Posted by: technokid June 24, 2009
A teenaged girl got killed cruelly in ktm for ransom
Login in to Rate this Post:     0       ?        
म‌गलबार दिउँसो उनी हिरासतको भित्री आँगनमा डुलिरहेका थिए। प्रहरीका हजाम आएपछि दाह्री खौरन लगाए। पाइन्टको भित्री खल्तीबाट सय रुपैयाँको नोट झिके हजामले पर्दैन भने। त्यसपछि अर्का थुनुवालाई ट्युबवेल ठेल्न लगाई मुख र टाउको धोए। सँगै मतियारको आरोप लगाइएकी किशोरी आफ्नै धुनमा थिइन्। वीरेनले किशोरीसँग पनि छोटो कुराकानी गरे।

१९ वर्षीया विद्यार्थी ख्याती श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका वीरेन प्रधानको चालढाल हेर्दा लाग्थ्यो उनी आफ्नै घर-करेसामै छन्। दुई तलामाथिको बरण्डाबाट हेर्दा देखियो उनले सबै थुनुवासँग हँसिलो मुख देखाउन खोज्दै थिए।


हत्या गरेर शवलाई टुक्राटुक्रा पारी विभिन्न ठाउँमा फ्याँक्ने अति क्रुर अपराधका आरोपीले यस्तो निर्धक्क व्यवहार देखाइरहँदा अनुसन्धान अधिकृत समेत अचम्भित भइरहेका थिए।


पक्राउलगत्तै आरोप स्वीकार गरेको भनिएका प्रधानले प्रहरीसँग दुई सर्त राखेका थिए साचारमाध्यममा तस्बिर नदिने र कसैसँग भेट नगराउने। उनलाई सोमबार दिनभरि कोही भेट्न पनि आएनन्। सोमबारका छापामा आफ्नो तस्बिर छापिएको थाहा पाएपछि उनले घुक्र्याउन खोजेको एक प्रहरीले बताए।


प्रहरीका अनुसार सुरुमा अतिकति ‘फिल’ गरेजस्तो देखिएका वीरेनले आफ्नो जटिल चरित्र फेरि देखाउन थालेका छन्। शवको टाउकोतर्फको भाग कहाँ छ भनेर उनले अझै बताएका छैनन्। उनकै बयानका आधारमा चितवनबाट हात र खुट्टा ल्याइएको प्रहरी बताउँछ। उनले अपराधमा संलग्न भनेर पोलेका अन्य तीन जनालाई टाउकाका विषयमा थाहा भएको भन्दै आएका छन्। तीनै जनालाई क्यासिनोमा चिनेको र उनीहरु भारतीय नागरिक भएको उनको दाबी छ।


स्रोतका अनुसार वीरेन फिरौतीवापत लिएको रकमका विषयमा कुरै गर्न चाहिरहेका छैनन् । रकम लिएलगत्तै क्यासिनो गएर डेढ लाख रुपैयाँ हारेको उनले प्रारम्भिक बयानमा बताएका छन्। उनले ख्याती परिवारबाट पाएको १० लाखमध्ये एक भाग मात्र आफूले लिएको समेत भनेका छन् । प्रहरीले उनीबाट ४० हजार रुपैयाँमात्र बरामद गरेको थियो । उनले मतियारको आरोप लागेकी किशोरीलाई समेत १४ हजार रुपैयाँ दिएका थिए । किशोरीको साथबाट बरामद नोट तिनै थिए जसको नम्बर ख्यातीका आफन्तले वीरेनलाई बुझाउनुअघि रातभर लगाएर टिपेका थिए।


“अपराधका क्रममा देखाएको चरित्र र अहिलेको व्यहोरा हेर्दा ऊ अझै उम्कने र पैसा जोगाउने आशमा देखिन्छ,” एक प्रहरी अधिकृत भन्छन्।


