Posted by: lakhe July 28, 2009
Nepali killed in US
Login in to Rate this Post:     0       ?        

भूटानी युवकको अमेरिकामा हत्या

काठमाडौं, १३ साउन (दैनिकी)

विगत चार महिनाअघि अमेरिकाको फ्लोरिडामा पुनर्वासका निम्ति नेपालबाट आइपुगेका भूटानी शरणार्थी २२ वर्षे युवक हरिलाल अधिकारीको हत्या भएको छ ।
गत आइतबार राती करिब ११ बजे आफू बस्ने स्टोन माउन्टेन्ट अपार्टमेन्टमा आफ्नै कोठाको ढोका बाहिर फोन गर्दै निस्कदा अधिकारीलाई अपराधीहरुले छातीमा गोली हानी मारेको कुरा ज्याक्सनभिलमा बस्ने भुटानी मनोज राइले जानकारी दिए ।
राइका अनुसार अपराधीले गोली हानी उनीसँग रहेको वालेट र मोवाइल फोनसमेत लगेको छ ।
घरमा ६५ वर्ष माथिका बाबु आमाका साथै आफ्नै दाजु भाउजूको परिवारसाथ बसेका युवक अधिकारी बाबुआमाका सहारा रहेका थिए ।
भर्खरैमात्र स्थानीय वालमार्टमा काम शुरु गरेका अधिकारीको पार्थिव शरिरलाई त्यहाँको स्थानीय अस्पतालमा परिक्षणका लागि राखिएको जानकारी समेत मनोज राइले दिए ।
अपराधीको स्थानीय प्रहरीले खोजी कार्य गरिरहेको भए पनि हालसम्म कसैलाई पक्राउ गरेको नगरेको जनाइएको छ ।


Read Full Discussion Thread for this article