Posted by: Nepe June 30, 2009
ANA 2009...Invitation to Nepe's talk on Federalism
Login in to Rate this Post:     1       ?         Liked by

raju161,


I apologize for not replying to your message. But that was because I fully agreed with your point. वास्तवमा नै हामीलाई तत्काल चाहिएको शान्ति र कानुनीराज हो । अब त्यस्तो प्राथमिकताको विषय छाडेर तँलाई किन संघियताको विषयमा बोल्नुपर्‍यो भन्नुहुन्छ भने, मैले देखेसम्म संघियता विषयको confusion ले पनि हाम्रो अशान्ति र अराजकतामा केही योगदान पुर्‍याईरहेको छ । पुरै तराईलाई अलग्ग राज्य बनाउनुपर्छ वा ठूलठूला जातीहरुलाई राज्य दिनुपर्छ भनेर लडिरहेका सशस्त्र समुह दखि सक्रिय प्राज्ञहरुले राज्यलाई यसरी तर्साएका छन् कि राज्यले शान्तिको श र कानुनीराजको क पनि सोच्नसकेको छैन तराईका र पहाडका सशस्त्र समुहसंग वार्ता गर्ने रे । तर वार्तामा के भन्ने भन्ने कुरो राज्यलाई थाहा छैन । त्यस्तो छ अवस्था । संघियताको विषय (खास गरेर राजनैतिक पक्ष) अति जटिल बनिसकेको छ । यो नसुल्झाईकन नेपालको तराईमा चलिरहेको  र केही पहाडी भेगमा समेत शुरु हुन लागेको जातिय रंगको अराजकता हट्नेछैन ।


त्यसकारण म आफै सिकारु हुँदाहुँदै पनि मैले सिकेका कुरा र मेरा केही मन्थन बाँड्न खोजेको हुँ । त्यत्ति हो ।


 


*** *** *** *** *** *** *** ***


 


Bhikhari,


ANA को limitation बारेमा सहमत छु । 4000-5000 सहभागीमा मुश्किलले 50 जना forum सुन्न आउँछन् ।


ANA मा हुने खर्च बरु कुनै परोपकारमा लगाउनुमा पूण्य छ भन्ने कुरामा पनि सहमतै छु ।


तर जीवनको विविधता अस्वीकार गर्न हुन्न । परोपकार, सरोकार, स्वैच्छा, यौनेच्छा यी सब जीवनका स्वाभाविक र स्वीकार्य पाटोहरु हुन् । त्यसरी हेर्नुपर्छ भन्छु म ता ।


 


Nepe

Read Full Discussion Thread for this article