Posted by: harikancha June 25, 2009
नेपालमा दन्डहिनता - एक झलक
Login in to Rate this Post:     0       ?        
यो धागोमा नेपालमा भईरहेका दन्डहिनताको उदाहरणहरु टाँस्नहुन तथा छलफल गर्नुहुन अनुरोध छ।

तलको उदाहरण पक्कै नै दन्डहिनता हो। यसरी सानो भन्दा सानो कुराले (घरायसी मामाला) पनि सर्वसाधारणलाई पीर मार्का पार्नु पक्कै नै अपराध हो। त्यस्तो अपराधीहरु सजाँयको लायक छन्। तर दन्डहिनताको करणले यिनिहरु गर्वकोसाथ साधारण जनतालाई मारमा पारीरहेका छन।

श्रीमान श्रीमती झगडामा चक्काजाम

श्रीमान र श्रीमतीको झगडाका कारण नेपालगन्जमा एक घन्टा चक्काजाम भएको छ। श्रीमतीले अपहेलना गरेको उजुरी दर्ता गरेपछि प्रहरीले श्रीमानलाई पक्राउ गर्न खोज्दा बिहीबार दिउसो श्रीमान् समर्थकले पक्राउविरुद्ध चक्काजाम गरेका हुन ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार वैदवारका अनुसार नेपालगन्ज-५ गणेशपुर निवासी साविरा वान हल्वाईले श्रीमान इम्तियाज हलुवाई र उनको घरपरिवारले अपहेलना गरेको उजुरी प्रहरीमा दिएपछि इम्तियाजसँग बुझ्न खोज्दा चक्काजाम गरिएको थियो । प्रहरीले उनलाई पक्राउ गरी कार्यालयमा लगेपछि इम्तियाज पक्षधरले चक्काजाम गरी यातायात अस्तव्यस्त पारे ।

चक्काजामले सर्वसाधारणलाई अप्ठ्यारो भएपछि श्रीमान र श्रीमतीलाई प्रशासनमा लगेर छलफल गर्ने सहमतिमा एक घण्टापछि चक्काजाम खुलेको थियो । पछि जिल्ला प्रशासन कार्यालयमा २५ वर्षीय इम्तियाजले श्रीमतीलाई अपहेलना नगर्ने कबोल गरेपछि कुरा मिलेको थियो ।

सोही विषयलाई लिएर भएको चक्काजाम र तनावले सर्वसाधारण र प्रहरीलाई तनाव मात्र दियो । डिएसपी वैदवारका अनुसार पछिल्ला दिनमा राजनीतिक दलहरुले दिने दबाबका साथै विभिन्न समुदायले पनि प्रहरीलाई अनुसन्धान गरी काम गर्न समस्या पारिरहेका छन् ।

एक महिनाको बीचमा अपराधको आरोपमा पक्राउ परेका तीन घटनामा गाउँलेद्धारा प्रहरी कार्यालय घेराउ गर्ने काम पनि भए । राजनीतिक दलका स्थानीय तथा केन्द्रीय नेताहरुले कोही मान्छे पक्राउ पर्यो कि आफ्नो पार्टीको भएको भन्दै कारबाही नगर्न धम्की दिएका घटना प्रहरी सम्झनै सक्दैन ।

प्रहरीका अनुसार कुनै कुनै बेला एउटै मान्छेलाई धेरै पार्टीले आफनो भन्दै छुटाउन दबाब दिन्छन् । तर पक्राउ परेका व्यक्ति कुन पार्टीको हो भन्ने कुरा पक्राउ गर्ने प्रहरीलाई मात्र नभई स्वयम् राजनीतिक दललाई पनि थाहा हुँदैन ।
Last edited: 25-Jun-09 11:12 AM
Read Full Discussion Thread for this article