Posted by: RajaHarischandra July 1, 2009
जमुनी
Login in to Rate this Post:     0       ?        

भाग -३


पिंग हाल्ने दिन| गाऊभरका केटा केटी बिहानै चौतरामाँ पुगे|तेतिन्जेल सम्म गाउका बुढा पाकाहरु आईपुगेका  थियेनन|

केटा केटीहरु उखु बारिमा  सारु करा जस्तो कराइ रहेका थिए| कोई भने पिंगको मादलमा ढुंगाको चोके हालेर चाकाचुली खेल्दै थिए|

जमुनी र म अरु संगै चाकाचुली खेल्दै थियेऊ| " अनिकालका काल, बर्सौटेहरु, यिन्का थाप्ला लौरी भाच्न नपुगेको, भाच्ने भये मादल|"

अंतरे बुढा कराएको थाहा पाउने बित्तिकै मादलको एउटा टुप्पातीरका मादल छाडेर भागीहाले| म र जमुनी अर्को टुप्पामाँ थियेऊ, डन्ग्रन्गै पछारियेऊ| 
 जमुनिले चाई के गरि कुन्नी, मैले त तिरिमिरी झ्याई  तोरीका फुल देखे| एकातिर दुखाई, अर्को तीर अंतरे बुढाको गाली| तर पनि चुप्प लागे|

"ओई असती बुढा, तिम्रै स्वास्नी बर्ष पिच्छे कुकूर ब्याये जस्तै ब्याउछिन, घर भोरी ग्याल्ग्यालती छन, अझै हम्लाई बर्सौटे भन्न लाज लाग्दैन" सहनै सकिनछ क्यारे

जमुनिले आफ्नो चोथाले मुख खोली हाली|  लाजैले होला,  अंतरे बुढा जमुनीलाइ नसुने जस्तो गरि पर्खालमाँ बसेर कंकड़ सल्काउन थाले|

हुन पनी बुढाको कान्छी छोरीनै नातिनी भन्दा कान्छी रे|

 

बिस्तारै गाउलेहरु  राबो,  बसौला,  घन, करौती, खुरपा हातमाँ बोकेर चौतारामाँ जम्मा हुन थाले| गाउलेको हूलमा हातमा चप्पल बोकेका

ठाकुरेदाई पनि देखिये|५-६ महीना अगाडी ठाकुरे देश भाग्यो रे भन्ने हल्ला थियो- गाऊ भोरी |छोरो भागे पछि २-४ दिन त ठाकुरेका बाऊ आमा न

भोक न निंद्रा माँ थिए| भागेको १०-१५ दिनमा गोरखपुरमा छू भन्ने  चिठ्ठी पाए पछि मात्र बुढा बूढीले अलिक होलो संग साश फेरे |

खै किन हो, फेरी ५-६ महीनामा नै पत्लुंग लाउने भएर फ़र्केछन ठाकुरे दाई|यी गाउका केटाहरु मकै छरेर देश भाग्छन अनि दोहोरो गोड़ने बेलामा

" यी लम्बी लम्बी पात क्या का हे माँ जी?" भन्दै गाऊ फ़र्कन्छन| कलकत्तेहरु |हुन त १-२ दिन अगाडी "ओई राजेशे, ठाकुरे दाई त

लाहुर बाट फ़र्केछन नि ' भन्दै थी जमुनी|  हुन पनि जमुनीलाइ गाउमा कस्को  भैसी ब्यायो, कस्को भैसी तुहियो,  कस्कि स्वास्नी को संग पोहीला गई,

को देश भाग्यो, कस्का लोग्नेले कल्लाई पिट्ट्यो, सब थाहा हुन्थ्यो|  मुलुकी न परी|

 

"हैन ए दाई, त्यों खुट्टामा लाउने चप्पल किन हो हातमा?" लाहुरे दाइको नजिकै गएर सोधे|

"अरे यो त हाम्रो कान्छाबा को बेटा जैसे पो लाग्छ|अरे भैया, तेरा नाम के रे यार? "  नारिवलको तेलले चिप्लिक्क परेको जुल्फी हल्लाउदै सोधे दाइले|

"ल ठाकुरे दाई पनि, कति चाडै हो बिर्सेको? म राजेश नि| " सामीप्यता देखाउदै मैले भने|

"हो त, सब कुछ याद आयो अब त राजेश भैया|  " अरे भैया, यो चट्टी को  जो बात छ, त्यों अंतरे बुढाको घर नेर मेने टट्टी देखे यार, टट्टी को पार कर्न लाग्दा तो,