यता प्रहरीले अनुसन्धानका क्रममा ख्यातीको अपहरण भएको २४ घण्टाभित्रै हत्या भइसकेको निष्कर्ष निकालेको छ। शवका प्राप्त अंशको पोस्टमार्टम सोमबार त्रिवि शिक्षण अस्पतालमा भएको छ । प्रमाण संकलन र त्यसको ुम्याचिङुको काम भइरहेको एक प्रहरी अधिकृतले बताए।


प्रहरीले प्रधान र मतियार आरोपी किशोरीविरुद्ध आइतबार काठमाडौं अदालतमा अपहरण र कतव्र्यज्यान मुद्दा दायर गरेको थियो।


प्रधानले आफ्नो पहिलेको बालाजुस्थित घरमा डेढ वर्ष डेरा गरेका विराटनगरका गोपाल र राधा श्रेष्ठकी एक्ली छोरी ख्यातीलाई गत जेठ २२ मा अपहरण गरी हत्या गरेको आरोप छ । प्रहरीका अनुसार ललितपुरको एक स्कुलमा १४ वर्ष पढाएका पूर्व शिक्षक प्रधानले अपहरणलगत्तै हत्या गरेपछि पनि फिरौती लिएका थिए । एक पत्रिकाको अन्तर्वार्ताको बहानामा ख्यातीलाई खुसिबुस्थित डेरामा ल्याउँदा उनले आफ्नी पूर्व विद्यार्थी १६ वर्षीया किशोरीलाई प्रयोग गरेको आरोप छ ।


प्रहरीले शनिबार प्रधानलाई राजधानीबाट पक्राउ गरेलगत्तै ख्यातीको शवको एक भाग ललितपुरमा फेला पारेको थियो।
ख्याती पढ्ने कालिमाटीस्थित जुविलियन्ट कलेज एण्ड रिसर्च सेन्टरले सोमबार पत्रकार सम्मेलन गरी दोषीमाथि जन्मकैद र पीडित परिवारलाई फिरौती रकम फिर्ताको माग गरेको छ।
ख्याती हत्याको विरोधमा सोमबार देशभरका उच्च मावि बन्द भए । कालिमाटी क्षेत्रमा विद्यार्थीको प्रर्दशन पनि जारी रह्यो। सोमबार साँझ राजधानीस्थित देशतिलक स्कुलले ख्यातीप्रति श्रद्धान्जली व्यक्त गर्दै मौन जुलुस निकाल्यो।


- अनुसन्धानका पाटाहरु:
- हत्या कहिले भयो ?
- शव किन विभत्स पारियो ?
- टुक्र्याएर देशका विभिन्न ठाउँमा किन फ्याँकियो ?
- प्रहरीले मोबाइल ट्रयाक गरेकै समयमा किन अपहरणकारी पक्रन सकेन ?
- आरोपित शिक्षकमा एक्कासि क्रुरता कसरी आयो ?
- क्यासिनोमा लाखौ‌ रुपैयाँ सिध्याउने कुलत यो अपराधको कारण हो ?


मैले आजसम्म यति क्रुर अपराधी देखेको छैन,” १९ वर्षीया ख्याति श्रेष्ठको अपहरणपछि हत्या गरेको अभियोगमा पक्राउ परेका ४२ वर्षीय वीरेन प्रधानलाई लक्षित गर्दै एक प्रहरी अधिकारी भन्दै थिए। गत वर्षसम्म बालाजुस्थित आफ्नो तत्कालीन घरमा डेरा बसेका श्रेष्ठ दम्पतीका एक्ली छोरी ख्यातिको प्रधानले गरेको भनिएको हत्या कुनै ‘हरर’ चलचित्रको कथाभन्दा कम छैन। नाटकीय अपहरण क्रुरतम हत्या र त्यसपछि फिरौती लिन देखाइएको रवैया कोही कसरी यतिसम्म अपराधमा लिप्त हुनसक्छ भन्ने एउटा अप्रीय उदाहरण हो।


