Posted by: Dinesh Shrestha August 13, 2009
गजल
Login in to Rate this Post:     0       ?        
कमेन्टको लागि ग्रिश्मा जी र राहुल जी लाई धन्यवाद । प्रस्तुत गजल "झ्याउरे लय" मा छ । यो पनि बहर नै हो अर्थात गजल को नियम भित्र छ ।  नियम भित्र बसेर रचना लेख्न गाह्रो नै हुन्छ । म पनि स्वत्रन्त्र भएर गजल लेख्न चाहन्छु । हो, गैरबहर मा बढी भन्दा बढी शब्द हरु सङ खेल्न पाईन्छ तर स्वतन्त्रताको नाममा गजलको अस्तित्व नै मेट्नु चाही भएन भन्ने मेरो धारणा छ ।  अन्तिममा, गजल लेख्दा गजल नै बनोस् ,मिठो बनोस्, मन छुने खालको बनोस्, तर त्यसमा खास नियम्(बहर)को जरुरत भने छैन ।

ग्रिश्मा जी,गजलका नियम (जसलाई गजलको भाषामा "बहर" भनिछ । ) सिक्न चाहनु हुन्छ भने अनाममण्डली द्वारा प्रकाशित "बहरमाला" अध्ययन गर्नु भए तपाईलाई प्रभावकारी हुनेछ ।
Read Full Discussion Thread for this article