Posted by: Rahuldai June 25, 2009
झन्डै बोर्ड !!!!!!!!
Login in to Rate this Post:     1       ?         Liked by

झन्डै बोर्ड......................................


 


हाम्रो टोल छिमेकमा एक जना डाक्टर साहेब बस्नु हुन्छ । डाक्टर बालक राम । असली नाम उहांको राम मान,  तर टोल छिमेकमा डाक्टर बालक राम भनेर चिनिनु हुन्छ । कारण सरल छ, सबल छ । उहाँ आफुलाई देश कै सबैभन्दा वरिष्ठ बालरोग बिशेषज्ञ मान्नु हुन्छ वा देखाउन चाहनु हुन्छ । उहाँको घरको भित्तामा देशकै सबैभन्दा ठुलो आकारको डाक्टरी साइनबोर्ड झुन्ड्याइको जो कोइले देख्न सक्नु हुन्छ । कुल लम्बाइ १८ फिट र चौडाइ साँढे ३ फीट । साथै घरको चार किल्लामा ५ ठाउँमा आफ्नो बिज्ञापन टास्नु भएको छ । यसमाने मा उहाँ देश कै सर्बाधिक वरिष्ठ डाक्टर साहेब हुनै पर्छ भन्ने ठहर् टोलबासी को छ ।
 
डाक्टर साहेब अत्यन्त ब्यस्त मात्र होइन एकदम बिजी हुनु पर्दछ। यो अन्दाज मात्र होइनन, प्रमाणहरु पनि यथेष्ट छन ।  महाराजगंज कान्तिबाल अस्पातलको बाहिर को औषधी पसल देखी लिएर बानेश्वर चोक। बानेश्वर चोक देखिओ कोटेश्वर महादेबस्थान। कोटेश्वर देखी टंकेश्वर सम्म उहाँको साइनबोर्ड भाको क्लिनिक पुग न पुग ५९ वटा छन रे टोलका बेरोजगार भाईहरुले सर्भे गरेको। त्रिपुरेश्वर पशु चिकित्सालयको बाहिर पट्टी को औषधी पसलमा उहाँको साइनबोर्ड झुक्किएर राखेको हो कि आँफै राखेको त्यो चाँही थाहा भएन।
 
 यदी तपाईं  बिरामी लिएर  उहाँको घर वा काठमाडौ भरी फैलिएको क्लिनिक जहाँ देखाउनजानु भए  तपाईं को घर ठेगाना पुरै लिनु हुन्छ । एकहफ्तामा पनि फोलो अप गर्न नआएमा उहाँ आँफै घर पुग्नु हुन्छ। यसमाने मा डाक्टर साहेब को काम प्रतिको लगनशिलतामा कुनै शंका छैन। (किन आएनन भन्ने तिर सोच्ने डाक्टर साहेबको फुर्सद नै हुँदैन) ।  ओखती डाक्टर राम मान को राम वाण नै हुने गर्छ रे। किन कि दोस्रो पल्ट दोहरिएर त्यो बिरामी उहांको जानु पर्दैन वा जादैनन रे। यसमाने मा डाक्टर साहेब आँफैमा गर्ब  गर्नु हुन्छ र कहिले काहीँ टोल छिमेकमा भोजभतेरमा ४-५ गिलास जुस रित्याए पछी भन्नु हुन्छ ।


 



जुस लागेको बेला अरु पनि गर्ब को कुरा सगर्ब भन्ने गर्नु हुन्छ । उहाँ नै पहिलो नेपाली रे जसले चाइना गएर इङ्लिश मा पढेको रे। चाइना मै डि सि एच गरेको पहिलो नेपाली रे। पहिलो नेपाली विद्यार्थी संगठन को अध्यक्ष रे। डाकटर साहेब अझ थप्नु हुन्थ्यो। अरु त सब नक्कली बाल बिशेषज्ञ रे। बंगलादेशबाट नि डिसिएच हुन्छ ? नाक खुम्च्याउनु हुन्छ । डिसिएच भनेको के हो भनी एक जना टोलकै भाईले सोध्दा डाक्टर साहेब ले भन्नु भयो।


 


"डिसिएच भनेको बाल रोग सम्बन्धी सबै भन्दा ठुलो डिग्री हो, पी एच डि भन्दा नि ठुलो। डाकटर अफ चाइल्ड हेल्थ । "


यो पंक्तिका लेखकको ज्ञान ले त डिसिएच भनेको कुनै डिग्री होइन भनेर पढेको। डिप्लोमा इन चाईल्ड हेल्थ भन्ने १० महिने तालिम हो भन्ने मेरो धारणा फेल खायो। तै पनि डाक्टर साहेबअको तर्क गर्न सक्ने क्षमता र तर्कबाट फरक्क फर्केर मुक्का हान्ने अर्को क्षमता सँग परिचित भाकोले शायद नै डाक्टर साहेब सँग पङा लिने गर्छु ।



डाक्टर साहेब को बाल्यकाल हाम्रै टोलमा बितेको र आफ्नै बिरादरीका। यो पंक्तिकार भन्दा २ ब्याच सिनियर। सानो हुंदा नै उहां अजङगको हुनु हुन्थ्यो। गुच्चा, तेलकासा, आसपास, घ्वाइं जे पनि खेल्नु हुन्थ्यो। अजातशत्रु भन्दा फरक पर्दैन। उहाँ हार्नु हुन्न। हराइयो भने षड्यन्त्र भाको ठहर् हुन्थ्यो। खेलमा आफु हारियो कि अर्का दाँत झारियो । हरेक दिन कोइ न कोइ को राम धुलाई नगरी खाना खानु हुन्न थियो बालक राम ।



सबै भन्दा रोचक काहानी त उहाँ हाइस्कूल पढ्दा तिर को छ । जुनियर् भाको नाताले उहाँको गर्बिलो कृयाकलाप नजदिक बाट हेर्ने शौभाग्य जो मिलेको थियो ।


 क्रमश:
 

Read Full Discussion Thread for this article