बिष्णु खनाललाई रिसर्च केन्द्रद्धारा सम्मान
हुस्टन , टेक्सस - नेपाली पोष्ट प्रतिनिधिप्रकाशनको मिति २१ अगष्ट २००९ ११:५९ बजे | ० वटा प्रतिक्रिया
प्रख्यात अमेरिकि विश्वविद्यालय राइसमा पी एच डी सम्पन्न गरेका नेपाली विध्यार्थी बिष्णु प्रसाद खनाललाई संसारकै प्रतिष्ठित संस्था मेटेरियल रिसर्च सोसाइटीले स्वर्ण पदकबाट सम्मानित गरेको छ । यो संस्था विश्वका भौतिकशास्त्री र अनुसन्धानकर्ताहरुको सबैभन्दा ठुलो मानिन्छ ।
खनाललाई उनको अनुसन्धान र प्रस्तुतिकोलागि स्वर्ण पदक प्रदान गरिएको हो ।
विश्वमा प्रतिष्ठित मानिएका हर्वार्ड , राइस , वर्कले क्यालिफोर्नियाजस्ता विश्वविद्यालयबाट चुनिएका भौतिक विज्ञानका अनुसन्धानकर्ताहरुबीचको प्रतिस्पर्धामा खनालले बाजी मारेका हुन् ।
उनले राइस विश्वविद्यालयबाट प्रदान गरिने नरम्यान हेकरम्यान फेलोसिप पनि पाएका थिए ।
खनालका अनुसन्धानसम्बन्धी लेखहरु र उनकाबारेमा समाचार विभिन्न संचार माध्यममा प्रकाशित भएका छन् ।
बर्दिया जिल्लाको गुलरियामा एउटा सामान्य किसान परिवारमा जन्मिएका खनालले त्रिभुवन विश्वविद्यालयबाट रसायन बिज्ञानमा स्नातकोत्तर गरेका हुन् ।