Posted by: no_quiero July 29, 2009
Photograph that angers me
Login in to Rate this Post:     0       ?        



नेविस‌घको विरोधपछि माइक्रोबस जलाउने विद्यार्थी रिहा























smaller text tool icon
medium text tool iconlarger text tool icon



काठमाडौं, साउन १४ (नागरिक) - केही दिनअघि माइक्रोबस आगजनीमा पक्राउ परेका
नेविसंघ सम्वद्ध विद्यार्थीहरुको रिहाइ र मुल्यवृद्धी नियन्त्रणको माग
गर्दै बुधबार नेविसंघका विद्यार्थीहरुले राजधानीका विभिन्न स्थानमा
प्रदर्शन गरे।

प्रर्दशनका कारण राजधानीको विभिन्न स्थानमा यातायात आवागमनमा अवरोध हुनुका साथै प्रदर्शनकारी र विद्यार्थी विच झडप समेत भएको थियो ।
विद्यार्थीहरुले
पशुपति, त्रिचन्द्र, थापाथली, इन्जिनियरीङलगायत राजधानीका विभिन्न
क्याम्पस अगाडी प्रदर्शन गरेका थिए। प्रदर्शनकै क्रममा चावहिलमा एउटा
मोटरसाइकल जलाएका थिए। बन्दको बेला सवारी साधन चलाएको भन्दै केही सवारी
साधनका चावी खोसेका थिए।


विद्यार्थीको प्रदर्शन पछि प्रहरीले बुधबार नै पक्राउ गरिएका हरुलाई
रिहाई गरेको छ । विद्यार्थीको रिहाई भएपनि मुल्यबृद्धीको विषयमा सबै
विद्याथीहरुको साझा मोर्चा बनाएर विरोधका कार्यक्रम अगाडी बढाइने
नेविसंघका अध्यक्ष प्रदिप पौडेले जानकारी दिए ।

Read Full Discussion Thread for this article