Posted by: Gokul July 1, 2009
ANA 2009...Invitation to Nepe's talk on Federalism
Login in to Rate this Post:     0       ?        

नेपेजी,


तपाइ आफ्‌नो ब्रम्हले देखेको र हृदयले सुनेको कुरा भन्ने मान्छे हो । गणतन्त्र गर्भमा हुदा आशावादी हुनुहुन्थ्यो । अहिले गणतन्त्रको गर्भबाट गन्‌तन्त्र र मन्‌तन्त्रको मुसल निस्केको छ, जस्ले सबै सम्हार गर्नेछ समयमै सोच बिचार पुर्याएन भने । त्यही त्रासदीबोध गराउन खोज्दैहुनुहुन्छ, त्यसको लागि धन्यबाद । बर्सौ अगाडि भएको साझाको छलफलमा मैले आफ्नो संशय व्यक्त गरेको थिएं कतै हाम्रो देश


 


नाकको उचाइ र आँखाको गोलाइमा बिभाजित
आमाको जिब्रो र बाबुको बिडोंमा बिभाजित


 


हुने त हैन? भनेर


किनभने हामीसंग बेग हैन आबेग छ,


हाम्रो राष्ट्रप्रेम आफनो देशको माया मा हैन, छिमेकी देशको घृणामा अडेको छ


We can do revolution, but no evolution. जबसम्म घृणाको राष्ट्रवादबाट हामी प्रेमको राष्ट्रवादमा evolve हुदैनौ, हाम्रो कुनै राष्ट्रिय लक्ष र गन्तव्य हुनेछैन । Until that knowledge dawns on us, we will keep bickering and fighting, tearing apart all the fabrics of our society and nation. At the end when everything will be quiet on the western front, we will realize how stupid and shortsighted we were.


We will learn only in a very hard way. We will dearly pay for our selfishness, greed and arrogance. This is the irrefutable law of nature and we cannot escape that.

Read Full Discussion Thread for this article