Posted by: shirish July 20, 2009
Login in to Rate this Post:
0
?
राजनीतिसँगै व्यवसाय |
|
बालाजुबाट २० किलोमिटर उत्तर लागेपछि पुगिन्छ, नुवाकोटको सुनाखरी गाउँ । त्यही गाउँ चहार्दै जाँदा झन्डै पाँच दर्जन बाख्रा एकै ठाउँ चरनमा देखिए भने लख काट्न बेर नगर्नुहोस्, ती बाख्रा सभासद् तथा कांग्रेस युवा नेता गगन थापाको अगुवाइमा पालिएका हुन् । त्यहाँ पालिएका बाख्राको संख्या ५४ छ । एउटा भएको बोकोचाहिँ बाँधेर राखिएको छ । ती बाख्राको संसार भन्नु नै एक सय रोपनी जग्गा हो । पालकहरूले लिजमा लिएको त्यही सय रोपनी जमिनमा एउटा आधुनिक खोर बनाइदिएका छन् । तीन सय बाख्राका लागि बनाइएको त्यो खोर भर्ने योजना छ उनीहरूको । बाख्री गर्भिणी छ कि छैन ? छ भने कति महिना भयो ? ब्याउने महिना कहिले हो ? आदि यस प्रकारको हिसाब निकाल्न औँला भाँचिरहनु पर्दैन । गगन ग्रुपका बाख्रा चिन्ने काइदा तिनको कानमा टाँसेको परचियपत्र हो । त्यो पत्रमा बाख्रा नम्बरदेखि उसको जीवनका महत्त्वपूर्ण सबै घटना लेखिएको छ । गगन ग्रुपमा पाँच तन्नेरी छन्, जो राजनीतिक रूपमा त एउटै झन्डामुनि छँदै थिए, अब आधुनिक कृषि उत्पादनको नाममा समेत एक भएका छन् । सविन तामाङ, राधाकृष्ण गुणी, विप्लव अधिकारी र सुबोध आचार्य यस व्यवसायका अंशियार हुन् । त्यसमा पनि खास गरेर बाख्रापालनको प्रमुख जिम्मेवारी राधाकृष्ण गुणीले पाएका छन् । सबै जनाले उत्तिकै लगानी गरे पनि गुणी यसका प्रमुख कार्यकारी हुन् । यी तन्नेरीहरू छोटै समयमा बाख्रा विज्ञ बनेका छन् । गुणी भन्छन्, "सैद्धान्तिक ज्ञान भए पनि व्यावहारकि ज्ञानको कमी छ । त्यसैले १० वटा बाख्रा मरसिकेका छन् ।" सुरुमा यति मर्नु साधारण हो भन्ने पनि उनीहरूले पत्ता लगाएका छन् । तर, ती मृत्युले उनीहरूमा धेरै पाठ पनि पढाएको छ । तर, यो लक्ष्य अनुसार चल्न उनीहरूले निकै पापड बेलिसकेका छन् । "यसको सुरुवात बाख्रा खोज्न हिँड्दादेखि नै सुरु भयो," गुणी कथा सुनाउँछन् । हावापानी मिल्ने ठाउँबाट ल्याउनुपर्ने भएकाले उनीहरूले तनहँु र लमजुङबाट खरी जातका बाख्रा ल्याए । बाख्राको सम्पूर्ण प्राविधिक सहयोग डाक्टर नवीन घिमिरेले नगरििदएको भए यति चाँडै सफलता हात नलाग्ने गुणीको मूल्यांकन छ । सात महिनाअघि ३० वटा बाख्रा हालेको तर यति चाँडै बढेर ५५ पुग्नु नै सफलता भएको उनी बताउँछन् । खेती गर्ने टुंगो लागेपछि उनीहरू रातोदिन अध्ययनमा जुटे । यतिबेला उनीहरू आफूहरूले गरेको खेतीसम्बन्धी सैद्धान्तिक ज्ञान कण्ठ गरेर बसेका छन् । बाख्राबाहेकका खेतीमा पनि संलग्न छन् उनीहरू । जस् तो- गोलभेँडा र कुरलिो खेती । इचंगु गाविस रानीवनमा पोहोरदेखि गोलभेँडा खेती सुरु गरएिको छ । तीन रोपनी जग्गामा रोपिएको तीन हजार बोट गोलभेँडाले प्रतिबोट जनही सात किलोसम्म उत्पादन दिएको सविन तामाङ बताउँछन् । कुरलिो र गोलभेँडा प्रमुख सविनका अनुसार, सोचेजस् तो प्रारम्भिक सफलताले उत्साह थपेको छ । भन्छन् "कुरलिो खेती त्यही उत्साहको परण्िााम हो ।" २० रोपनी जग्गाका लागि उनीहरूले बेर्ना तयार गरसिकेका छन् । कुरलिो खेतीका लागी उनीहरूले नयाँ अंशियार थपेका छन् सजन लामालाई । यसका लागि दक्षिणकाली जाने बाटोमा पर्ने चाल्नाखेल गाविसको जमिनको टुंगो लागिसकेको छ । आधुनिक कृषिमा लागेको यो समूह यत्तिमा भने सीमित हुनेवाला छैन । सुनौँ, उनीहरूको भावी योजना । तत्कालै धुलिखेलमा डेढदेखि दुई सय रोपनीसम्म जमिन लिएर स् थान अनुसारको खेती सुरु गर्ने बताउँछन्, सुबोध आचार्य । उनका अनुसार जहाँ जमिन भेटिन्छ, त्यो लिएर खेती सुरु गरहिाल्ने निधो भएको छ । यसै अन्तर्गत चितवन र लमजुङमा पनि बाख्रापालन सुरु गर्ने । "बाख्रापालन यति धेरै ठाउँमा फैलाउने कि स् वदेशी माग धान्न सकोस्," गुणी उद्देश्य सुनाउँछन् । आखिर यस समूहले किन कृषि व्यवसाय नै रोज्यो त ? यसका तीन कारण रहेको उनीहरूको ठम्याइ छ । पहिलो कारण राजनीतिज्ञहरू सबैभन्दा बढी पैसाको सवालमा बदनाम हुने गरेकाले त्यस् तो अभावबाट उम्कने प्रयास हो । दोस्रो, खसीको मासुका लागि भारतीय बजार ताक्नुपर्ने अवस् थाको अन्त्य गर्दै आत्मनिर्भरताको प्रयास गर्ने । र, तेस्रो कारण बताउँदै सविन तामाङ भन्छन्, "राजनीतिकर्मीहरूलाई म्यासेज दिनु पनि हाम्रो लक्ष्य हो ।" सविन आफैँ पनि नेविसंघका केन्द्रीय सदस् य हुन् । प्रारम्भिक सफलताले गगन पनि कम मख्ख परेका छैनन् । भन्छन्, "हामी सफल भएपछि बेरोजगारी समस् या समाधानमा सहयोग मिल्छ भने विदेशिने मानसिकताको लहर पनि कम हुन्छ ।" यसका लागि उनीहरूले ठूलो कल्पना सँगालेका छन्, देशभर िआफ्नो कामको विस् तार गर्दै लाने । |