Posted by: cRunch July 15, 2009
जमुनी
Login in to Rate this Post:     0       ?        

भाग ५ पढेर खुशी लाग्यो ।
सानो मा हामीलाई पनि कलाउत (दमै ) ले लुगा सिउन नभाएर धेरै चोटि दुम्माडी (डुम गाउ ) धाएको याद छ । सार्है फोहोर पो हुन्थ्यो त दमै हरुको टोल , तेत्रो उकालो छिचोलेर गयो , उनिहरुको गाउको पानी पनि खान नमिल्ने , उनिहरुको  दैइलो मा टेक्न पनि नहुने । उनिहरुले ज्दौ गर्थे , अनी हामी जती साना भये पनि बाउसाप (बाबुसाहेब ) भन्थे , आफुले चै त अथवा उस्को नामले बोलाइन्थिओ । मैले एक्चोटी दमै लाई तपाईं भनेको , सबै साथी हरुले मेरो खिल्ली
उडाए । सानो मा अन्जान्बस भएको त्यो अपहेलना सम्झ्यो भने अहिले पनि मन खिन्न हुन्छ र तिनी हरुसँग माफि मग्न मन लाग्छ।
तपाईंको कथा ले धेरै को झै मेरो पनि जीवन का ती सुनौला दिन्हरु लाई आँखा अगाडि ल्यैदिन्छ । तेस्को लागी धन्यवाद दिदै अर्को भाग को प्रतिक्षा मा छु । 
Read Full Discussion Thread for this article