Posted by: RajaHarischandra July 15, 2009
जमुनी
Login in to Rate this Post:     0       ?        
भाग - ५


जमरा अली अली उम्रिसकेका थिए | तुलसीको मोठको माटो टपरीमा राखेर आमाले जौका जमरा रोप्नु भएको थियो|अरु गाउलेका घर जस्तै हाम्रो घरमा पनि ढोकाबाट छिर्ने बित्तिकै मजेरी, मजेरीमा २-४ वोटा तामाका गाग्री  र एउटा माटोको घैटो राखिएका हुन्थे| गाग्रीबाट करुवामा पनि सार्दा पोखिएर हो वा गाग्रीहरु चुहुने भएर हो , सधैं जसो  नै मजेरीमा पानी जमीरहेको हुन्थ्यो|अगेनाको एकापट्टी मुल ओछ्यान र अर्को पट्टी भान्छा थियो|अगेनो भन्दा पर भडार थियो, भडारको एउटा कुनामा मधुस  थियो, तेही मधुस नेर राखिएको थियो, जमरा| घटस्थापनाको दिन देखी प्रत्यक  बिहान् उठेर मुख धोइ वोरी एकपटक दुर्गा भवानीको तस्बिरमा ढोग्ने अनी जमरामा पानी हाल्ने जिम्मा मेरो थियो|"फेरी जमरामा पानी धेरै हालेर भडारमा आहाल जमाउलासनी" सधैं जमरामा पानी हाल्दा आमाले सम्झाउनुहुन्थ्यो|


 

दसै नजिकै आउँदै गर्दा हामी चाँही झन बेफर्सुदिला हुँदै गइयो|दिन भरी पिङमा झुन्डिनु त छदै छ, अब त दमैको मा पनि धाउनु पर्ने भयो| सोर सरात लाग्ने बित्तिकै बाले बजारबाट सट र पाइटको कपडा किनेर ल्याइदिनुभएको थियो|
४ कक्षामा फस भएकोले पहिलो पल्ट  दसैंमा   पाइट  लगाउन पाउने भए|तेस्को भोली पल्टै भिर्खे दमै दाइ लूगा छेक्न घर आएका थिए| "ल यो बर्ष त हलक्कै बढेछन नि हाम्रा साना , खोइ खोइ साना, तिम्रो नाप लिन पर्‍यो" भन्दै फन फनी घुम्न लगाए र पिढीको अलिकती रातो माटो चिम्टिएर कपडामा मेरो नाप अनुसारको चिनो राखे|खोइ किन हो, ति दाइले मलाई सधैं साना भनेर बोलाउथे|धनका गरीब भए पनि मनका अती धनी थिए तिनी| जहिले सुकै भेट्दा
पनि "ए साना, पढ् है पढ| भोली पर्सी डाग्डर भएर हाम्रो औषधी गर्नु पर्छ| हेर साना,  मेरो छोरो मंगले पनि स्कूल जान्छ, तेल्ले पढेन भने  कल चलाएर लुगा सिएर खान सक्छ, तिमी बाहुनका छोरा परेउ,  न त लुगा सिउन सक्छौ न त घन ठटाउन|" भन्थे|  उमेरमा तिनी हाम्रा बाका दामाली थिए, तैपनी जत्रा सुकै केटा केटी ले पनि भिर्खे दाई भन्थे|
"हेर भिर्खे दाई, यो पटक चाँही टिकाको दिन भन्दा अघाडी नै यस्को लुगा सिलाएर सक्देउ है, बोरु हाम्रो जहिले भए पनि हुन्छ|" आमाले टाक र धागोको पोको भिर्खे दाईतिर फाल्दै भन्नुभयो| "यो बर्ष त खुट्टे कल किनेको छु,यस्ता लुगा त खटट एकै छिनमा सकी हाल्छुनी बजै, बरु अश्टमी तिर यिनै सानालाई लुगा लिन पठाइदिनु|" बढो
आत्मबिश्वास थियो तिन्को त्यो खुट्टाले चलाऊने मेसिनमाथी| 


 

"ल ल जे जे किने पनि फेरी पोहोर जस्तो दसैंकै टिको चै ढिलो नबनाइदेउ|" आमाले भिर्खे दाई का कुरा तेत्ती पत्याए जस्तो लागेन| 


 

" ल बजै, पोहोर त नवमीको दिनमा कलको सियो भचिएर पो हो, अहिले त त्यस्तो हुन्छ कि भनेर ३-४ वोटा सियो समेत ल्याको छु|" कपडा पोको पार्दै भिर्खे दाइले भने|


 


हुन पनि ति  भिर्खेदाइले गाउ भरीका को लुगा सिउन पर्थ्यो|अश्टमी, नवबी र टिकाको दिन बिहान त तिन्का घरमा नयाँ कपडा लिन आउनेहरु को सान्-सानो जुलुशनै हुन्थ्यो|अघिल्लो बर्षको  अश्टमी, नवमीको दुबै दिन कुर्दा कुर्दा लुगा नसकिएर टिकाको दिनमा पनि आधी दिन सम्म  भोकै, रुदै  कुरेको थिए|


