Posted by: Sajivan July 15, 2009
Kas le Khayo Desh,
Login in to Rate this Post:     0       ?        

काठमाडौं, असार ३१ (नागरिक) - व्यबस्थापिका-संसदबाट पेश्की खर्च विधेयक सर्वसम्मत पारित भएको छ । नयाँ बजेट संसद्बाट पारित नहुँदासम्म कर उठाउन र सरकारी खर्च सो विधेयक पारित गरिएको हो।
बजेटमाथि उठेका प्रश्नबारे अर्थमन्त्रीले जवाफ दिएपछि बुधवारै सो विधेयक पेश गरिएको थियो । मन्त्री पाण्डेले विनियोजन विधयक राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत सत्रौ संशोधन विधेयक पनि प्रस्तुत गरेका छन् ।
बजेटमाथि उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारी कर्मचारीको तलब बृद्धिका बिषयमा छलफल गर्न आफू सकारात्मक रहेको बताउँदै भने, "कर्मचारी संगठनहरुसँग आजै वार्ता गर्नेछु।"


 


 

Read Full Discussion Thread for this article