Posted by: तिका: August 6, 2009
यो आँधिलाइ कस्ले रोक्ने ?
Login in to Rate this Post:     0       ?        
लौ सुन्नुहोस ताजा खबर - तात्तातो खबर आजैको खबर

माओबादीले स्वायत्त प्रदेश गठन गर्ने रे, स्थानिय सरकार गठन गर्ने रे 

माइक्रोबसमा एउटा पत्रिका बेच्ने फुच्चेको चिच्याहट झ्यालतिरबाट सुनियो । यो चिच्याहट नै काफि छ देश कता लम्किरहेको छ भन्ने बुझाउनलाइ । खस भाषाका अगुवाहरुले राज्यको श्रोतसाधनमाथि एकलौटी कब्जा जमाइ दुरुपयोग गरी अन्य भाषामाथि गरेको दमन थिचोमिचोको नतीजा आउन थालेको आभाष भएको छ । 

गैरखसभाषा बोल्ने जनजातिहरुमा रहेको तीब्र असन्तोषलाइ नजरअन्दाज गरेर भित्तैमा पुर्याउन खसबादी पञ्चायति सरकार हात धोएर लाग्यो, त्यसै नीतिलाइ मलजल गर्न र खसभाषालाइ अभिजात्य भाषा अन्य भाषाभाषिलाइ दोस्रो दर्जाको हैसियतमै राख्न बहुदलीय भनाउदो ब्यबस्थाले कुनै कसर बाँकि राखेन । 

त्यहि असन्तोषलाइ माओबादीले टिप्यो, शुरुवाती दिनमा जनसमर्थन बटुल्न हम्मे हम्मे परेको आतंककारी जनयुद्धबादी माओबादी पार्टी त्यसपछि दिन दुइगुणा रात चौगुणा फुल्दै गए । बिशेषत: खस समुदायमाझ केहि राजनीतिक र केहि प्रतिशोधको भावनालाइ उचाल्दै तथा  गैर खस समुदायमाझ भाषिक स्वतन्त्रता र समान हकको भावनालाइ टिप्दै, त्यो भन्दा अझ एककदम अगाडि बढेर स्वायत्तता र आत्मनिर्णयको अधिकार दिने सम्मका बाचा गर्दै समर्थक पंक्ति बढाउन माओबादिहरु पछि सरेनन ।

माओबादिले ती नारा दिदाबखत पाएको आकर्षण सरकारमा गएपछि टिकाउन सकेन । तर सरकारबाट ओरालो लागेपछि फेरी सस्तो लोकप्रियताको लागि हो वा साँच्चै नै ती मागहरुप्रति संवेदनशील भएर हो फेरि स्वायत्तता र आत्मनिर्णयको कुरा चर्को चर्को बोल्दैछ । 

माओबादिले हालै घोषणा गरेको आन्दोलन र सरकारलाइ समेत ओभरटेक गरेर गठन गर्न खोजेको स्वायत्त प्रदेश र स्थानिय सरकार बिशुद्ध जातीय प्रारुपको छ । माओबादीको माग बेठिक छ म भन्दिन तर माओबादिले आवश्यक गृहकार्य भने गरेको छैन भन्ने मेरो बुझाइ छ ।

उक्त आन्दोलन र गतिविधिको माध्यमबाट संघिय नेपाल तर्फ संक्रमण गराउने एउटा आँधि आउने निश्चित छ, साथै यो आन्दोलन (यदि सफल बनाएमा) अहिलेसम्म माओबादीलाइ मुल्याङकन गर्दै रहेका जनजातिको ठूलो पंक्तिलाइ माओबादी समर्थक बनाउने पनि निश्चित छ । यस्तो आँधिले धेरै पुरानो मान्यताहरु भत्काउने छ, तर नयाँ मान्यता सहि ढंगले बनाउने छ वा छैन भन्न सकिन्न । आँधिको जन्मजात गुण नै बिध्वंश गर्ने, निर्माण नगर्ने प्रकृतिको हुन्छ ।

अन्य भाषाको अधिकारबारे कुरा उठाउने बित्तिकै कुर्लिन तम्सने एक जमात बाहुन खस मित्रहरु साझामा पनि बग्रेल्ति छन, उहाँहरुको लागि यो आँधि बहस, बिचारबिमर्शको विषय बन्नु पर्ने होइन र ? के छ त मित्रहरु बिचार ? कसले कसरी यो आँधिलाइ रोक्ने ?

Read Full Discussion Thread for this article