Posted by: sajha_addict July 5, 2009
ख्यातीका हत्यारामाथि कुटपिट
Login in to Rate this Post:     0       ?        

ख्याति हत्याका अभियुक्तमाथि सर्वसाधारणको आक्रमण


काठमाडौं २१ असार(दैनिकी)


ख्याति श्रेष्ठको हत्याका अभियुक्तद्वय वीरेन श्रेष्ठ र मेरिना शाक्य लाई सर्वसाधारण जनताले आक्रमण गरेका छन । अपहरणपछि हत्याको अभियोगमा पक्राउ परेका दुबै अभियुक्तलाई अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले जिल्ला अदालत बबरमहल लाँदै गर्दा सर्वसाधारणले उनीहरुमाथि आक्रमण गरेका हुन ।
'अदालत परिसरमा मस्तसँग हाँस्दै निस्केकी मेरिनालाई देख्नासाथ ख्यातिका आफन्तले जगल्ट्यान थाले, संगै रहेका वीरेनलाई पनि सर्वसाधारणले आक्रमण गर्न थाले' एक प्रहरी अधिकारीले दैनिकीसँग भने ।
सर्वसाधारणहरु जाइलाग्न थालेपछि अभियुक्तहरुलाई बचाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो । अहिले उनीहरुलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।




Source: dainikee.com
Read Full Discussion Thread for this article