Posted by: Nepe August 25, 2009
यो आँधिलाइ कस्ले रोक्ने ?
Login in to Rate this Post:     0       ?        

तिका:जी,


 


It goes both ways. अर्थात् माओवादीले जातीवादीहरुलाई आफ्नो स्वार्थको लागि उपयोग गरिरहेको मात्र होईन, जातीवादीहरुले पनि माओवादीलाई आफ्नो स्वार्थको लागि उपयोग गर्ने काम भईरहेको छ ।


माओवादीको साम्यवादी दलिय अधिनायकवाद र जातीवादीहरुको प्रादेशिक जातीय अधिनायकवाद एक बिन्दूमा पुगेर टकराउने त निश्चित छ ।


त्यो बिन्दूको बारेमा यी दुबै शक्ति अनभिज्ञ छैनन् । यत्ति हो, यी दुबै शक्तिहरु जब त्यो बिन्दू आईपुग्छ त्यसबेलामा एकले अर्कोलाई DOUBLE CROSS गरम्ला भन्ने दाउ थापेर एकसाथ अघि बढिरहेकाछन् ।


अबको प्रश्‍न भनेको कसले कसलाई DOUBLE CROSS गर्न सक्षम होला त ?


मेरो विचारमा, कुनै नाटकिय घटना बेगर अहिलेको स्थिति बढ्दै जाने हो भने अब नेपालमा DOUBLE CROSS होईन, TRIPLE वा QUADRUPLE CROSS हुने खालको बहुपक्षिय द्वन्द हुनेछ र विजेता कोही नहुने, केवल द्वन्द र हिंसाको तितो घाउ र खेर गएका अमूल्य वर्षहरुप्रति आमग्लानी बाँकी रहने अन्त्य देख्छु म ता ।


 


Nepe

Read Full Discussion Thread for this article