Posted by: Rahuldai August 4, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे ।


क्वाटी खाने भए एउटी लाटी ब्या गर्नु पर्छ क्या ।


असली क्वाटी बनाउने रेसिपी



१- बिभिन्न खाले गेडागूडी घटी मा एक दिन अगावै बिजाउने। टुसा निस्केमा अझ बेस ।


२- क्वाटी खाने दिन, ब्यानै भगवान र भगवाननी को पूजा गर्ने ।



३- क्वाटिलाई बेस्सरी उमाल्ने, नून बेसार र जिरा को धुलो हाल्ने।



४- लस्सा निस्के पछी पाकेको संकेत गर्दछ ।



५- मासु अथवा बिशेष प्रकार को म: म: जसलाई ग्वार्चा भनिन्छ, बनाइ भटभटि उम्लेको क्वाटिमा खसाल्ने।



६- क्रमश चलाऊदै जाने।



७- पाक्न थाले पछी ग्वार्चा तैरिन थाल्दछ ।



८- आगो को राप कम गर्ने



९- सानो प्यान वा धव:मा असली घिउ ( घिउ नपाए तेल) तताउने।



१०- इमुचा: अर्थात ज्वानो नयाँ ज्वाँईंलाई झ्वाइँ गर्ने।



११- मुला आलु गाजर मिसाएको अचार् संगै बिचार  गर्दै खाने।



नट: जोब्रो डामिएन भने स्वाद न आउने हुंदा ताततातो नै खानु लाभदायक् हुन्छ ।
 

Read Full Discussion Thread for this article