Posted by: crazy_love August 12, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

भाग-११


एकछिनपछि सार्थक माथि कौसिमा उक्लियो, आभा पहिले नैं उसैलाइ कुरेर बसेकी थिए। साँझ त परिसकेको थियो, तर रात अझै आइसकेको थिएन। काननिरको केहि केशलाइ चोर औलाले घुमाउदै आभा केहि सोचिरहेकी थिए। सार्थक आएको पनि उसले देखिन। सार्थक आभा नजिकैको को कुर्सीमा बस्यो, आभाले उसलाइ आफै हेर्छे भनेर कुर्‍यो। तर आभा आफ्नै धुनमा सोचमग्न थिए। त्यसपछि सार्थक आफैले आफु त्यहि भएको जानकारी दिनु पर्‍यो आभालाइ।


"आभा।" आभाले पुलुक्क हेरी, चोर औंलाले बटारीरहेको केशलाइ छोडी, अनि मुस्काइ।


"अस्ति तिमी म सङ के कुरा गर्न खोज्दै थियौ? म सङ समय थिएन। तर आज म सुन्न सक्छु।" आभाले सार्थकलाइ हेर्दै भनि।


"के कुरा?" सार्थकले सम्झिने प्रयास गर्‍यो।


"खोइ के कुरा हो? तर त्यति खेर म ब्यस्त थिए प्रिजेन्टेसनको काममा। त्यसैले मैले बिचैमा छोडेर हिड्नु परेको थियो। अस्ति भर्खर त हो नि। बिर्स्यौ?" आभाले सकेसम्म सम्झाउन खोजि।


सार्थकले सम्झ्यो त्रिस्ना, शायद उस्कै बारेमा कुरा गर्न खोजेको थियो त्यो रात। तर उसले भन्नै सकेन।


"ए, त्यस्तो जरुरी कुरा हैन। मैले मेरो नयाँ अलबम को नाम मात्र के राखे उपयुक्त होला भनेर तिमिलाए सोध्ने बिचार गरेको थिए। तर अब राखिसके। त्यो कुरा सकि सक्यो।" सार्थकलाइ भन्नु उचित लागेन।


"त्यस्तो कुराको त मलाइ केहि आइडिया छैन ? तिमी आफै सोच्न सक्छौ नि।" केहि बेर रोकि अनि फेरि भनि आभाले। "आज मेरो एउटा कुरा छ तिमिसङ।"


सार्थकले सोध्न सकेन, मात्र कुरिरह्यो आभाको कुरा छातिमा उफ्रिरहेको मुटुको आवाजले कानलाइ बहिरो बनाइसकेको थियो। तैपनि नियन्त्रण गर्ने प्रयासमा थियो सार्थक।


"म एक महिनाको लागि क्यानडा जाँदैछु।" आभाको अनुहारमा खुशी थियो। सार्थकले सन्तोषको स्वाश फेर्‍यो।


"अचानक? के काम पर्‍यो त्यस्तो?" सार्थकलाइ अलि अलि डर पनि लाग्यो। आभा उ सङ टाढिन लागेको जस्तो भान भयो। हुन त नजिक कहिले थिए र उनिहरु?


"मलाइ एउटा नेत्रित्व बिकाश सम्बन्धी तालिममा क्यानडाको संस्थाले छानेको छ। त्यो कार्यक्रममा संसारका अन्य मुलुकबाट पनि म जस्तै नारीहरु आउनेछन्। हामीलाइ त्यहाँ एक महिना नेत्रित्व बिकाश सम्बन्धी तालिम दिइनेछ।" आभामा बास्तबमा अरुको मातहतमा भन्दा आफ्नै मातहतमा अरुलाइ काम लगाउन सक्ने क्षमता थियो। त्यसैले होला उ र सार्थक आ-आफ्नै ढङले परिवारिक जिम्मेदारी स्वतन्त्र रुपमा निभाउथे। उनिहरु कसैको मातहतमा थिएनन्, समानान्तर रेखाहरु जस्तो।


"यो त धेरै खुसीको कुरा हो। भन, मैले तिमीलाइ के मद्दत गर्नु पर्छ तिम्रो सफल यात्राको लागि?" सार्थक कतै खुम्चे पनि आभाको सफलतामा खुसी भयो।


"तिमी म नहुँदा श्रेया र समिरको सम्पूर्ण जिम्मेबारी लिन्छौ भन्ने आशा छ। घरको पनि।" आभाले सार्थकलाइ अनुरोध गरी।


"त्यो त तिमीले चिन्ता गर्नै पर्दैन। तिमी ढुक्क भएर जाउ, तर हामी तिमीलाइ कुरिरहेका छौ भन्ने कुरा चाहि नबिर्स। उतै पलायन हुने बिचार छ भने त्यागिदेउ।"सार्थकले आफ्नो भाबनालाइ लुकाउन सकेन। जे भए पनि आभा उसकी आफ्नै मान्छे हो, जसले उसलाइ परिबर्तन गर्ने कोशिश गरेकी छैन। उ जस्तो छ त्यस्तै स्वीकारेकी छ।


