झन्डै बोर्ड
भाग ३
जिन्दगीमा फस ट्याम फस भाको खुशी त छदै थियो । जिम्मेवारी पनि। कलम किताब समात्ने हातमा औजार हुन्थ्यो, बाध्यता थियो। भात जोड्ने चिन्ता संगै प्रथम स्थान बर्करार राख्नु को पहाड सामुन्ने थियो।
उता मौसी काकी फेरी एउटा भब्य पूजा सामाग्री सहित् चोकमा सवारि हुनु भयो। यसपाली बालक राम पनि थियो। डाक्टर साहेब को भाषामा टोलका सडेगलेका छुल्याह मुल्याह हरु ले चानस लिइ हाले।
"मौसी काकी आज त कसैको बर्थ डे होइन जस्तो छ ? "
"के को पूजा हो ? भाकल हो ? "
काकि पनि के को कम हुनु ।
" यो हीराको म्याट्रिक जाँचको लागि पूजा गर्न आएको"
"बोर निकालेर ल्याउने हीरा हो यो।"
" टोलमा यो भन्दा पढ्ने कोइ छ। स्कूल को सेकेन ब्वाइ हो। हेड मास्टर ले पनि यस्ले बोर निकालेर ल्याउछ भनेको छ।"
" भूत प्रेत पन्छाउन आएको , तिमीहरु जस्ता। "
"ए त्यसो पो?"
"हामी ले त ६ किलास मै बोर निकालेको ।"- एकजना छुल्याह ले खोकी हाले।
"छ किलास मा नि बोर हुन्छ? मलाई उल्लु बनाएको ?"- मौसी काकिले रिसा जस्तो गर्नु भयो।
"हो भन्या काकी, ६ किलासमा स्कूल को ब्ल्याक बोर्ड निकालेको अनी स्कूल ले हामीलाई निकालेको । हहाअहा ।"
मानौ , एस् एल सि को बोर्ड भनेको भगवान भरोसा को चिज हो । आस्था पुज्नु नराम्रो होइन। भगवान प्रती आस्थावान म पनि छु । भाकेर होइन पढेर पो बोर्ड आउछ भन्ने मलाई लाग्दथ्यो।
डाक्टर साहेब ले पढ्नु पढ्नु भयो। हरेक बिहान गणेशजी लाई लड्डु र संगै को सरस्वतिमातालाई पेंडा चधाउन भुल्न हुन्नथ्यो। पढाई अब्बल दर्जाको थियो, शंका छैन। तर चाहिने भन्दा बढ्ता आडम्बर ले अजिब को जन्तु आँफै बन्नु भएको हेक्का चाँही थिएन उहाँलाई।
जाँच आयो । जाँच सकियो। राम्रो नै भयो भन्ने हल्ला स्कूल मै सुनें । बालक राम लगायत अन्य २ जना को बोर्ड मा आउने सं भावना छ भन्नु हुन्थ्यो हेड सर ।
रिजल्ट् भयो। हाम्रो स्कूल को नाम बोर्ड आउनेहरुकोमा थिएन। बुढानिलकन्ठ र ए भि एमले पन्ना भरेको थियो। सबै निराश थिए। बालक राम को के हाल भयो होला, बुझ्ने चेष्टा गर्ने कुरा भएन नै। गरेको भए राम धुलाई खाने पक्का थियो।
एक हफ्ता पछी मार्कशीट आयो। हेड सर लगायत अन्य हस्ती सरहरु बिश्लेषण गर्न तिर लाग्नु भयो।
अचम्म भयो। बालक राम ले टेस्ट मा प्रथम हुने सुरेश लाई २ अंक ले जित्नु भयो। त्यो भन्दा असली कुरो बालक राम को प्राप्तांक बोर्ड को दशौं स्थान ल्याउने को भन्दा केवल ३ अंक मात्र कम थियो ।
अर्थात झन्डै बोर्ड..................................
मार्कशीट आए देखी बालक राम पनि सडक चोकमा देखिन थाल्नु भयो। मानौ गुप्ताबास को अबधी सकी नयाँ बिजयी मुस्कान का साथ सड्क नाप्न निस्कनु भएको।
टोलका छुल्याह मुल्याहहरुले मौका छोपी हाले।
"ओह राम दाई, कता बाट ? रिजल्ट् भयो रे हो? के भयो ? "
बालक रामले बडा गर्ब का साथ भन्नु भयो-
" झन्डै बोर्ड आयो नि "
"यो टोलमा कोइ छ झन्डै बोर्ड आउने ? "
क्रमश: