Posted by: shirish June 24, 2009
वाह ! मन्त्री ज्यु वाह !
Login in to Rate this Post:     0       ?        
ऊर्जा राज्यमन्त्रीमाथि माओवादी आक्रमण








































अन्य समाचार
























पुरानो अंक







2009-06-24,Wednesday




श्रवण देउवा/नयाँ पत्रिका
कैलाली, ९ असार

माओवादी कार्यकर्ताले नवनियुक्त ऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईलाई मंगलबार आक्रमण गरेका छन् । टीकापुर नगरपालिकाको तेस्रो नगर परिषद् उद्घाटन गर्न गएका वेला माओवादी कार्यकर्ताले ऊर्जा राज्यमन्त्रीलाई आक्रमण गरेका हुन् । माओवादीका कार्यकर्ताले राज्यमन्त्रीमाथि ढुंगामुढा गरेपछि परिषद्को उद्घाटन सत्रसमेत बिथोलिएको थियो ।

राज्यमन्त्रीलाई सुरक्षा दिन गएका सुरक्षाकर्मी र माओवादी कार्यकर्ताबीच केही बेर झडपसमेत भएको थियो । करिब डेढ सयको संख्यामा रहेका माओवादी कार्यकर्ताले नगरपरिषद् भइरहेको स्थानलाई चारैतिरबाट घेरा हालेर राज्यमन्त्रीलगायत अन्य अतिथिलाई आक्रमण गरेका थिए ।

झडपमा सातजना घाइते भएका छन् । घाइते हुनेमा देवीकृष्ण प्याकुरेल, विनोद अधिकारी, कृष्णप्रसाद पोख्रेल, चिङ्गु चौधरी, कल्लु चौधरी, पदम गिरी र उमा न्यौपाने छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । आक्रमण रोक्न प्रहरीले दुई सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

राज्यमन्त्री भट्टराईलाई माओवादी कार्यकर्ताले चारैतिरबाट घेरा हाली 'हरुवा मन्त्री मुर्दावाद' लगायतका नारा लगाउँदै आक्रमण गरेका थिए । नगरपरिषद् भइरहेको स्थानबाट राज्यमन्त्री भट्टराईलाई प्रहरीले सुरक्षाका लागि गणमा लैजाँदै गर्दा उनी चढेको बा१ज ५२५८ नम्बरको गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्‍याइएको छ । राज्यमन्त्रीलाई अहिले सशस्त्र प्रहरी बल उग्रतारा गणमा राखिएको छ ।

माओवादीले मंगलबार नै राष्ट्रपतिको कदमको विरोध गर्दै टीकापुर नगरपालिका कार्यालयको हाताभित्रै विरोधसभा गरेका छन् । माओवादीले टीकापुरमा रहेको हवाई मैदान तथा क्याम्पसको जग्गामा बसेका मुक्तकमैयालाई घटनामा प्रयोग गरेका थिए ।

राज्यमन्त्री भट्टराई टीकापुरका स्थायी बासिन्दा हुन् । उनी संविधानसभा चुनावमा कैलाली क्षेत्र नम्बर ३ बाट कांग्रेसका तर्फबाट पराजित भएका थिए ।

Read Full Discussion Thread for this article