"उतै बसे पनि तिमीलाइ त केहि असर पर्दैन होला।" आभाले ब्यङ गरी उसलाइ।


"तिमी मलाइ त्यति सार्हो निष्ठुरी छौ जस्तो लाग्दैनौ। हामी एक अर्कामा जति बिपरित दिशामा जान्छौ, आकर्षण त्यति नै बढ्छ। तिमी जहाँ जान्छौ म त्यही आँउछु, साथमा श्रेया र समिर पनि।" सार्थकले आभालाइ नियाल्यो, आज आभाको अनुहारमा अर्कै कान्ति थियो। यसभन्दा अघि कहिले देखेको थिएन त्यो उज्यालो।


सार्थकको मोबाइल बज्न थाल्यो, आभा केहि भन्न खोज्दैथी, चुप लागि। सार्थकले नम्बर हेर्‍यो लिजा थिइ। उसले फोन उठाएन र आभा अलि पर कौसीतिर गइ। उ सार्थकलाइ उसको ब्यक्तिगत फोनकलको लागि प्राइबेसी दिन चाहन्थी। उ सधै यस्तै गर्थी, जब सार्थकको फोन आँउथ्यो। उसले कहिले पनि सार्थकलाइ कसले किन फोन गर्छ भन्ने चासो देखाइन। फोन बन्द भएको केहि बेरपछि आभा भएतिर सार्थक पनि गयो।
बाताबरण सहज बनाउन उसले आभालाइ सोध्यो।


"तिम्रो कार्यक्रम कहिले देखि कहिलेसम्म हुन्छ? मैले पनि त्यहि अनुसार मेरो कार्य तालिका मिलाउनु पर्‍यो।"


"अर्को महिनाको दोस्रो हप्तादेखि एक महिना सम्म हो। त्यसपछि म फर्कि हाल्छु।"


"टिकेटको लागि म प्रबन्ध गर्छु। मलाइ जाने र आउने दिनको मिति देउ।" सार्थकले आफुले सक्ने जिम्मेबारी लियो।


"उताबाटै सबै प्रबन्ध हुन्छ। तिमी ट्रावल एजेन्सिलाइ सम्पर्क गरेर मेरो आइटिनरि देउ। त्यसपछि उनिहरुले ट्रावल अजेन्सिलाइ डाइरेक्ट सम्पर्क गर्छन्, सजिलै छ। हामीले केहि गर्नु पर्दैन।" आभाले भनी।


"हुन्छ, मलाइ तिम्रो जाने र फर्किने दिनको मिति देउ।"


"एकछिन पर्ख।" भन्दै आभा मिति हेर्न भित्र गइ। सार्थकलाइ कता कता आभा कहिल्यै नफर्किने गरी गइ भने के गर्ने होला भन्ने पीर पर्‍यो। आभा बिनाको उसको जिबन अरु निरथर्क हुनेछ। उ यस्तै यस्तै सोचिरहेको थियो। फेरि फोन आयो, यसपाली प्रबेशको थियो। हत्त न पत्त फोन उठायो सार्थकले।


"प्रबेश जी, भन्नुस्!"


"बलबहदुरले अलि छिटै काम सकाँउ भन्न थाले। त्रिस्ना नि बिरामी भइ रही रे। उता गाँउमा पनि थुप्रै काम बित्यो रे। सकेसम्म भोलि नै सकाँउ भनेको छ। के गर्ने?"


"अनि त्रिस्नालाइ राम्रो निको भयो त?" सार्थकलाइ त्रिस्ना भन्दा महत्वपूर्ण बिषय अरु थिएन।


"त्यस्तो धेरै बिरामी छैन, आउन सक्छे रे त्यो अफिसमा नागरिकताको लागि। त्यसैले मैले त भोलिको लागि सबै तयारी गरे। मैले चिनेको एकजना साथी पनि छ त्यहा। धेरै समय लाग्दैन, एक घन्टामा सबै सकाइदिन्छु भन्या छ। तपाइ पनि त्यस्तै ११:३० तिर CDO अफिस आउनु होला। म बलबहादुर र त्रिस्ना लिएर आँउछु।


"किन यस्तो हतार? अघि बिहानै मात्र २-३ दिनपछि भनेको हैन?" सार्थकलाइ धेरै कुराको चिन्ता लाग्न थाल्यो अब। उसले त्रिस्नासङ कुरा पनि गर्न पाएको छैन। उ के चाहन्छे? सोध्न पाएको छैन। उसको ब्यबस्था गर्न पाएको छैन।


"मैले त भोलीको लागि बन्दोबस्त गरि सके सर! उनिहरुलाइ समय छैन भने हामीले पनि धेरै अड्काएर राख्ने कुरा भएन। तपाइ चाहिने डकुमेन्ट लिएर आउनुस्। काम सकाइदिउँ, उनिहरु जे सुकै गरुन् त्यसपछि।" प्रबेशले उताबाट "भोलि भेटौंला" भन्दै फोन राखिदियो।


सार्थकको मनको तार पनि काटियो कतैबाट, त्रिस्नासङको मन सङ  मिलाउने तार। के अब त्रिस्ना फेरि पराइ हुन्छे उसको लागि? उ र त्रिस्नाको सम्बन्धको पर्खाल अझै ठुलो बन्छ? किन सक्दैन उ त्यो पर्खाल भत्काउन?


क्रमश:

Read Full Discussion Thread for this article