Posted by: harikancha June 26, 2009
नेपालमा दन्डहिनता - एक झलक
Login in to Rate this Post:     0       ?        
दन्डहिनताको सुरुवात त हाम्रै नेताभनाउँदाहरुले सुरुवात गरेक हुन। जो अगुवा उही बाटो हगुवा भयेपछी, सर्वसाधारणले किन चर्पी बनाई राखुन त? यसरी जनताको करबाट खरिद गरिएका गाडीहरु नेताहरुले सरकारी पदावधी सकेर पनि ब्यक्तिगत प्रायोजनको लागि प्रयोग गर्नु कहाँसम्मको न्यायोचित कुरो हो? ति गाडीहरु फिर्तलिने सम्बद्ध कार्यालय/ संस्था के हेरिरहेका हुन? के यो कार्य गर्ने ब्यक्तिहरु दन्डका भागीदार छैनन? यिनिहरुलाई कार्वाही गर्न नसक्नु के दन्डहिनता होइन? यसमा हामी जनताको पनि कमजोरी छ। हामी आँफै हामीले तिरेको कर कहाँ कसरी सदुपयोग/ दुरुपायोग भई रहेको छ, केही वास्ता गर्दैनौं।

मेलम्चीका गाडी दुरुपयोग

(dainikee) मेलम्ची खानेपानी आयोजनाका ११ वटा महँगा गाडी असम्बद्ध व्यक्तिले प्रयोग
गरेका छन् । तर आयोजना आफैंले भने परामर्शदाताका लागि मासिक तीन लाख
रुपैयाँ तिरेर भाडाको गाडी लिएको छ ।

अनधिकृत रूपमा मेलम्चीका गाडी लैजानेमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद
कोइरालादेखि बहालवाला मन्त्री र उनका सहयोगीसम्म छन् । आयोजना स्रोतका
अनुसार कोइराला र अर्का पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले लगेको गाडी
अझै फिर्ता गरेका छैनन् ।



प्रभावशाली नेताले कानुनको खिल्ली उडाउँदै सरकारी गाडीलाई निजीसमेत बनाएका
छन् । पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष
सूर्यबहादुर थापाले सरकारी नम्बर प्लेट परिवर्तन गरी रातो -निजी) बनाएका
छन् । उनले ०६० असोज १४ गते मेलम्चीको बा१झ ६६०७ नम्बरको सरकारी गाडीलाई
रातो प्लेट बनाएर बा४च ८८७५ नम्बर राखेका छन् ।

'यो नम्बर अर्काे निजी गाडीसँग पनि मिल्छ,' स्रोतले भन्यो । थापामात्र
होइन, पूर्वप्रधानमन्त्री कोइरालाले लगेको जापानी टोयोटा टर्वाे जिपले
बा४च ६६६१ नम्बर पाएको छ । कोइरालाले ०६२ असोज २८ मा गाडी लगेका थिए ।

सरकारले छुट्टै गाडी दिँदादिँदै पनि भौतिक योजना तथा निर्माणमन्त्री
विजयकुमार गच्छदारले मेलम्चीको गाडीसमेत लगेका छन् । गत भदौदेखि उनले
आयोजनाको बा१झ ७११० नम्बरको गाडीमा नीलो नम्बर प्लेट राखी मन्त्रीले चढ्ने
गाडीका रूपमा

उपयोग गरेका छन् ।

भौतिक योजना मन्त्रालयका दुवै सचिवले पनि मेलम्चीका गाडी उपयोग गरिरहेका
छन् । सचिव पूर्ण कडरियाले सरकारी नम्बर प्लेट -बा१झ ५१८४) परिवर्तन गरी
निजी -बा४च ७७३३) बनाएका छन् । सरकारीलाई निजी बनाउनु गैरकानुनी हो । ०६४
कात्तिकदेखि कडरियाले निजी नम्बर प्लेट हाली चढ्न थालेका हुन् । उनलाई पनि
सचिवको हैसियतमा सरकारी गाडी उपलब्ध छ ।

अर्का सचिव उमाकान्त झाले पनि मेलम्चीको बा१झ ७१९५ नम्बरको गाडीलाई बा४च
३३०३ नम्बर बनाएर ०६४ जेठदेखि चढी आएका छन् । आयोजनाका पूर्वकार्यकारी
निर्देशक सुमनप्रसाद शर्माले पनि ०६४ भदौदेखि बा३च ५४९४ नम्बरको मेलम्चीकै
गाडी लिएका छन् । अर्का पूर्वकार्यकारी निर्देशक हरिराम कोइरालाले पनि
आयोजनाकै गाडी चढेका छन् । गत कात्तिकदेखि उनले आयोजनाको

बा४च १५०२ नम्बरको मोटर चढेका हुन् । स्वायत्त निकायका रूपमा रहेको
खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष बीकेमान सिंहले पनि मेलम्चीकै
बा१झ ७१९४ कुदाएका छन् ।

स्रोतका अनुसार 'माथि' बाट आदेश आएपछि आयोजनाले नियुक्ति नै नभएका भौतिक
योजना राज्यमन्त्रीलाई बा४च १५०३ नम्बरको गाडी छुट्याएको छ ।
मन्त्रालयअन्तर्गत र असम्बद्ध प्रभावशाली व्यक्तिलाई दिएर मात्र नपुगी
आयोजनाले मन्त्री गच्छदारका पिछुवा -पछाडि हिँड्ने) का लागि समेत नयाँ
गाडी दिएको छ । बा१झ ६६०२ नम्बरको प्राडो गच्छदारका सहयोगीले चढिरहेका छन्
। एकातिर असम्बद्ध र अनधिकृत व्यक्तिले मेलम्चीको गाडी दुरुपयोग गरिरहेका
छन् भने अर्कातिर आयोजनाले परामर्शदाताका लागि मासिक करिब ३ लाख रुपैयाँ
भाडा तिरेर गाडी उपलब्ध गराएको छ ।



स्रोतका अनुसार सुरुङको परामर्शदाता 'पोरी' लाई एउटा प्राडो र अर्काे
पीकअप जिप मासिक १ लाख ८३ हजार भाडामा उपलब्ध गराइएको छ । त्यस्तै अर्का
परामर्शदाता 'पीआरसी' लाई मासिक ९६ हजार भाडामा एउटा प्राडो उपलब्ध
गराइएको छ ।
Read Full Discussion Thread for this article