Posted by: _ June 26, 2009
नेपालमा दन्डहिनता - एक झलक
Login in to Rate this Post:     0       ?        



</html>

बोक्सी प्रकरणमा सभासद्को टोलीमाथि आक्रमण प्रयास

http://www.onlinepatrika.com/view/बोक्सी-प्रकरणमा-सभासद्को.html

काठमाडौं - “चैत ७ गतेका दिन श्रीमानसँगै खेतमा काम गरिरहेकी थिएँ, उनीहरूले दुईजना बहिनीलाई लिन पठाएँ । उनीहरूको घरमा पुग्नेबित्तिकै मनोगत आरोप लगाउँदै कुटपिट, लछारपछार गरे।शुक्रबारको गोरखापत्रमा ललितपुरबाट सीताराम बिलासी लेख्छन्- बोक्सी बकाउने नाममा स्तनको मुन्टा काट्छु भन्दै रेट्न खोजे । बोक्सी हुँ भन्न लगाए ।

दिसा गर्न लगाएर खान भने । खान नमानेपछि विमला गोलेले मेरो चुल्ठो समातेर मुखमा कोच्याउने काम गरिन्।” सभ्य समाजलाई चुनौती दिँदै बोक्सीको आरोपमा महिलालाई दिसा खुवाउने कामकी पीडित कल्लीकुमारी विकले बुधबार घटनास्थल पुगेका संविधानसभा सदस्य, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, महिला अधिकारवादी एवं पत्रकारहरूलाई दिएको राजधानी उपत्यकाकै एउटा गाउँको घटना विवरण हो यो।ललितपुर जिल्लाको प्युटार गाविसकी कल्लीकुमारीलाई स्थानीय एउटा प्राथमिक विद्यालयकी प्रधानाध्यापक विमला गोले (तामाङ) र उनका इष्टमित्रबाट भएको यो घटनाको समाचार सुनेपछि सभासद्सहितको टोली त्यहाँ पुगेको हो।

गालीगलौज र धम्की दिँदै विमलाले आफू र आˆना पतिलाई दुई दिनसम्म उनीहरूले कोठाभित्र बन्धक बनाएर राखेको जानकारी उनले दिए। दुई दिनपछि पनि उहाँहरूलाई त्यसै छाडिएन। दुई वर्षसम्म गाउँमा कोही मर्योध भने टाउको मात्रै दुख्यो भने पनि वा कुनै गाईबस्तु मर्योल भने जिम्मा लिने सर्त गराउँदै घटनाका बारेमा गाउँले बोलाउने, उजुरी गरेमा बोरामा हालेर खोलामा खसालिदिने धम्की दिएको कल्कीकुमारीले बताए।झन्डै ४० वर्ष उमेरकी विकलाई रक्ताम्मे हुनेगरी कुटेपछि बाहिर हल्ला गरेमा वा पुलिसमा उजुर गरेमा ज्यान मार्ने धम्की दिँदै विमला र उहाँका पति एवं जेठाजुले केही दिनदेखि निगरानी राखेका थिए । धामीझाँक्रीको काम गर्ने शेरमान लामाले विकलाई बोक्सीको रूपमा औँल्याएपछि घटनाको पृष्ठभूमि बनेको थियो ।

घटनापछि विस्थापित हुन पुगेको विक परिवार पुनः आक्रमण हुने त्रासले भयभीत छ। नजिकैको पल्लो गाउँकाले उहाँहरूलाई संरक्षण गर्दै आएका छन् । पीडितको पक्षबाट प्रहरीमा उजुरी दिइए पनि आरोपीहरू पक्राउ परेका छैनन्। आरोपी बिमलाको पक्षमा यहाँको समुदाय एक भएर लागेको छ। उनीहरूका अनुसार घटना गाउँको समस्या भएकाले गाउँमै समाधान गर्नुपर्छ । ढुङ्गा र लाठीसहित बसेका उनीहरूले बुधबार काठमाडौँबाट पुगेको पत्रकारसहितको टोलीलाई सुरुमा आक्रमण गर्न खोजेपछि प्रहरीले रोकेको थियो ।

आफूले कल्कीकुमारीलाई दिसा खुवाउनेलगायतका काम नगरेको दाबी विमलाको छ । “विकले रक्सी खाएर आफूले आफैँलाई बोक्सी हुँ भन्ने, तेरो परिवारलाई खान्छु भन्ने, सिलाउन लगेको कपडा फिर्ता नगरी धुजाधुजा बनाएर ˆयाँक्ने गरेको” विमलाले भनिन्। घटनाका बारेमा स्थानीय एमाले कार्यकर्ता दुर्गाप्रसाद घिमिरेले “पल्लो गाउँमा भएको घटना केही दिनसम्म आफूहरूले जानकारी पाउन नसकेको” बताउनुभयो । उनको भनाइ छ, “पीडक पक्षलाई सोध्दा ऊ होइन भन्छ, पीडित पक्षसँग बुझ्दा गम्भीर अपराध भएको देखिन्छ ।”घटनास्थल पुगेकी राष्ट्रिय महिला आयोगकी धनकुमारी सुनारले घटना निमुखा दलितलाई हेप्ने ज्वलन्त नमुना भएको बताए। “घटनामा संलग्न अपराधीलाई कडा कारबाही गरिनुपर्छ, ता कि अरू पनि यसरी पीडित हुनु नपरोस्”, उनको भनाइ छ। सुनारले भने, “हाम्रो जनचेतनास्तर सीमित देखियो, राज्यले जति र जुन ढङ्गबाट गर्नुपथ्र्यो, त्यो रहेनछ।”
Last edited: 26-Jun-09 10:07 AM
Last edited: 26-Jun-09 10:08 AM
Read Full Discussion Thread for this article