 

 


 

जमुनिका जेठा दाइले  सधैं लाहुरबाट दसैंको छुट्टीमा फर्कादा लुगा ल्याउथे, तेसैले तेल्लाई तेती दमैको मा जानु पर्दैनथ्यो| तर,  यो बर्ष चाँही तिन्को कम्पनीले छुट्टी दिएन अरे, तेसैले जेठादाइ दसैंमा नआउने भएका थिए|नभए त घटस्थापनाको दिन देखी नै कलकत्ते झ्याम्फर र कमिज लगाएर चप्पल पड्काउदै दिनको एक पटक गाउ चाहारी सक्थी| यसपटक जामुनिलाई एउटा रेडिमेढ झ्याम्फर तर त्यसमाथी लगाउने लगाउनेको कमिजको कपडा किन्देका रहेछन| तेसैले दमैकोमा जानलाई अब जमुनी साथी हुने भई|फुलपातीको अघिल्लो दिन जमुनी आई |त्यो दिन लुगा सिएर त सकिएको छैन भन्ने पक्का थियो तैपनी भिर्खेदाइ ले कपडा काटेका छन कि छैनन भनेर बुझ्न जाने भएऊ| पिङ भएको चौतरामा पुगियो|त्यहाबाट दाहिने तिर लाग्दा हाम्रो स्कूल पुगिन्थ्यो भने सिधै ठाडो लागे दमै गाउ पुगिन्थ्यो|२-४ फन्को पिङ खेलेर उकालो लागियो|


 

पुरै रातोमाटाले पोतेको घुमाउने घर थियो ति दमै दाइको| घर सँगै एउटा धन्सार थियो, धन्सारमा भैंसीका २-३ वोटा पाडा -पाडी बाधेका थिए|ति पनि खोइ कस्का हुन अधियामा पालेका रे| घरको एउटा पिढीमा  लुगा सिउने  कल
थियो, अर्को पिढीमा कुखुराको खोर |तिनै कुखुराले खोस्रेर फालेकाले होला आगन, मलखादो  वरीपरी कपडाका रङीचङी  धुजा छरिएका थिए| आगनको बिचमा कुखुराका चल्ला छोपेको डोको थियो|एउटा पिढीमा  बस्दा  कुखुराको सुली ठ्वास्स गनाउथ्यो भने अर्को पिढिमा रातो कोइला राखेको इस्त्रिको गन्ध|हामी पुग्दा भिर्खे दाई खट्खट पार्दै खोइ कस्को
हो दौरा खुट्दै रहेछन|तिन्की बुढी भने निलो रङको एउटा कमिजमा ताक लगाउदै थिन| 
 "लुगा लिन आयौ क्या हो साना?" हामीलाई देख्ने बित्तिकै कलको घुमिरहेको पाङ्रालाई यसो दाहिने हातले रोक्दै भिर्खे दाईले सोधे|


 

 "हैन, कपडा काटेको छ कि छैन बुझेर आयो भनेर घरबाट पठाएका"  मैले मुख खोल्न नपाउदै जमुनीले भनी|


 

"यो तिम्रो पाइट चाँही काटेको छु, कमिजको बाहुला खुटेर राखेको छु, अनी ति नानीको कमिजमा  टाक र इस्त्रीमात्र लाउन बाँकी छ| अब भोली फुलपाती भयो, पर्सी आउनु है साना, सब तयार हुन्छ" बेली बिस्तार लगाए भिर्खे दाइले|

" यि बाबु र हाम्रो मंगले त संग संगैका हैनन त बुढा?" टाक भित्र सियो छिराउदै बुढीके सोधिन| 
"हो नि, यि साना भन्दा हाम्रो १  महिनाले कान्छो हो, तैले बिर्सिस यिन्कै थाङ्ना तग्न जान नसकेर, बुधेकी जाहानलाई भन्नु परेको?"बिर्खेदाई अर्थ्याउन लागे|
५ वोटा छोरी बिचको छोरो थियो मंगले| मंगले र म एउटै स्कूलमा पड्थ्यौ | उ ३ मा थियो, म चाँही ५ मा|
"मंगले खोइ त?" मंगलेको साइ शब्द नसुने पछी सोधे| 
"तल्ला गाउ तिर मोही खोज्न गएको छ, कामी दमैलाई मोही दियो भने भैंसी बिग्रन्छ भनेर जो पाए तेही ले त मोही पनि दिदैनन, तेसैले ढिलो गरेको होला|" मन चसक्क हुने गरी भनिन बुढी चाँहीले |
'यस्तै हो बुढी, पाउनी पछरी भएर जन्मे पछी, हामीले सिलाएको लुगा चल्छ, हामी चल्दैनौ|" बुढाले सम्झाउने प्रयत्न गरे|
म र जमुनी सँग भन्ने केही कुरा नै थिएन, तेसैले अष्टमीको दिनमा आउछौ भनेर फर्कियौ|


 

क्रमश:


 

 


 

 


 

 


 

 

 


 

Last edited: 15-Jul-09 12:23 PM
Last edited: 15-Jul-09 12:26 PM
Read Full Discussion Thread for this article