Posted by: BKMailo July 31, 2009
BHOJPUR
Login in to Rate this Post:     0       ?        

एउटै लक्ष्य प्राध्यापन





 मुलुकको जेठो क्याम्पसमध्ये एक धनकुटा बहुमुखी क्याम्पस हो । २०१२ सालमा
स्थापित यो क्याम्पस त्रिभुवन विश्वविद्यालयभन्दा चार वर्ष जेठो छ ।
पूर्वकै केन्द्रविन्दु पनि ।

शिक्ष्ााशास्त्र
संकायका निम्ति विशेष ख्यातिप्राप्त छ । ग्रामीण परिवेश र पहाडी हावापानी,
प्राकृतिक रूपमा सुन्दर भौगोलिक रूपमा केही विकट पनि छ । स्तरीय अध्यापन र
यहाँबाट उत्पादित जनशक्तिले देशको महत्त्वपूर्ण निकाय र शैक्षिक केन्द्रमा
छाएकैले धनकुटा शिक्षाको केन्द्र बनेको हो । विगतदेखिकै आकर्षण कायम छ ।

डाक्टर
बन्ने इच्छा व्यक्त गर्ने भोजपुरका इच्छापूर्ण राई धनकुटा बहुमुखी
क्याम्पसबाट शिक्षाशास्त्रमा स्नातकोत्तर प्राप्त छन् । उनले डाक्टर बन्ने
लक्ष्य भाषाशास्त्रलाई बनाएका छन् । विद्यावारिधि लक्ष्य प्राप्तिका
निम्ति भाषा अनुसन्धानमा तल्लीन छन् भने आफैंले पढेको क्याम्पसमा
प्राध्यापन पनि गर्दै आएका छन् ।

इच्छापूर्णजस्तै
धेरैको इच्छा यथार्थमा पूर्ण भएको छ । स्नातक दोस्रो वर्षमा अध्ययनरत
भोजपुरे मीनप्रसाद पराजुली प्राध्यापन रत्तिने उद्देश्य बताउँछन् ।
संखुवासभा आँखीभुईंका इन्द्र कार्की पनि यसै क्याम्पसमा शिक्ष्ाा संकायमा
तेस्रो वर्षमा अध्ययनरत छन् । कार्की पनि भविष्यमा प्राध्यापन पेसामा
अँगाल्ने बताउँछन् ।

शिक्ष्ााशास्त्र
स्नातक दोस्रो वर्षका संगीता भण्डारी, कमला ठकुरी, कञ्चन न्यौपाने र
पवित्रा बस्नेत शैक्षिक जागरणका लागि यो विषय रोजेको सुनाउँछन् । 'शिक्षक
बनेर अरूलाई ज्ञान दिन र चेतनाको विकास गर्न शिक्षा विषय लिएकी हुँ,'
पवित्राले भनिन् । विद्यालय शिक्षणमा शिक्षाशास्त्र पढेकाले विशेष
प्राथमिकता पाउने भएकाले पनि आकर्षण बढेको हो ।

प्रवीणतादेखि
स्नातकोत्तर तहसम्म एकै थलोमा पढ्न पाउने भएकैले धनकुटा रोज्ने गरेको
क्याम्पस प्रमुख विष्णु मादेन बताउँछन् । पूर्वाञ्चलका धनकुटा, भोजपुर,
खोटाङ, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, उदयपुरलगायतबाट विद्यार्थी आउने
गरेका छन् । 

मादेनका
अनुसार पढ्नेमात्र नभई पढाउनेसमेत यही क्याम्पसबाट उत्पादित पुस्ता छन् ।
हाल उक्त क्याम्पसमा चार पुस्ताका प्राध्यापनरत छन् । कार्यरतमध्ये पूर्व
क्याम्पस प्रमुख नारायण जोशी पहिलो पुस्तामा पर्छन् । मादेन दोस्रो
पुस्ताका र कान्छो पुस्ताका रूपमा किरण घिमिरे लगायत छन् ।

गाउँ-गाउँमा
प्लस टु विस्तार भएपछि प्रमाणपत्र तहमा चाप घट्दो छ । शिक्ष्ााशास्त्र,
मानविकी र विज्ञान गरी तीन संकायका प्रमाणपत्र तहमा गतवर्ष दुई हजारजति
विद्यार्थी भर्ना भएका थिए । स्नातकमा दुई हजारकै हाराहारीमा विद्यार्थी
अध्ययनरत छन् भने स्नातकोत्तरमा करिब पाँच सय । शिक्ष्ााशास्त्रतर्फ
शिक्षा योजना र व्यवस्थापन -इपीएम), नेपाली र अंग्रेजी तथा मानविकीमा
ग्रामीण विकास विषय पढाइन्छ । विकेन्द्रीकरण र स्वायत्त नीतिअनुसार धनकुटा
बहुमुखी क्याम्पसलाई विश्वविद्यालयका रूपमा विकास गर्ने लक्ष्य रहेको
प्रमुख मादेनले जनाएका छन् ।


क्याम्पसका पूर्वविद्यार्थी

प्रा.डा. दयाराम श्रेष्ठ 'सम्भव'

डा.अञ्जना भट्टराई

डा.विमला श्रेष्ठ

डा.दुर्गा पोखरेल

अधिकारकर्मी गोपाल शिवाकोटी

गीतकार कालिप्रसाद रिजाल

साहित्यकार तुलसी दिवस

नाटककार अशेष मल्ल

डा.विनोद लुइँटेल

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=207131

Read Full Discussion Thread for this article