघाटन कार्यक्रमको सिलसिलामा कञ्चनपुरको महेन्द्रनगर पुगेका प्रधानमन्त्री नेपाल सो कार्यक्रममा भाग लिई म‌ंगलबार राजधानी फर्किन खोजेका थिए तर नेपालगन्ज विमानस्थलमा एउटा विमान दुर्घटना भएपछि उनी हिँजो नेपालगन्ज नै बसे।

प्रधानमन्त्री नेपाल बुधबार बिहान ती महिलालाई लिएर राजधानी काठमाडौं फर्किएका हुन्। 

बुधबार बिहान मन्त्रिपरिषदको बैठक भए पनि प्रधानमन्त्री ती महिलाको उद्धारमा संलग्न भई राजधानी ढिला फर्केकाले मन्त्रिपरिषदको बैठक साँझ ५ बजे सारेका थिए। तर नेपाली काँग्रेसबाट   मन्त्री बनेकाहरुले विपी जयन्तिको कार्यक्रममा बुधबार दिनभर व्यस्त हुने भनेपछि मन्त्रिपरिषदको बैठक स्थगित भएको छ।
Read Full Discussion Thread for this article