Posted by: serial July 13, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

अस्ती साँझ को आठ बजे तिर फोन आयो, फोन मा हेरे, गर्ने को नम्बर थिएन रेस्ट्रिक्टेड भनेर आएको थियो


कस्को होला भनेर सोचेर  मैले फोन उठाएँ, उताबाट कुनै तरुनी को स्वर मा नमस्ते भन्ने आवाज आयो - मन दङ्ग,


को भनेर ठम्याउनै सकिन - मैले नि नमस्ते भने अनी को बोलेको होला भनेर प्रश्न गरे


तरुनी - म तरुनी, हजुर लाई सञ्चै


लहरे - म सञ्चै, अनी तिमी नि


तरुनी - मेरो पनि ठीकठाक नै छ - अनी यहाँ ले चिया खानु भो त


लहरे - अब सुत्ने बेलामा पनि के चिया खानु - खान नै खाइसके मेरो त


तरुनी - एsssss कस्तो झुकिएछु म, सरी है - मैले तss


लहरे - तिमीले कहाँ बाट


तरुनी - म नेपाल बाट -


लहरे - मेरो नम्बर कहाँ बाट पायौ त -


तरुनी - खोज्यो भने त भगवान पनि पाउछ - फोन नम्बर कुन ठुलो कुरा हो र


मेरो दिमाग घुम्न थाल्यो, को होला त्यो केटी भनेर। अब त्यो नाम गरेको मैले चिन्या केटी कोही थिएन, आफुलाई जान्न मन लागिरा थ्यो तर


पनि गफ नै गरौ भनेर गफ हाक्ने थाले म 


लहरे - अनी कस्तो चाडै उठेको त - अनी चिया भइसक्या हो त


तरुनी - अँ पिउँदै छु, कस्तो चिसो छ आज - पानी परिराछ - कस्तो बोरिङ्ग दिन अनी त्यता कस्तो छ त


लहरे - यहाँ त आज को वेडर राम्रै छ - घाम लागिरा छ


तरुनी - अहिले पनि घाम लागिराछ - टाईम कती भो त्यता


लहरे - आठ बज्यो


तरुनी - OMG आठ बजे सम्म पनि घाम हुन्छ त्यता - तपाईं कुन ठाउँ मा हो


लहरे - तिमीलाई थाहा छैन र - खोज्यो भने त थापाइहाल्छ नि


तरुनी - त्यो त हो तर भन्नुस् न के प्लिज


अब साचो कुरा त के भन्नु र - त्यो को केटी हो आफुलाई थाहा भएको होइन - गफै दिनु पर्ला भनेर शुरु भए म


लहरे - म न्यू योर्क मा -


क्रमश:  

Last edited: 13-Jul-09 12:54 PM
Read Full Discussion Thread for this article