Posted by: RajaHarischandra July 7, 2009
जमुनी
Login in to Rate this Post:     0       ?        

भाग



त्यो दिन पिंगमा २ -४ फंको लगाएर आइयो|  रोहोटे पिंगको आनन्द नै बेग्लै|

 

घटस्थापनाको भोली पल्ट-  द्दित्तियाको दिन, जून हेर्न गाउलेहरु साझपख फेरी  चौतारामा जम्मा भए|हामीभने दिनभरी कहिले घर, कहिले चौतराको  पिंगमा थियौ|द्दित्तियाका जून, तेती सजिलोसंग कहा देख्न सकिन्छ र| केटा केटीहरु देखी हालिन्छ की भनेर " छोड्देल चमारे मामा छोड्देल " भनेर कराइरहेका 
थिए|  गणेश चौथीमा झुक्कियर जून देखे भने  नचोरेको पनि दोष लाग्छ र आजको जून देखे चोरेको पनि दोष लाग्दैन भन्थे| तेसैले होला गाउका कहलिएका काक्राचोरहरु दिउसै देखी पश्विमतीर घित्रो फर्कायर बसेका थिए|हुन त मैले र जमुनिले त्यों दिनको जून जसरी पनि हेर्नु पर्थ्यो|

 

२-४ दिन अघाडी   हो  " आमालाई भारीबोक्ने नाम्लो पुर्याएर आईज त  राजेशे- आमा सिस्नेरीमाँ घास काट्दै छ, तैले पनि एउटा मूठो एसो टाउकामा हालेर आईज|"  नाम्लो र भारी बादने डोरी देखाउदै बाले भन्नु भयो|सिस्नेरी खेत गाउको बेसीमा पर्थ्यो| बिच छातीमा गाउको टाउकोबाट खुट्टासम्म 
जोड़ने गल्ली- गल्ली ओरालो झरेर तल्लो पदेरा बाट फलाके बुढाको गल्ली हुदै जानु 
पर्थ्यो सिस्नेरी पुग्नलाइ|जमुनी साथी जान्छेकी भनेर तेस्का घर तिर झरे|"ओई जमुनी,
हेर्न म सिस्नेरी जान ला'को, त पनि हिडन हेर" नरम स्वरमा मैले भने|  "जान्न|अरु बेलामा चाई 
मरिचे र सरिचे भन्छस काम परेसी चाई रुझेको बिरालो हुन्छस| तलाई मैले चिन्या छैन र ?" झोक चल्ने पारामा रन्कि जमुनी| "भैगो नि त, अब नभनुला|हिडन हेर, मलाई एक्लै जानै मन छैन| बाटा भरी तैले भनेकै मानुला|"  झन नरम स्वरमा भने|  किन हो कुन्नी  मेरा पाइतला सिस्नेरी तीर एक्लै लाग्न मान्दैनथे|    बाटाभरी  सेनापति हुन पाउने भए पछि बल्ल जाने भै|"ओई तैले फलाके बुढाका निबुवा देखेको छस? अस्ति त्यों असती बुढाले कसरी गाली गरेको थियो हामीलाई पिंगमाँ?
 आज तेस बुढाका निबुवा चोर्नुपर्छ बुझिस?"  घरबाट अली तलको गौडो काट्नी बित्तिकै जमुनिले फलाके बुढा माथीको तुस फ्याकी| "फलाके बुढाका जुलुशले  समातेर  निबुवाको रुखमाँ 
बाधे भने के गर्ने नि जमुनी?" आफु भित्रको कातरपनलाई ह्वात्त बाहिर ल्याए| "पानी मरुवा, जाबो फलाके बुढाका बर्सौटेसंग पनि डराउछ|  मैले फालेका निबुवा त टिप्न सक्छस नि? की तेती गर्ने पनि हिम्मत छैन तेरो?"   बाघैका जुंगा उखेलौला जस्तो गरेर कुर्ली|  पछि पछि फलाके बुढाका खलक र तिनका घरको पाटे कुकुरले   कान्ला कान्लै लखेटने लगभग पक्का थियो, तै पनि हुन्छ, तं  निबुवा झार, म 
टिपुला भन्नै पर्यो|  कुरा गर्दा गर्दै फलाके बुढाको गल्ली पनि आईपुग्यो|कान्ला माथी लटरम्म  निबुवा गल्लीबाट नै देखिन्थ्यो| कान्ला माथी टाउको निकालेर  फलाके बुढाका  तिर हेर्दा न त आंगनमाँ कोई खेलेको    देखे न त कुकुर नै देखे| "ओई हेर्त, बुढाको कुकुरलाइ त बाघ ले घिसारेछ की क्या हो, मैले त देखिन, तैले देखिस?"  बिस्तारै सोधे| "के हो तेरा आँखामा फूलो पर्यो की क्याहो, देख्दैनस? उ , त्यहा  हेर्त बादेर राखेका छन"  दुबै हातले कान्लामाँ घास समातेकी जमुनिले ओठले फलाके बुढाको धन्सार तीर देखाउदै भनी|  कुकुर उत्तर फर्केको थियो, हामी दक्षिण| बिस्तारै जमुनी कान्ला माथि चडेर निबुवा टिप्न थाली| पहिलो निबुवा टीपी, अर्को टिप्नमात्र के खोजेकी थी, निबुवा बारिमा भ्वाक्क झरो| फलाकेका खलकले कुकुर फुकाएर लाउनु भन्दा अघाडी नै भाग्नुको अर्को बिकल्प थिएन| हतार हतार कान्ला बाट खुर्मुरिदै हामफाल्यौ र भाग्यौ| कुकुर जोड़ जोड़ ले भुक्दै थियो| फलाक्नी बूढी चाई सात पुस्तालाई पुग्ने गरी सराप्तै थिन| तेहि चोरको दोष नलागोस भनेर जसरी पनि द्दित्तियाको जून हेर्ने सल्लाहा थियो,मेरो र जमुनिको|

 

गाउका लगभग सबै केटा केटी आई सक्दा पनि जमुनी  किन हो आइन| त्यों नआएको देखेर एकातिर अब दोष जति तेसैले मात्र पाउछे भनेर  रमाइलो लागी रहेको थियो भने कतै "म मात्र हो र राजेशे पनि थियो" भनेर मलाई पनि झोस्छे की भन्ने डर पनि थियो|  अली अली  होकी होकी जस्तो देखिए पनि जून देखियो देखियो  भनेर सब जना कराउथे| एस्सो एउटा आंसीजस्तो आकार क्षितिजमाँ देखियो, तेहि नै रहेछ द्दित्तियाको जून| क्षण भरमाँ नै त्यों जूनको आकृति बिलाएर गयो, तैपनि जमुनी आइन| 
पक्की पनि  तेस्को स्यान्दाईले होला तेल्लाई आउन नदिएको जस्तो लाग्यो| तेस्को
स्यान्दाई  एस एल सी दिने थियो त्यों बर्ष| हाम्रो गाऊ नजिक हाई स्कूल नभएकोले 
मामाघरमाँ नै बसेर पद्थ्यो| खुबै जान्ने पल्टनु पर्थ्यो स्यान्दाईलाइ| अरु को अघाडी
केही गर्न नसके पनि मेरो र जमुनिको अघाडी दादा हु भन्थ्यो|कहिले काही बिना सित्तिमै
जमुनिलाई लपेटा पनि लाउथ्यो| अरु कोहीसंग नडराउने जमुनी त्यों संग डराउथी|

 

भोली पल्ट फेरी जमुनी र म पिंगतीर लाग्यौ| "ओई त हिजो किन जून हेर्न न आकी जमुनी?" मैले जान्न खोजे|"आउछु भनेको त हो नि, त्यों फलाके बुढा को राहिलो हो की ठाहिलो कुनचाही छोराले हाम्रो स्यान्दाइलाइ "तेरी बहिनी त चोर्नी पो रहिछे " भनेर लाइदिएछा | मोर्न नसकेको| काही नभएको छ नि फेरी हाम्रो स्यान्दाई, के के न गर्छु भन्छ, मलाई त पिट पाट पारेर पीढीको खामा पो बादेर राख्यो| अनि कसरी आउनु हेर्त| यो दशै तिहार आको अति मन पर्छ तर स्यान्दाई आको मन पर्दैन| " जमुनिले 
बिलौना पोखी|
"अनि तैले फेरी निबुवा चोर्दा राजेशे पनि थियो भनेर त भनिनस?"  मैले सोधे|
"तै जस्तो हो क्यारे, अर्कालाई पोल लाउदै हिड्ने, आफु त परे परे तलाई किन पोल्थे"|जमुनिले आफ्नो मित्रता ब्यक्त गरि|
"होत रहेछ  जमुनी, तैले द्दित्तियाको जून हेरिनस र तेस्तो भयो, मैले हेरेर मलाइ दोष लागेन" भन्न मन लागेको थियो फेरी "ए बजिया तलाई बचाउने म की त्यों आशी जस्तो जून? " भनेर जन्गिन्छे जस्तो लाग्यो अनि चुप्प लागे|
क्रमश:
Last edited: 07-Jul-09 01:28 PM
Read Full Discussion Thread for this article