चट्टी त टूट गयो यार, साला पहाड़मा यी आदमी को टट्टी कहा करने हो सिकाउनु पर्छ| कंपनी १५ रुपियामा खरीदेको चट्टी टूट गयो|"

 के के नै जाने जस्तो ठाकुरे दाइले लैन छोकडी हिंदी छाटी हाले|

ठाकुरे दाई र म चौतरामा नै थियौ| रुखबाट चराहरूले खादै गरेका  पाकेका बरका गेडा फ़्यात्त खसेर प्वात्त फुट्थे| सायद तिने गेडाको  गंधले होला,

ठाकुरे दाईको नारिवलको तेलको गंध फीका थियो|


गाउलेहरु आफ्नै सुख दुःखका कुरा गरी रहेका थिए| पिंग बनाउने हरु पनि ब्यस्तनै थिए|बाहा, डांडी, ठेडी सब ठोक ठाक पारेर पिंग लगभग तयार भैसक्यो|
पिंग थाल्नु भन्दा अगाडी पिंग वोरिपोरीका काठका टुक्रा, ढुंगा टिपेर सफा बनाउने जिम्मा चाही हामी केटा केटी को भयो|
काठका टुक्रा टिप्न  केटा केटी सबै पिंग को वोरिपोरी गएऊ|'ओई राजेशे, हेर्न मलाई त कस्तो चर्पी जान पर्यो| त चाई तिप्दै गर है "

 भन्दै जमुनी त तूफ़ान चौतरा मुन्तिरको खरबारीमा हाम फाली हाली| "तैलाई किन यो लगनको बेलामा हगन हुन्छ ये मरिचे?"

भन्न पनि भ्याइन, उ त खरबारीमा छिरी सकिछ| यो खान की काललाइ  काम पर्योकी यसका पेटमा सुल चल्छ|

हामी तेसेरी काम छोडेर खरबारी पसेको भये तेल्ले "तिम्लाई मोहि तिघ्रे काम टारा हो, काम परेसी तिम्लाई छेर्पाटे लाग्छ" भन्दै   खरबारीमा ढुंगा पल्टाइसक्थि|

उसलाई मन परेको कुरा छ भने  सब भन्दा अगाडी पुग्थी| गाउमा सत्यनारायणको पूजा को नैबेद बाड्दा होस वा श्रीपंचमीमा
स्कूल मा सरस्वोती पूजाको  लड्डू बाड्दा होस, भीड़माँ सब भन्दा पाहिले मरिचेनै हुन्थी|

 

 पिंग तैयार भयो| सधै जस्तो यस बर्षको पहिलो फंको पनि   कन्या केटीलाइ राखेर घुमाउने भये|२ मिनेट अगाडी मात्र पेटा सुल चलेर खरबारी

हल्लाउन गयेकी जमुनी त पिंग चड़नलाइ तछाड मछाड गर्न  पूगी सकिछे|जमुनी, मैना, देबी र श्रीमाया छानिए पहिलो फंको घुम्नलाई|

पिर्कामा देबी, जमुनी, श्रीमाया र मैना क्रमश बसे|जमुनी मादलमाथी पुग्दा मैना सिधै उसको तल पर्ने भई|मैना एकदम सोझी थी| तर तेल्लाई जमुनिले देखि सहन्नथि|

 एकपटक मैनाको घरमा एउटा बाख्रो थियो| हरियोको नाममा लुतो आएको बेलामा दल्ने अन्गेरको पात देखि काचोपात सम्म खाने भएर तेस्को नाम नै अघोरी राखेका थिए|

खोई कहिले हो कुन्नी,  तेहि अघोरी बजियाले जमुनिको आँगनमुनि लगाएको काचोपात खाइदियेछ|"हाम्रो काचोपातबारी तेरो बाउको गौचरण हो? "

भन्दै जमुनिले  बिचारा मैनाको कपाल घास काटने हसियाले मुडीदिएकी थी| तेस्पछि त यी दुई जना कुकुर बिराला जस्ता थिए|


पिंग हल्लाउनेहरुले  पिंग हल्लाउन थाले, पिंग क्वावा  गर्दै पहिलो फनको घुम्न थाल्यो|पिंगका पिर्कासंग  संगै सबैका आंखा तल माथी गर्न लागे|

पिंग अलिक चाडो घुम्न थाल्यो| हामीचाइ हाम्रो पालो कुरेर बसी रहेका थियेऊ|

 

क्रमश:

Read Full Discussion Thread for this article