अभियुक्त प्रधानले ललितपुरको एभिएम स्कुलमा १४ वर्ष पढाएर गत वैशाख ९ मा छाडेका थिए । उनी छिट्टै आफ्नी दुई छोरीसहित क्यानडामा स्थायी बसोबास अनुमति लिइसकेकी पत्नीकहाँ जाने तयारीमा थिए । काठमाडौंमै जन्मेर भारतको दार्जिलिङमा हुर्केको बताउने उनी अन्ततः आफ्ना पूर्व भाडावालकी छोरीको हत्या गर्ने व्यक्तिका रुपमा प्रकट भए । आइतबार उनी पक्राउ परे । प्रारम्भिक अनुसन्धानकै क्रममा उनले आफ्नो अपराध स्वीकार गरेको प्रहरी बताउँछ । उनले हत्या योजनामा सूचना र पहुँचका लागि प्रयोग गरेको आफ्नै पूर्व विद्यार्थी १६ वर्षीय मेरिना शाक्यलाई पनि प्रहरीले सहअभियुक्तका रुपमा पक्राउ गरेको छ ।

घटनाचक्र

गोपाल र राधा श्रेष्ठ छोरीको उच्च शिक्षाका लागि विराटनगर छाडेर राजधानी छिरेका थिए । आफन्तका सहयोगमा उनीहरुले बालाजुस्थित प्रधानको घरमा डेरा पाए । डेरावालको नातामा श्रेष्ठ परिवारसँग प्रधान राम्रो हेलमेल राख्थे । गत वर्ष उनले बालाजुको घर बेचेपछि श्रेष्ठ परिवार अनामनगर डेरा सर् यो । त्यतिखेर उनले घरै किन्न प्रस्ताव गरे पनि श्रेष्ठ परिवारले मानेन ।
ख्यातिको अपहरण हुनु केही दिनअघि प्रधानले फोन गरेर हालचाल सोधेका थिए । उनलाई असल व्यक्ति सोच्ने श्रेष्ठ दम्पतीले खाना खाने गरी आउने निम्तो दिए । सँगै बसेर खाना खाँदा उनीहरुले ख्यातिको पढाइको विषयमा छलफल गरे । ख्यातिको पाइलट बन्ने इच्छालाई लिएर प्रधानले सल्लाह पनि दिएका थिए ।


त्यतिबेलासम्म प्रधानको नियतका विषयमा श्रेष्ठ दम्पतीलाई पटक्कै शंका नभएको आफन्त बताउँछन् । जब घटनाक्रमले अपहरण प्रधानबाटै भएको पक्का भयो श्रेष्ठ दम्पतीले कोठामा राखेको एल्बमबाट त्यहाँ रहेको प्रधान र उनकी छोरीको तस्बिर भेटेनन् । ‘उसले आफ्नो हुलिया लुकाउने योजनामा फोटो पनि लगेको रहेछ’- एक आफन्त भन्दै थिए ।


प्रहरीले दिएको जानकारीअनुसार जेठ २२ गते बिहान आठ बजे प्रधानले शाक्यलाई फोन गर्न लगाई पुतलीसडकमा डाके । बहाना थियो ‘भाऊ म्यागाजिनको अन्तर्वार्ता । ख्यातिले अभिभावक लिएर आउँछु भन्दा ‘लेडिजहरुले नै अन्तर्वार्ता लिने हो पर्दैन’ भनियो । भाइ नाता लगाएको छिमेकी युवकसँग मोटरसाइकलमा लिफ्ट लिएर ख्याति पुतलीसडक पुगिन् । पुतलीसडकमा शाक्य कुरेर बसेकी थिइन् । मोटरसाइकल लिएर आएका प्रधानले शाक्यलाई परैबाट ख्याति चिनाए । ट्याक्सीमा ल्याउनका लागि ५ सय रुपैयाँको नोट पनि थमाए । शाक्यले ख्यातिलाई भेटिन् र टयाक्सीमा हालेर सिधैं प्रधानको डेरा नयाँबजार खुसिबु टाउन प्लानिङ पुर् याइन् ।


