Posted by: Sufal September 4, 2009
"दण्डहिनता कहिले सम्म?"
Login in to Rate this Post:     0       ?        

"दण्डहिनता कहिले सम्म?"



(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।)


              ९ बजेको समाचारबाट सुनिताको नमस्कार! आजको प्रमुख समाचारहरुमा- राज्यमा भएको दण्डहिनता अन्त्यको लागि सरकारले अपराध अनुसार कानुन तर्जुमा गर्ने प्रतिबध्त्ता ब्यक्त र तिर्थ यात्री बोकेर जादै गरेको सवारी दुरघटनाबाट ५ को घटना स्थलमै मृत्‍यु !


अब सुन्नुहोस् पुरा समाचार……….


              off air भएपछी सुनिताको रिसको ज्वाला आज पनी बिस्पोर्ट हुने भयो भनेर सबै जना मुखामुख गरी रहेका थिए। समाचार सिध्दिना साथ आज त उ कसैसँग केही नबोली आफ्नो बाटो लागि। अचम्म माने सबै कर्मचारीहरुले सुनिताको आजको चाला देखेर नत्र भने उ सधैं समाचार वाचन गरिसकेपछी रिसको आगो हुन्थी, जहीले पनि उही हत्या, हिसाँ अनी मृत्‍यु कै मात्र समाचार हुन्छ हाम्रो देशमा। जहिले नि मूड नै off हुन्छ समाचार वाचन गरेपछी भन्थी। तर आज अचम्म भयो।


              सुनिता, पेशाले RJ हो। समसमायीक कार्यक्रमहरु चलाऊनुका साथै समाचार वाचन पनि गर्छे । पत्रकारितामा पनि उस्को चाख छ। आफ्नो चाख पुरा गर्छे, बेलाबेला पत्र-पत्रीकाहरुमा आफ्ना रचनाहरु छापेर। उस्को मुल बिषयबस्तु नै हाम्रो देशमा भई रहेको दण्डहिनता सम्बन्धी हुन्छ प्राय। उस्ले चलाऊने प्राय कार्यक्रम पनि यसैसँग मिल्दो जुल्दो हुन्छ। जबसम्म हाम्रो देशमा दण्डहिनताले प्रसय पाइ नै रहन्छ, हाम्रो देशमा कानुनीले राज्यको उपहास हरेक स्तरबाट भैइ नै रहन्छ भन्ने उस्को मुल्याङ्कन छ। देशका ठुलाबडा भनाउदाहरु चाँही दश थरी नाटक रचेर मस्तले तमासा हेरिरहेका छन। चुनाव ताका नयाँ नेपाल बनाउने खुब प्रचार गरेपनी खै त्यो नयाँ नेपाल अहिले? क्षितिजमा अझैसम्म पनि देखिएको छैन नयाँ नेपालको झिल्को न त देखाएकै छ कुनै छाँटकाँट, ती ठुलाबडाहरुले देखएको त्यो सपनाले मुर्त रुप लिने। बेरोजगारिको समस्या अझ बडी नै रहेको छ। यस्तै यस्तै बिषयबस्तु हुन्थे उस्को कार्यक्रमहरुमा अनी लेखहरुमा। संचार माध्यम नै एउटा दरिलो माध्यम मानेकी छ उस्ले सारा जनतलाई जाकरुक गराउने अनी आफ्नो लक्ष्य सम्मा पुग्ने।


 


             उस्को आमाको सपना थियो उस्लाई media line तिर लगाउने, जुन पुरा पनि भयो। तर नेपालको media line को के कुरा गर्ने ? कुनै सुरक्षा कसैले पत्रकारितालाई इज्जतिलो दर्जाले हेर्छन नै। 'कुनै पनि क्षेत्रमा पुरुष सरह क्षमता प्रदर्शन गर्न एउटी नारीलाई चारगुणा बढी क्रियाशील हुनुपर्छ रे' तै पनि उस्ले, एउटी नारिले हिम्मत नहारी सफलताको शिखर चुमि रहेकी छ। उस्को एउटा अटल शोभाव छ कुनै पनि काम " मलाई त्यो आउँदैन" भन्नु भन्दा, एक चोटि प्रयास गर्छु भन्न रुचाउँछे। आउँदैन- भनेर पन्छिनेहरुले नयाँ कुरा सिक्ने अबसर नै गुमाउँछन नि होइन्न भन्छे। हरेक कुरा सिक्न खोज्छे त्यसैले "आउँदैन" कहिले पनि भन्दिन । जुन कुरा सुरु गर्छे, सफल पनि हुन्छे।


              पिताको आशिर्बाद, आमाको ममता, दाईहरुको हौसला थियो केही बर्ष पहिला सम्मा उस्को साथ ! त्यही आशिर्बाद, ममता, हौसला अनि साथीभाईहरुको शुभकामना पाएर नै सुनौलो सपना देख्न थालेकी थिइ उस्ले- एउटा सफल महिला पत्रकार अनी RJ हुने - आफ्नो जीवनको अन्तिम घडी सम्म पनि। ढकमक्क फुल्न खोजेका फुल जस्तै थिए उस्का सपनाहरु उस्का सारा परिवार एकै साथ् हुँदा। तर बिगत केही बर्ष पहिला देखी त्यो सपना फुलाउने धुनमा छैन उ। आफ्नो जिबिका धान्न्को लागि लगिपरेको छ आज उस्का सपनाहरु अहिले २ जना दाईहरु बेपत्ता छन बिगत २ बर्ष देखी। कस्ले केका लागि लगेका हुन अहिले सम्म थाहा छैन। दाईहरुलाई लगेको २-३ दिनमा खोज्दै, भौतारिदै मेल्टरी क्याम्प सम्मा पुगेकी थिइ। कान्छा दाईलाई देखेकी थिइ त्यहाँ उस्ले। दाईको शरीर रगताम्य थियो। मरेतुल्य भएको थियो उस्को मन। "को होउ तिमीहरु ? किन यहाँ राखेका छै मेरा दाईहरुलाई ? "भनेर चिच्याउँदा कसैको पनि बोली फुटेको थिएन त्यतिबेला। दाईले पसलमा भएको पैसा सबै यिनिहरुले लिएका छन , करिब एकलाख जती थियो भन्नुभएको मात्र थियो समय सिध्दियो भनेर बाहिर निकालिदिए। अर्को दिन पनि पुगेकी थिइ त्यहाँ तर


क्रमश...

Read Full Discussion Thread for this article