Posted by: Dinesh Shrestha September 3, 2009
गजल
Login in to Rate this Post:     0       ?        
आधुनिकताको फाँट देखियो

श्रीमतीको साटासाट देखियो



प्रकृतिको नियम मिचिदैछ

स्रिष्टि माथि लुटपाट देखियो



विलासिता झनै बढिरहेछ

विकृतिको ठाँटबाँट देखियो



अतिवादको सत्ता पल्टेको छ

र त निरंकुशी आँट देखियो



हत्या,बलात्कारको माहोल छ

आलो लाश् को आर्यघाट देखियो



शक्ति    प्रदर्शन     भैइरहेछ

विध्वंसको छाँटकाँट देखियो |
Read Full Discussion Thread for this article