Posted by: BudoBaaje August 18, 2009
Login in to Rate this Post:
0
?
असाराँ माइत मुन्टेकी तीमेर्की बुढीबजै अहिले सम्म अन्मरिएकी हैन । ज्यान एक्लो भए पछी त निदरी ले पनि छुन्न भन्या । क्यार्ने हो
? अब सधैं जस्तो त्यही सिलेमा मा निलो कालो रङ मिसाएर हेरी बस्ने कार्जेकरम् बनाए ।"
बिदेशी प्रभु को जय ""
बिदेशी प्रभु को जय "उफ
! पुल्टिसे पदम आइपुग्यो बाहिर बाटा मा सधैं जस्तो ।"
तेस्को बाउ को ज्वानो को झोल पनि कत्ती धोक्न सक्या हो भन्या?" कन्पारो तात्यो मेरो । नतातोस पनि कसरी ? दस दुनियाँ कत्ता कत्ता के के जाती धोकेर हल्ला गर्ने बेला मा चै मेरै घर अगाडि आँखादा बनाउछ ।यस्सो
झ्याल बाट हेर्या मोरो त बर्बराउदै ढल्मलिदै त्यही पो बजारीयो । कत्ती बेर हेरे उठ्दैन त ! जानु पर्यो हेर्नु पर्यो"
घिच्नु नि त्यस्को बाउ को झोल पच्ने गरेर ! मर्न लाई चै मेरै घर देखे छ मोरो ले । " कराउदै निक्ले म ।यता
चलाए उत्ता चलाए बोलाए । सुन्दैन बोल्दाइन । केही बेर सोचे ।मोरो
लाई घिसर्दै घर पछाडि को गाई को गोठ् मा लगेर सुताइ दिए । गोठाँ यस्सो अलिबेर अल्मलिएर बहिर निस्कदा मोरो को माया लागेर आयो अनी फेरी आफु त ठुलो मन भाको मान्छे है माया लागेर त्यस्को पकेटाँ ५० रुप्पे दाम राखेर आए र सुते ।भोली
पल्ट पनि त्यही भयो। आयो मोरो , लड्यो त्यही ,फेरी माया लाग्यो गोथाँ लगेर सुताइदिये अनी फेरी ५० रुप्पे दाम छोडिदिये त्यो लठ्ठक् को पकेटाँ । अर्को दिन पनि आयो , करायो , त्यही अगाडि लड्यो , फेरी उठाए , लगेर सुताइदिये अनी ५० रुप्पे दाम रखिदिये । माया लाग्छ क्यार्ने हो र ? यसरी नै धेरै रात हरु बिते ।अनी
त्यस्पछी अर्को राती उ फेरी आयो ,तर अचम्म बाए ! कराएन , लडेन , सरासरि आफ्नो घर तिर गयो ।भोलि
पल्ट आर्को दिन पनि त्यही भो के रे । मोरो ढुल्मुल नगरि सरासरि हिड्छ कराउन्न पनि अनी लड्ने पनि कुरै भएन क्यारे ।मलाई
त साह्रै खुल्दुली भयो गाठ्ठे । लौ भएन नसोधी भएन । किन आज्काल त्यस्तो भाको ? बोलाएरै सोधे ।"
होइन ओइ पुल्टिसे पदम ! किन हो आज्काल , न त कराउछस न त लड्छस , भलाद्मी पो भैचस् त बाए !""
हो बाज्या त्यसइ भान्नु पारो ! मु त आज्काल भालाद्मी पो भाको छ् त "फेरी
भन्यो"
बाज्या मुइले त सप्पुइ जार राक्सी छोर्यो नि । केही पोनी खाने नाइ आबु त ! "म
त अचम्मै मा परे नि भन्या । यस्तो अंमली ले त्यसरी एक्कै बाजी मा कसरी छोड्न सकेछ ह गाठ्थे ।अनी
सोधे " किन छोड्या त त्यस्तो जाड रक्सी नभै नहुने मान्छे ले ""
आबु मु के भानु बाज्या ! रात भरी जार खायो है ! तर बिहान बिहान चै यो कन्नो असाध्यै दुखने भन्या ! "पुल्टिसे
पदम चाक मुसार्दै थियो ।