Posted by: harikancha June 26, 2009
नेपालमा दन्डहिनता - एक झलक
Login in to Rate this Post:     0       ?        
यो त अती भयो अब प्रधानमन्त्रीबाटै दन्डहिनताको समर्थन! धमलालाई छुटाउन अब तिनै जनाको मुद्दा फिर्ता रे! अनी यो पत्रकार महासंघले प्रतिवेदन तयार पार्दैमा मुद्दाको छिनोफानो हुन्छ त?

धमलाको मुद्दा फिर्ता लिन सकारात्मक

(samachaarpatra)
प्रधानमन्त्री माधवकुमार नेपालले रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि
धमलासहित पत्रकारहरू वीरेन्द्र केएम र रामशुभक महतोको मुद्दा फिर्ता लिन
सकारात्मक भएको बताउनुभएको छ।



नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा उहाँले
तीनैजना पत्रकारलाई न्याय दिनुपर्नेमा आफू गम्भीर भएको बताउनुभएको छ।

नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाको नेतृत्वमा गएको टोलीले
पत्रकारको सुरक्षा र धमलासहित तीन पत्रकारको मुद्दा फिर्ता लिन आग्रह
गरेको थियो।



प्रधानमन्त्रीले पत्रकारको सुरक्षा र दण्डहीनताको अन्त्यका लागि गम्भीर
भएको बताउनुभयो। महासंघका अध्यक्ष झाले पत्रकारहरूलाई नियोजित रूपमा फसाउन
खोजिएको भनी महासंघका तर्फाट प्रतिवेदन र्सार्वजनिक गरिसकिएकाले मुद्दा
फिर्ता लिन आग्रह गरिएको बताउनुभयो।

Read Full Discussion Thread for this article