Posted by: 129lane July 28, 2009
पहिचान
Login in to Rate this Post:     1       ?         Liked by
>तर नि एउटा कुरो है त परमात्मा कहाँ छ त?

परमात्मा कहाँ छन् र को हुन् 'एक अधुरो परिभाषा' मेरो मनबाट:

परमात्मा मुहान हो, परमात्मा त्यो अन्त्य हो जसको कुनै अन्त्य छैन,
जे देख्दैनौ तिमी त्यो परमात्मा हो
जे हर वस्तुमा देख्छौ  त्यो परमात्मा हो
शरीरको अक्ष आत्मा हो,आत्माको लक्ष्य परमात्मा हो ।
शान्तिको शुरुवात खोज, त्यही परमात्मा
मुस्कानको मूल हेर, त्यो परमात्मा
खाली मनको रिक्तता परमात्मा
खोलाको कलकल,चराको आवाज
सूर्यको ताप,आकाशको खुलापन; परमात्मा ।
गुण परमात्मा, दोष परमात्मा;
जहाँबाट तिमीमा भावना छाउँछ,त्यो परमात्मा,
जहाँबाट तिमीमा सोच आउँछ,त्यो परमात्मा।
तिमी जे हेर्छौ ,त्यो परमात्मा;
जुन दृष्टिले हेर्छौ ,परमात्मा।
हर भाव,हर शब्द परमात्मा;
तर ती भाव र शब्दले बयान गर्न नसकिने,
त्यो तत्व, त्यो एक ज्ञान, त्यो शक्ति नै परमात्मा ।।
                    






Read Full Discussion Thread for this article