Posted by: perfectionist July 27, 2009
जमुनी
Login in to Rate this Post:     0       ?        
<<<एक पटक एसो कोल्टे परेर  पिध हेरेको त चुहिने ताउलो बसालेका रहेछन| >>>
"ए स्यान्दाइ, ताउलो त चुहिने रहेछ, सक्दिन म त आगो फुक्न" आशु पुछ्दै मैले भने|>>>

हा हा हा

<<<भित्र बाट एक मुठी खरानी ल्याएर पानीमा हाले पछी बल्ल ताउलो चुहिन रोकियो|>>>

वाह एस्तो हुन्छ भन्ने थाहा थेन!

<<<हिजो दीपककी आमाको सिन्दुर पुछिदा कठै भन्नेहरु घरमा एउटा हसिया फेलापरेन भने भारामा एक पटक पनि नहेरी "दीपकेकी आमाले चोरी" भन्थे|गाउका केटा केटीले काँचो आरु बखडा खाएर रगत मासी पर्‍यो भने पनि दीपककी आमाले बोक्सीको आरोप खेप्नु पर्थ्यो|>>>

यो सार्है मार्मिक तर सत्य कुरो राख्नु भो, चस्स भो!

<<<"तिमीहरु तल्लो पधेरामा गएर दीपककी आमालाई सहयोग गर त" भुँडीमाथी घुमी रहेको हरियो झिङा धपाउदै स्यान्दाइले मलाई र जमुनिलाई खटन लगायो|>>>

अत्ती दामी भो यो त, एकदम उत्कृष्ट लेखकको चिनारी! ब्राभो!!

<<<आफ्नो लाछीपन लुकाउदै जमुनिलाई डर देखाउने चेष्ठा गरे>>>
हीं हीं हीं

मज्जा आयो लास्त लाइन तिर पढेर, कत्ती कपि पेस्ट गर्नु, सब्बै लाइनहरु दामी चन , ल अब अर्को भागको ब्यग्र प्रतिक्षामा
Read Full Discussion Thread for this article