Posted by: harikancha June 26, 2009
आहा हाम्रो नेपाल!
Login in to Rate this Post:     0       ?        
यो धागोमा चाँही नेपालका प्रोत्साहन योग्य खबरहरु जस्ले हामी आफु नेपाली हुनु मात्रैमा पनि गर्व गराउँछ लाई टाँस्ने प्रयास गरेको छु।

आसा छ  यि युवा जीवन बराल अन्य बालबालिका, जो भविस्यका कर्णधार हुन, उनिहरुकोलागी प्रेरणाको स्रोत बनोस! शुभकामना !

जीवन-जित
क्याम्पसको अल्लारे जीवनमा समाजसेवाको कुरा झिक्दा
साथीभाइबीच ठट्टाका पात्र बन्थे,  उनी । केही सोचहरू ठोस बनिसकेको भए पनि
सुरुमै पैसा चाहिने । अल्लारे ठिटोलाई पैसामा कसैले नपत्याउने । यही
अवधिमा खाजा खर्च बचाउँदै जोगाएको पाँच सय रुपियाँले पहिलोपटक 'केही काम
गरौँ' भन्ने अभियान थालेका थिए, पोखरा, बाँझापाटनका जीवन बराल, २६, ले ।
युवाले
जागिर माग्न जाने होइन, रोजगार सिर्जना गर्ने हो भन्ने सोचबाट उत्प्रेरति
उनको कामले आज अन्तर्राष्ट्रिय पहिचान पाएको छ । अमेरकिास् िथत क्लिन्टन
फाउन्डेसनले ग्रामीण क्षेत्रमा युवा उद्यमशीलताको उत्कृष्ट योजनाकारका
रूपमा बराललाई दुई हजार डलर राशिको 'क्लिन्टन ग्लोबल इनीसीएटीभ
युनिभर्सिटी अवार्ड' प्रदान गर्ने निर्णय गरेको छ, हालै । उक्त
फाउन्डेसनको वेबसाइटका अनुसार, बराल ६० देशका आठ सय प्रतिस् पर्धीमध्ये
उत्कृष्ट भएका हुन् । भन्छन्, "काम गरयिो भने मोफसलमै बसे पनि पहिचान हुने
रहेछ, खुसी लागेको छ ।"
सम्मान थाप्न अर्को वर्ष अमेरकिा जाने निम्तो
पाएका बरालले पुरस् कारमा प्राप्त हुने रकम पनि संस् थामार्फत उद्यम
अभियानमै खर्च गर्ने निर्णय सुनाए । त्यसो त उनी युवा उद्यमशीलताका लागि
भविष्यमा कलेज नै खोल्ने योजनामा छन् । उनले 'अल्टरनेटिभ्स्' नामक
गैरसरकारी संस् था खडा गरेर कास् कीका गाउँगाउँमा युवा उद्यम अभियान
चलाएका छन् । युवाका लागि नयाँ सम्भावनाको खोजी गर्नु अल्टरनेटिभ्स्को मूल
लक्ष्य हो । बराललाई परण्िााम पनि हातलागी भइसकेको छ । जस् तो, तप्राङमा
गाविसमा सञ्चालित ग्रामीण उद्यम विकास केन्द्रबाट मात्र नौ जना युवक
उद्यमी भएर निस् िकएका छन् ।

Read Full Discussion Thread for this article