ek@l n perfectionist thanx for ur sweet comment ..............!
“आभाष !” मैले गहिरो आवाज निकाले ,जब आवाजहरु कुनै शक्तिको
बिरुद्दमा निक्लिन्छन् तब ति गहिरो हुन्छन् ।
“हजुर !” उ पनि कतै हराइरहेको थियो ।उ पनि
झस्किएको थियो ।लाग्छ हराउनु हामी दुवैको आवश्यकता हो ।म त उसमा हराइरहेको छु उ के
मा हराइरहेको छ त ?
“मलाई थाहा छैन शायद म हतार गरिरहेको पनि हुन सक्छ
!” यि शब्दहरु उसले मलाई भनिदिएको भए मलाई कति खुशि लाग्ने थियो होला तर
अफसोच उसको अगाडि म फर्स्ट मुभ चलाइरहेको छु ।
उसले मेरो अनुहार नियाल्यो ,थोरै हाँस्न खोज्यो ।हाँसो
जब कृत्रिम हुन्छ त्यतिखेर पटक्कै पनि राम्रो देखिदैन ।
“केहि केहि त म बुझिरहेको छु साधना ,तिमीले मलाई त्यो कुरा राख्नु
पहिले मैले शायद एउटा कुरा तिमीलाई राख्नुपर्ने हुन्छ !” आभाष यसपालि गम्भिर देखियो ।
“मलाई थाहा छ हामी एक अर्कालाई एकदम कम्ति जान्दछौँ तर।।।।“ मैले आफ्ना शब्दहरु पुरा गर्न पाइन्न !
“यसलाई समय हैन त्यो समयको गुणस्तर चाहिन्छ ,त्यो समय भित्र आत्माले
भेट्ने सन्तुष्टी चाहिन्छ तर कुरा अर्को पनि छ !”
उसले
कुरा बंग्यायो । मैले कुरा बुझेँ उ मेरो प्रस्तावलाई अस्विकार गर्नुभन्दा प्रस्तावनै
नआओस् भन्ने चाहन्छ । किन उसलाई मेरो खुशिको त्यति चिन्ता त यदि उ मलाई मायै
गर्दैन भने !
“डु यु ह्याभ गर्लफ्रेण्ड ?” म सँग यो बाहेक प्रश्न बचेन !
“थाहा छैन !”
म चुप भएँ ।
“थाहा छैन भन्नाले ?”
म
थोरै अधैर्य भएँ । मलाई थाहा छ धैर्यताले त्यतिन्जेल सम्म साथ दिन्छ जबसम्म
पिडाहरु नरम बनिरहेका हुन्छन् जब पिडा शक्तिशाली हुँदै जान्छ तब धैर्यता कमजोर
हुँदै जान्छ ।मेरो धैर्यताले मेरो साथ छोड्नु कुनै अचम्म हैन ।
“एक तर्फि हो अहिलेसम्म !”
आभाषले
यसपालि मुख फोर्यो ।
अब
कुरा सिद्दिइसकेको थियो । म उसलाई चाहन्थेँ यो कुरा उसलाई थाहा थियो शायद र त उसले
मलाई रोकेको थियो मेरा शब्दहरु हरुलाई बाँधेको थियो । उ अरु कसैलाई चाहन्थ्यो र
उसको अरु कसैले उसलाई के गर्छे उसलाई थाहा थिएन ।
किन
सम्बन्धहरु यति जटिल हुन्छन् कहिले काहिँ । मैले बाहिर हेरेँ बाहिर अँध्यारो भएको
थियो समय त्यति धेरै भएको छैन तर आकाशभरि कालो बादल मडारिइरहेका छन् । शायद उनिहरु
सम्पुर्ण शहर नै धुन चाहन्छन् । ए आकाश सक्छस् भने यत्रो गर्जन गर जसले मेरो मन
भित्रको द्वन्द पनि डराओस् । यसरि बर्सि कि मेरो मनमा बसेको उसको तस्विर पनि
मेटाइदे !
“तिमीले भनेको छौ उसलाई ?”
एकछिन
को लागि अब मैले आफ्ना कुराहरु बिर्सिने प्रयास गरेँ ।
आभाषले
टाउको हल्लायो !
आभाष
यस्तै छ उ सँधै नचाहिने गफ मात्र गरिरहन्छ चाहिने कुरा भन्दैन । मलाई थोरै रिस
उठ्यो । आफू देखी पनि आभाष देखि पनि ।
“कहिले भन्छौ त ?”
“म तिमी जतिको साहसी पनि त छैन !” उ म तिर हेरेर मुस्कुराउन खोज्यो ।
उ
मलाई जिस्क्याइरहेको छ ,मेरा भावनाहरुलाई उ हलुका बनाउन खोज्दैछ वा आफ्नो विवशता
लुकाउन खोज्दैछ ।
“यसमा साहसको कुरा कहाँ बाट आयो र ,भेट बाक्लो बनाउने भनिदिने ,तिमी
अनप्रोडक्टिभ ठाउँमा धेरै भेटघाट गर्छौ !”
मैले
आफूले आफैँ माथि कटाक्ष गरेँ ।म त अब यस कथामा एउटा सहायक पात्र मात्र भएकी छु फगत
सहायक पात्र जसको कथामा खासै महत्व हुँदैन ।
“तिमीलाई मैले असल साथीको रुपमा हेरेको छु !” उसलाई मैले आफैँ माथि गरेको कटाक्ष मन
परेन । उ किन म माथि निष्ठावान हुन खोज्छ सँधै । मलाई थोरै थोरै झर्को लागी पनि
रहेको थियो आखिर म पनि त सामान्य मानव नै हो ।
“त्यसो भए अब आउने भेटमा भनिदेउ ,कहिले काहिँ धेरै ढिलो भइसक्छ !”
मैले
कुरा टुंग्याउन खोजेँ ।उ अब मेरो हुन सक्दैन । कुराहरु लम्ब्याउन को कुनै औचित्य
छैन ।आखिर मैले पनि उसले गरेको रिजेक्सन बाट ओभरकम गर्न समय पाउनुपर्छ ।
“अहिले सम्म भेट भएको छैन !” आभाष ले म तिर हेर्दै भन्यो । उसले शायद
म सँग केहि सहयोग खोज्दैछ ।
“नाम थाहा छ ?” मैले सबभन्दा सरल प्रश्न गरेँ ।कम्तिमा
आफ्नो मायाको नाम सम्म थाहा हुनुपर्छ । यो मायाको अक्जिअम हो ।
“शायद !”
मेरो
रिस मेटिँदै थियो बिस्तारै बिस्तारै । अब आभाष मलाई बिचरा लागिरहेको थियो !
“शायद ,केटाको नाम जस्तो छ !”
मैले
उसलाई जिस्क्याएँ !
“शायद उसको नाम हैन ,मान्छेले उसलाई चिन्ने नाम मलाई थाहा छ ,त्यो उसको
वास्तविकता हो होइन मलाई थाहा छैन ,उसको र मेरो मात्र चिठ्ठीमा कुराकानी हुन्छ ,उ
असाध्यै सुन्दर छे र उसले आफ्नो राखेको नाम पनि सुगन्धा !!!!!!!!!!!!!!!!!!!!”
अब
के भन्ने मलाई थाहा थिएन
क्रमश: