Posted by: serial July 7, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

एउटा सानो कुरा याद आयो है


म पाँच क्लास तिर गुरु पूजा मनाउने क्रममा दुई बोतल बियर पनि किनेर ल्याएको थियो -


गुरु पूजा गरियो अनी मेरा साथी हरु ले बियर पनि भ्यायो क्लास मै,


अब गुरु पूजा को दिन पढाई त नहुने नै भयो - सबै आ-आफ्नो घर तिर लागे -


मेरा जड्या साथीहरुले फेरी स्कुल बाहिर गएर फेरी खाएछ अनी मात्ने त भयो नै -


अब मत्या दिमाग न हो - साईकल हायर गर्ने ठाउँ बाट साईकल लिएर आएछ - अब स्कुल बाहिर साईकल


चलाए नि हुन्थ्यो नि तर अहँ साईकल स्कुल भित्र ल्याएर चलाऊन शुरु अनी त मत्या मान्छे ले साईकल चलाएपछी त


लड्या लड्यै - आफुले आफ्नो शरीर सम्भाल्न नसक्ने गरी पिए पछी साईकल कसरी कन्ट्रोल मा आवोस् त


अनी त गुरु हरुलाई थाहा भइहाल्यो अनी त राम धुलाई भेट्यो - 

Read Full Discussion Thread for this article