Posted by: daum August 19, 2009
POEM u wanted to write on your mind
Login in to Rate this Post:     0       ?        

सिमाना

आवश्यकता, अभाव अनी
अराजकताले सिचिंएको मेरो देश

राजनेताहरुका पाँउमुनी
गुट्मुटेर थिचिएको मेरो देश

चार वर्ण छत्तिस जातको
हुलमा मिचिएको मेरो देश

छिमेकी मुलुकको कलमले
सिमाना खिचिंएको मेरो देश

-------------------------------

न रुखले दियो सुख
न त सुर्यले न्यानो ताप
हलोले नि जोत्न सकेन
सतिले त देको रे श्राप
हसियाँले नि रेट्नु रेट्यो
पुनर्जन्मको थियो कि पाप

------------------------------

हिमाल पग्लिएर पहाड
पहाड भाँसिएर तराई

तराई पछी खै कता हराई
यसरी हराउँदै खुम्चिएको मेरो देश ।।


 


-daum

Read Full Discussion Thread for this article