Posted by: syanjali August 8, 2009
यसपालिको दशैमा
Login in to Rate this Post:     0       ?        
अन्तरे, कान्छा , काइलो दाई , राहुलभाइ, मुखिया बा, च्यान्टे , फुलमती, सेक्सी इन सारी , सुन्तली लगायत चौतारी मा भेला हुने हरुको कुन्डली तयार पार्दै छु। हाम्रा साइला दाई खसिबोका को फार्म मा महिनै पिच्छे सिङै खसी किनी दैनिक सेकुवा , पकुवा , शाही कवाब देखी आन्द्रा भुँडी समेट भुटेर खान्छन रे , एसरी खाए भनी इर्स्या गर्या हैन , गर्धन र चिउडो नछुट्टिने भएको देख्दा एही साझामा हृदय रोग बाट एक ग्रसित नेपालीको उपचारार्थ सहयोग को खबर पढनु पर्ला भन्ने डर लागे पनि दसैं भनेको दसैं नै हो .

पक्का पक्की गरी सकौ एउटा जँगी बाख्रिको छोरा ल्याउने, साथमा एउटा १० पाउन्ड को कूकर पनि जोगाड गरिसके। कुरो रह्यो फीली बार रोड आइल्यान्ड सम्मा जाने कि नजाने बोका लिन ( खसी पार्या हुँदैन रहेछ ), खसी बोका नभै दसै नै आउँदैन नि, आजको बहुमतले १०० - १५० माईल सम्म एकतर्फी भएपनी जाने निधो भयो

तिथी र स्थानको टुङो लाग्न सकेको छैन , टुङो लाग्ना साथ एही धागोमार्फत जानकारी गराउला , लिस्ट (सन्ख्या )तयारी मा नाम दर्ता गर्नु हुन र प्रती ब्यक्ती २० , ४ जनाको परिवारअले ५० , ७ बर्ष मुनिका लाई सित्तैमा

दसैं पार्टी तयारी समिती
चारखाल , फीली
Read Full Discussion Thread for this article