Posted by: sajha_addict July 26, 2009
कात्रो बाँड्ने मलामी मन्त्री !
Login in to Rate this Post:     0       ?        

जाजरकोट र काठमाडौंका समाचार



अखण्ड भण्डारी



जाजरकोट-

 ििढमेका हरिबहादुर नेपाली पत्नी र छोरीको शव घरमै छाडी बिरामी छोरा बोकेर औषधि र स्वास्थ्यकर्मी खोज्दै हिँडे । स्वास्थ्य चौकीमा ताला लागेको थियो । झाडापखालाको उपचार नपाएर छोरो पनि काँधमै बित्यो ।


 एिकपछि अर्को मृत्यु हुन थालेपछि ढिमेमा अब मलामी जाने पनि पाइँदैनन् । चारजनाको शव लिएर घाट पुगेका भक्तबहादुर मल्ल भन्छन्- जसोतसो खोलामा पुर्‍याई आधा जलाएर फ्याँक्ने गरेका छौं ।'


 पिुन्मका भीमबहादुर शाहीलाई बेलुकी ९ बजे झाडापखालाले च्याप्यो । औषधि खोज्न तत्काल आफन्त दौडिए । बिहान ३ बजे उनको मृत्यु भयो, औषधि ७ बजेमात्र आइपुग्यो । त्यही रात त्यही गाउँमा उपचार नपाएरै अरू पाँचजनाको ज्यान गयो । अझै औषधि नपुगेको पुन्ममै कम्तीमा १६ जनाको मृत्यु भइसकेको छ ।


 ििढमेमा उपस्वास्थ्य चौकी भए पनि अहेब छैनन् । जिल्ला जनस्वास्थ्यले पठाएका स्वास्थ्यकर्मी चार दिनमै फर्के भने आएको ३० किलो औषधि एक दिनमै सकियो । 


 पि्रधानमन्त्री, स्वास्थ्यमन्त्री, प्रधान सेनापतिदेखि माओवादी नेतासम्मले हेलिकप्टरबाट भ्रमण गरे । औषधि र स्वास्थ्यकर्मी पठाएको बताए । तर, अधिकांश क्षेत्रमा दुवै कुरा छैनन् । त्यसैले स्थानीय बासिन्दा यसो भन्न थालेका छन्- 'हेलिकप्टर देखाए । भाषण सुनाए । औषधि कसैले दिएनन् ।'


काठमाडौं


 मिन्त्रीहरूले सम्पत्ति विवरण बुझाइरहेका छन् । सूची हेर्दा पहिला मन्त्री भएकाको सम्पत्ति अथाह हुँदै गएको छ । तर, कमाइको स्रोत खुल्दैन । अझ कार्यकर्तालाई खुवाएको-बाँडेको विवरण त कसैले देखाएका छैनन् । राजनीति त्यस्तो व्यवसाय हो जसमा अरूलाई खुसी नपारी अघि बढिँदैन । कमाइको ९० प्रतिशत अर्कालाई खर्चनुपर्ने व्यवसाय गरेर करोडौं-करोडको मालिक कसरी हुन सकिन्छ ? 


 सिरकार र राजनीतिक दलहरू भागबन्डामा व्यस्त छन् । मुख्य सचिवको सौताका रूपमा प्रमुख सचिव राखिएको छ । राजाकालमा राजाले स्थापना गरेको पद राष्ट्रपति कार्यालयलाई दिइएको छ ।


 मिाधवकुमार नेपाल प्रधामन्त्री बनेपछि रिक्त भएको संवैधानिक समितिको सभापति तत्काल पूर्ति गर्न सभामुखले ताकेता मात्र के गरेका थिए, माओवादी र कांग्रेसबीच लुछाचुँडी चलेको छ । तत्कालै माओवादी अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराई सभापति हुनुपर्ने जिकिर गरेका छन् भने कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीको भागमा आउनुपर्ने दाबी गरेका छन् ।


 रुिकुम-जाजरकोटलगायत जिल्लामा झाडापखालाको महामारी भएको समयमा प्रधानमन्त्रीले 'ग्रहण उत्सव' बनाए । नास्टमा गएर उनले विशेष चश्मा पहिरी आफ्नो दलको चुनाव चिह्नलाई ग्रहणले छेक्दा कस्तो हुँदो रहेछ भनी नियाले । केही कूटनीतिक अधिकारीले भने प्लेन चार्टर गरेर सदूरपूर्व पुगी आकाशबाटै ग्रहण हेरे ।


 कितारमा पानीजहाज दुर्घटनामा परेका नेपालीको शव प्रधानमन्त्री आएकै जहाजमा ल्याइयो । विमानस्थलमा उत्रेर भीभीआईपी कक्ष हुँदै ठूलो स्वागत-सत्कारसाथ प्रधानमन्त्री चिल्लो कारमा बालुवाटर हुइँके भने शव राखेका बाकस गाडीको छतमा राखी जिल्ला लगिए । उनले सँगै आएका मृतकबारे एक शब्द बोलेनन् । यो प्रकरणमा राज्य यति गैरजिम्मेवार बन्यो- अन्त्येष्टिको भोलिपल्ट अर्थात् घटनाको २१औं दिनमा मात्र श्रम मन्त्रालयले दुःख व्यक्त गर्न सम्झ्यो ।


 किृषिप्रधान देश खडेरीको मारमा छ । असारमा सकिनुपर्ने रोपाइँ मध्य साउनमा आधा पनि भएको छैन । रोपेका


धान मर्न थाले भने खेत-बारीमा धाँजो फाटेका छन् । खाद्यान्नको मूल्य बढेर एक वर्षमै दोब्बरभन्दा बढी भएको छ । यसपालि त उत्पादनै पूरै घट्ने अवस्था छ, किनेर खानेको हालत के होला !


 धिराशायी बैंकमा राखेर करोडौं रकम डुबाएको र राज्यले बर्सेनि १५ अर्बभन्दा बढी बजेट छुट्याएको नेपाली सेनाका ५० प्रतिशत जवान अझै बंकरमा बस्छन् । शान्ति सेनामा गएका सैनिकको पारिश्रमिक कटाएर बनाएको कल्याणकारी कोष 'गलत बैंक' छानेर डुबाउँदैमा ठिक्क छ । जवानहरू न्यूनतम पूर्वाधारसम्म नभएको स्थानमा बस्न बाध्य छन् भने माथिल्लो दर्जा सधैं ऐंस-आराममा छ ।


ललल


यो साता जाजरकोट र राजधानीमा बनेका यी समाचारको फरक नै हाम्रो देशको वास्तविकता हो । मासु-च्युरा खाँदा 'फुड पोइजन' भएका माओवादी अध्यक्ष प्रचण्ड केही दिन अस्पताल बसे । उनको रगत, मुटु, मृगौला, कलेजोलगायत सबैजसो अंग परीक्षण गरियो । ठूला-ठूला नेता भेट्न पुगे । राष्ट्रपतिले फोन गरेर स्वास्थ्य लाभको कामना गरे । उता खोलाको फोहोर पानी खान बाध्य हुँदा झाडापखाला लागेका जाजरकोट ढिमेका हरिबहादुर नेपालीका श्रीमती र छोरा-छोरीले नाडी छामिदिने स्वास्थ्यकर्मी पाएनन् । गाउँमा दुई चक्की औषधिसम्म थिएन । सानो रोगले नै उनीहरूको अकालमै मृत्यु भयो । त्यो जीवन र यो जीवन उस्तै होइनन् र !




Posted on: 2009-07-25 19:38:30


source: kantipuronline.com

Read Full Discussion Thread for this article