Posted by: Geology Tiger July 20, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        
नेपाली भाषालाई उखान र टुक्काले भरिदिएर हाम्रा पुर्खाहरुले हामीलाई गुण लगएका छन्,माथिको प्रसँग पढेपछी मैले यसमाथि टिप्पणी गर्ने शब्दहरु खोजी रहेको थिए, झट्ट याद आयो, काम गर्ने कालु मकै खाने भालु। राजनीतिमा गगनले नेपाली कांग्रेसको क्रान्तिकारी धारको नेत्रित्व गरीरहेका छन्, यसमा शंका गर्नु पर्दैन होला, तर जसरी गगनले तरकारी खेतीको नयाँ सोच ल्याएर आर्थिक रुपमा आत्मनिर्भर हुने र राजनीतिबाट अर्थिक लाभ नलिने परम्पराको बिकास गर्न खोजे भन्न खोजिएको छ त्यो अतिरंजित छ। बालाजुको गुणी परिवार यो भन्दा धेरै अघी देखी तरकारी खेतिमा संलग्न छ, केही बर्ष अघि सम्म सो परिवारले नगार्जुन तरकारी भण्डार पनि चलाएको थियो, सफलता र असफलताको थुप्रै स्वाद चाखिसकेको सो परिवारलाई नुवाकोटका स्थानिय बसिन्दाबाट धेरै सहयोग पुगेको छ। अर्जुन नर्सिङ के.सी सँगको सम्बन्धको आधारमा र माथिसम्मको पहुचँको आशामा गुणी परिवारले गगन थापासँग सहकार्य गर्न पुगेका हुन सक्छन्,। त्यसकारण यो कार्यको लागि प्रसंशा गर्नु पर्नेमा गुणी परिवार र त्यो परिवारलाई सहयोग गर्ने नुवाकोटको किसानहरुनै हुन्, न कि गगन थापा..    
Last edited: 20-Jul-09 03:14 PM
Read Full Discussion Thread for this article