Posted by: thopa August 19, 2009
POEM u wanted to write on your mind
Login in to Rate this Post:     0       ?        

 


 


एक्लो, एक्लो म
यो मध्यरात सन्नटामा
एक्लो म
म छु अनी मेरो एक्लोपना
म छु अनी मेरो एकान्तता
ति आकाश तारा हेर्दा सुन्दर छन'
तर ति सबै एक्लै एक्लै,
आफ्नो अन्त्यको प्रतिक्षामा छन 
आखिर सब चिज क्ष्अय छन
सिवाय यो मेरो एक्लोपना,
छैनन साथी म भन्दिन
बस्दीन समाजमा म भन्दिन
छैनन प्रेमिकाहरु म भन्दिन,
तर पनि त्यो भिडमा म एक्लो छु
सिर्फ म एक्लो छु
मेरो छाया, मेरै बैरी भएको बेला
मेरो सपना आकाश सरी भएको छ
क्षितिज पारी गएर यो
एक्लोपना बिसाउन खोजेता पनि
यो मलाई अझै रित्तो बनाउदै
मेरो मुटु अनी कलेजो,
भुट्दै मिठो मानेर यो
एकान्तता मेरो बिजोग चाखिरहेछ 


 


 



 


 


नेपाली परियो, नेपालीमै कबिता कोरियो
केही व्याकरणमा गल्ती भय माफि चाहन्छु

Read Full Discussion Thread for this article