Posted by: Dinesh Shrestha August 20, 2009
सुफी
Login in to Rate this Post:     0       ?        
       सुफी


पूर्णिमाको जून मात्र होइन,

औशीको रात पनि बरोबर आईरहन्छ ,

फुल्नु मात्र होइन, झर्नु पनि पर्छ फुलले ,

त्यसैले ,

तिमी मेरी भईनौ, सुफी ।




रमाइलो थियो

सबै हास्दै थिए,

म पनि हाँस्दै थिए,

हाँस्दा हाँस्दै तिमीलाई सम्झिएर आँसु झरेछ, सुफी ।





तिमीले छोडेको,

हिजो-

अस्ति जस्तो लागेको थियो

आज-

हिजो जस्तो लाग्दैछ

तर

तिमीसँग बिछोडिएको पनि सात बर्ष भैइसकेछ

सुफी,

अब त धेरै जिउने आस पनि छैन मेरो ।



म पिउदै थिए

म जिउदै थिए

भट्टीको कुनामा एक्लै थिए

को आए को गए मलाई पर्वाह थिएन

सिर्फ तिमीलाई सम्झिरहेको थिए

सुफी ।





आँधीबीचको यात्री हुँ म

गन्तव्य ??

यसैमा जिउने रहर नभए पनि

सुफी,

तिम्रो आगमन नभएसम्म म आँधीबीचमै हुनेछु ।

Read Full Discussion Thread for this article