Posted by: Geology Tiger July 19, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        
नेपालीहरुको धार्मिक आस्था, काठमाडौं उपत्यकाको सौंन्दर्यता र बातावरणसँग, र काठमाडौंबासिहरुको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध भएका बागमती र बिष्णुमतीजस्ता नदीहरुलाई ढलमती हुनबाट जोगाउन बनेको योजना र अझ त्यस्को कार्वानयन पक्ष सधैंनै स्वागतयोग्य हुन्छन्। योजना लागु हुन्छ कि हुन्न, त्यो भबिस्यको गर्वमा नै छ। तर अहिलेलाई योजना कस्तो बनिरहेको छ? त्यो कुरा पनि बाहिर आउन जरुरी छ। नेपालमा बन्ने हरेक योजनाको पहिलो समस्या भनेको त्यस्को दिर्घकालिन ब्यबस्थापन हो। नेपाली योजनाकारहरु कहिले पनि एउटा भौतिक योजनालाई अरु सम्बन्धित योजनाहरु सँग सँगै राखेर समग्ररुपमा विश्लेशण गर्न सक्दैनन्, नेपालको राष्ट्रिय योजना आयोग भन्ने संस्थामा कार्यरत विज्ञहरुको विज्ञता देखेर टिठ लागेर आउँछ। केन्द्रिय तथ्याकं बिभागले कस्तो कस्तो तथ्याकं सकंलन गर्छ र त्यस्को प्रयोग कसरी गरिन्छ केही मेलो छैन नेपाली जनताहरुलाई। नेपाली सरकारले जापानी सरकारको सहयोगमा नयाँ बसपार्क बनायो र त्यो बसपार्कको अहिले अवस्था कस्तो छ र बस हरु कहाँ पार्क गरिन्छ सबैलाई थाहा भएकै कुरा हो, सरकारले फेरी बाटो बाटो मा ट्राफिक बत्ती राखेर यातायात ब्यबस्थित गर्न खोज्यो, त्यस्पछी काठमाडौंभरी जताततै ट्राफिक जाम सुरु भयो, कस्तो अल्पकालिन सोच हाम्रो योजनाकारहरुको? काठमाडौंको जनसंख्या कसरी बृदि भइरहेको छ? सवारीसाधनको अयातको अवस्था कस्तो छ? १० र २० बर्षपछीको अवस्था कस्तो हुन्छ? आदी इत्यादी प्रश्नहरुको उत्तर खोजेका थिए त हाम्रो योजनाकारहरुले? अब अहिले १५ अरब खर्च गर्ने योजना बन्न लागेको छ। के अब बन्ने योजना दिर्घकालिन रुपमा सोचिएको छ? काठमाडौंको बद्दो जनसंख्याको आवस्क्यकतालाई यस्ले कती बर्ष सम्म पुरा गर्न सक्छ? यसै गरी काठमाडौंमा थपिने भनिएको दोश्रो र तेस्रो चक्रपथसँग यो योजनालाई कसरी समायोजन गर्न सकिन्छ?             
Read Full Discussion Thread for this article