Posted by: तिका: August 25, 2009
यो आँधिलाइ कस्ले रोक्ने ?
Login in to Rate this Post:     0       ?        
Ethnicity based federalism र cast based federalism दुबैलाइ खसनेपालीमा जातीय संघियता भनेर भनिन्छ । यसलाइ कुन शब्दले फरक अर्थ लाग्ने गरि जनाउनु पर्ला ? माओबादिले धकेल्दै गरेको मोडेल Ethnicity based federalism हुनुपर्छ भन्ने मेरो अनुमान हो, जुन देशको लागि राम्रो हुनेछ । तर माओबादिले यो नारालाइ जनजातिहरुलाइ मच्चाउदै मच्चाउदै थच्चाउने नियतले उचालेको हो भने अहिल्यै देखि "खबरदार" । माओबादिका बाहुन नेताहरुले त्यसको महँगो मुल्य चुकाउनै पर्नेछ । यस्तै मच्चाउने र थच्चाउने खेलले गर्दा बाहुनबादि एमाले गन्हाएर पतन भएको उदाहरण ताजै छ । एमालेका बाहुन नेताहरुको बचेखुचेको दिन पनि सक्किदै छ । त्यसैले तिनेरु अचेल ढोकाबाट छिरेर राजनीति गर्न छोडि झ्यालबाट छिरेर राजनीति गर्न थालेका छन । चुनाव सुनाव जित्नु छैन, तिकडमबाजि गर्दै पद हत्याउने खेलमा मस्त छन । तर तिनका यी अनैतिक हर्कतको एक एक हिसाव जनताले चुकाउने छन ।
Read Full Discussion Thread for this article