Posted by: _ June 26, 2009
नेपालमा दन्डहिनता - एक झलक
Login in to Rate this Post:     0       ?        
दलित महिलालाई दिसा कोच्याउने हेडमास्टर्नी अभिनन्दित















http://www.nayapatrika.com/newsdetail.php?id=906251118406593&n_id=24
अर्जुन पौडेल/नयाँ पत्रिका


बोक्सीको आरोपमा दलित महिलालाई दिसा कोच्याउने प्रधानाध्यापिका विमला गोलेलाई ललितपुर
प्युटारवासीले फूलमालाले स्वागत गरेका छन् । चार दिन प्रहरी हिरासतमा बसेर धरौटीमा
रिहा भएकी विमलालाई निर्दोष भन्दै गाउँवासीले अभिनन्दन गरेका हुन् ।



बोक्सीको आरोपमा प्युटारकी कल्लीकुमारी विकलाई चरम यातनासहित दिसा कोच्याएर फरार
भएकी विमलालाई प्रहरीले गत २७ जेठमा पक्राउ गरी चारदिनपछि धरौटीमा छोडेको थियो ।
'विमला निर्दोष छिन् भन्दै गाउँलेले उनलाई फूलमाला लगाएर अभिनन्दन गरे,' एक स्थानीयवासीले
बताए ।



दलित महिलालाई यातना दिएको अभियोगमा मुद्दा खेपिरहेकी विमलालाई गाउँलेले उनले पढाउने
गडिभञ्ज्याङ प्राथमिक विद्यालयमा स-सम्मान फर्काएका छन् । विमला भोलेन्टिएर्स शिक्षिकाका
रूपमा सो विद्यालयमा पढाउँदै आएकी थिइन् ।



गोलेमाथिको मुद्दा फैसला नै नभइसकेको अवस्थामा उनलाई पूर्ववत अवस्थामा फर्काउन नहुने
भन्दै राष्ट्रिय महिला आयोगले विरोध जनाएको छ । आयोगकी सदस्य धनकुमारी सुनारले यस
विषयमा कुरा गर्न शिक्षामन्त्रीसँग समय मागिएको बताइन् । 'उनीमाथिको मुद्दा नै फैसला
हुन बाँकी छँदै जागिरमा फर्काउनुहुन्न भन्ने हाम्रो माग हो, यस विषयमा शिक्षामन्त्रीसँग
कुरा गर्न समय मागेका छौं,' सुनारले भनिन् ।



सभासद् विनोद पहाडीले विमलालाई शिक्षिकाका रूपमा पूर्ववत् अवस्थामा फर्काइएको विरोधमा
जिल्ला शिक्षा कार्यालयमा डेलिगेसन जाने बताए । ललितपुर जिल्ला शिक्षा कार्यालयले
भने शिक्षिका विमला स्थायी शिक्षक नभएकाले समुदायले उनलाई बहाली गरे केही गर्न नसकिने
जनाएको पहाडीले बताए । विमलाले दिसा कोच्याएकी दलित महिला कल्लीकुमारी दुई महिनासम्म
राजधानी बसेर जेठको अन्तिम साता गाउँ फर्किएकी थिइन् ।

Read Full Discussion Thread for this article