Posted by: Nepe June 26, 2009
ANA 2009...Invitation to Nepe's talk on Federalism
Login in to Rate this Post:     0       ?        

Syagjali Magar, Bob Marley and yakthung_laje,


Some misunderstood parts and high emotions aside, you have brought some serious and complex issues here. Let me share my views.


1. a. Who the f_k made NFDIN Act 2002 ?


National Foundation of Development of Indigenous Nationalities


आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान


http://67.148.94.48/~nfdingo/index.php?option=com_content&view=article&id=54&Itemid=79


 


1.b. Where is Managis and the Tangbotens ?


NFDIN को सूची incomplete भएको कुरालाई सबैले स्वीकार गर्दछन् । थुप्रै independent researchers र सरकारले नै गरेको अलग्गै जनगणनामा जातजातीहरुको संख्या 100 भन्दा बढी देखिएको छ । त्यसैले ढुक्क भए हुन्छ, सबै जातजातीहरु र तिनीहरुको branches (anthropological or otherwise) समेत गणना भएको छ, सरकारी वा academic record मा ।


Your question also opens up another very interesting and important dimension of ethnic discourse, which to tell you the truth, contemporary ethnic federalists are trying to suppress. र त्यो के हो भने कुनै जात वा जाती भित्र भएको sub-identity diversity (थर, थरी वा गोत्रको रुपमा रहेको)।


उदाहरणको लागि म आफै लिउँ । मेरो थर खडका र थरी चाही लकाईं । मैले अनुभव गर्ने kinship भनेको लकाईं खडका संग मात्र हो । अरु थरीका खडका हरुसंग म kinship होईन distance अनुभव गर्छु (मैले psychological/biological कुरा गर्‍या है, political कुरा गर्‍या हैन ) । अनि छेत्री जातका अरु थरहरुसंग वा बाहुन जातसंग पनि कुरा उहि हो, म kinship होईन distance अनुभव गर्छु । र यो psychological scheme ( “clan” as the fundamental unit of kinship) सबै जातजातीमा लागु हुन्छ । यसको significance  र यसलाई deny नगर्ने model के होला ? मेरो presentation को उद्देश्य त्यही हुनेछ ।


2. Nepe’s opposition and own model


स्याङ्जाली र याक्थुङ बन्धुले मेरो model पनि नदेखि, अलिकति प्राज्ञिक कौतुहलता समेत नजनाई, आँखा चिम्लेर dismiss गरेको देख्दा आश्चर्य पनि लाग्यो, दु:ख पनि लाग्यो । स्याङ्जाली र याक्थुङ बन्धुको model कस्तो हो त्यो जान्न पाए, मलाई उचित उत्तर दिन सजिलो हुन्थ्यो । तपाईहरुले चाहनुभएको मोडेल अनुसारको map छ भने पाम् । कुनै particular scholar को मोडेल वा बहस हो तपाईहरुले चाहेको भने त्यो उल्लेख गरिदिनुभए पनि हुन्छ, म त्यसै अनुसार उत्तर दिन कोशिस गर्नेछु ।


मेरो मोडेलको परिचय दिनु अगाडी मैले ethnic federalism प्रति जुन विमती जनाएको छु त्यो खास कुन चाही मोडेलको विरुद्ध हो भन्ने बताउन जरुरी छ । त्यो एकदमै महत्वपूर्ण पक्ष छ है ।


मेरो प्रतिवाद गरेको मोडेल हो regionally imposed mono-ethnicism.


र मेरो प्रतिवादको आधार दुईटा छ:


एक, नेपालको हरेक region (माओवादी लगायत जातीय संघियतावादीहरुले identify गरेकाहरु) multiethnic छ । त्यसैले त्यहाँ एक जातीलाई राजा-जाती र बाँकीलाई रैति-जाती घोषणा गर्ने काम अनुचित र दुष्परिणाम निम्त्याउने हुन्छ भन्ने मेरो देखाई ।


दुई, कुनै पनि region लाई माथि भनेजस्तै जबर्जस्ती र कृत्रिम तरीकाले mono-ethnicization गर्नुको साटो अहिले जेजस्तो heterogeneity छ त्यसलाई जस्ताको तस्तै राखी, जस्ताको तस्तै पहिचानको मान्यता र सम्मान दिई (local level मा) र केन्द्रमा सर्वजातिय र सर्वसामुहिक inclusion हुने प्रावधान र ढाँचाको मुलुक निर्माण गर्नु superior alternative हुनेछ ।


जस्ताको तस्तै स्थानिय पहिचान भनेको के हो भने जुन टोल, जुन गल्ली, जुन गाउँ-समुह (जहासम्म continuously फैलिएको छ त्यहाँसम्म ) मा जुन जुन जातीहरु वसोवास गर्दछन् त्यही त्यही अनुसार स्थानियवासीहरुले आफ्नो चाहना अनुसार लोकतान्त्रिक विधी र मान्यताद्वारा निर्णय गर्ने ।


तलको आंशिक नक्सा जहाँ गाविस स्तरमा 50% भन्दा बसोबास भएको जातिय समुह देखाईएको छ, त्यसबाट मेरो बुँदा बुझ्न सजिलो होला:



 


 


 



मेरो मोडेलको स्थानिय प्रारुप त्यही हो । क्षेत्रिय प्रारुपको हकमा, मैले केही वैकल्पिक ढाँचा राखेको छु- तर सबैको मुख्य बुँदा के हो भने यो जातिय-निरपेक्ष र सिमित भूमिका भएको हुनुपर्छ । र केन्द्रलाई मैले सर्वसांस्कृतिक सर्वसमावेसी पहिचानको रुपमा ढाल्नुपर्छ भनेको छु । सर्वसांस्कृतिक सर्वसमावेसी बनाउनका लगि पुराना खस-संस्कृति-प्रधान पहिचान-निर्माण बदल्ने केही कठीन निर्णयहरु गर्नुपर्ने हुन्छ भन्ने मेरो विचार हो ।


मैले यी कुराहरु वाशिङ्टनको कार्यक्रममा आंशिक व्याख्या गर्न पाएको थिएँ, तर मेरो presentation material मा भने त्यो संक्षिप्त र अव्याख्यित रुपमा थियो ।


साझामा यो कुराकानीको फाईदा के भयो भने उक्त मोडेलको व्याख्या गर्नु जरुरी रहेछ भन्ने बुझें । San Francisco मा कोशिस गर्नेछु ।


सबैलाई स्वागत र यहाँ comment गर्ने Newlynew, Crazy Love, KisneKale, Lakhe, Sambhu, Syanjali Magar, Bob Marley yakthung_laje लाई धन्यवाद !


 


Nepe      


 

Read Full Discussion Thread for this article