बाटोमै ख्यातिलाई घरबाट फोन आएको थियो । उनले अन्तर्वार्ताका लागि जाँदैछु भनिन् ।


प्रधान स्वयंले प्रहरीलाई दिएको बयानअनुसार अकस्मात एउटा कोठामा आफ्ना पूर्व घरबेटी भेटेपछि ख्याति अचम्भित भइन् । ‘तपाईं पनि यहाँ ?’- उनले भनिन् । कुराकानीका क्रममा दुवैले कफी खाए । त्यसपछि शाक्य फर्किन् ।


प्रधानले कोठामा ख्याति एक्लै भएको अवस्थामा क्लोरोफर्म सुँघाएर बेहोस पारे । त्यसपछि ख्यातिकै मोबाइल प्रयोग गरी एसएमएसबाट उनी अपहरण भएको भन्दै परिवारसँग १० लाख रुपैयाँ फिरौती मागे । प्रधानले ख्यातिका बाबु गोपालसँग मोबाइल नहुँदा भाइ नाता पर्ने छिमेकीलाई एसएमएस पठाएका थिए ।
श्रॆष्ठ परिवार आफन्तजनको सहयोगमा प्रहरीसँग पनि सम्पर्कमा थियो । यता प्रधानले देशका विभिन्न भागमा छु भन्दै पैसा लिएर आऊ भन्न थाले । कहिले बुटवल, कहिले चितवन, कहिले सुनौली र कहिले दार्जिलिङ । श्रेष्ठ परिवारका आफन्त पैसा बोकी गएर त्यत्तिकै फर्के पनि ।


प्रधानले हिन्दी भाषामा एसएमएस पठाउँथे बंगाली लवजमा । त्यतिबेलै प्रधानप्रति शंका पलाएको थियो । यहाँ-त्यहाँ भनेर घुमाउँदा घुमाउँदै प्रधानले अन्ततः काँकडभिट्टामा डाके । उनले पैसा बोकेर श्रेष्ठ परिवारसँग लामो समयदेखि घरेलु कामदारका रुपमा रहेका रामलाई पठाउन भने । रामलाई साथी लिएर ख्यातिकी आमा काँकडभिट्टा गइन् । काँकडभिट्टा ओर्लेर एउटा चिया पसल जाँदा त्यहाँ उनले प्रधानलाई चाउमिन अर्डर गरिरहेको देखिन् र पछि हटिन् ।
प्रधानले एसएमएस गरी पैसा सीमावर्ती भारतीय भूभाग पानीट्या‌ङ्कीमा पठाउन भने । राम पैसा लिएर गए । पैसा लिन बसेका प्रधानलाई देखेपछि राम छक्क परे । प्रधानले पैसासँगै रामलाई पनि नियन्त्रणमा लिन खोजेका थिए । तर होटल पुर् याइन लागिसकेको राम भागेर आउन सफल भए । प्रधानले त्यसपछि ख्यातिलाई काठमाडौंमा छाडिने जानकारी दिए । आत्तिएका रामले पैसा प्रधानलाई बुझाएको काठमाडौं फर्केपछि मात्र खोले ।


अपहरणकारी प्रधान नै भएको पुष्टि भएपछि प्रहरीले उनको खोजी गर्न थाल्यो । उनी काठमाडौंमा रहेको भेउ प्रहरीलाई थियो । रकम लिएर काठमाडौं पसेका प्रधान डेरामा नगई ससुरालीमा खाना खान जाँदा रहेछन् । अन्ततः उनलाई आइतबार प्रहरीले चावहिलदेखि पछ्याएर सोह्रखुट्टे क्षेत्रमा पक्राउ गरेको स्रोत बताउँछ ।


पक्राउ परेपछि उनकै बयानका आधारमा प्रहरीले ख्यातिको आधा शव ललितपुरको सैंबु क्षेत्रमा फेला पारेको हो । शवका केही भाग हातखुट्टा सोमबार चितवन नारायणगढ क्षेत्रमा फेला पारी राजधानी ल्याउने तयारी भइरहेको थियो । उनले टाउकोको भाग कहाँ छ भनेर अझै प्रहरीलाई नभनेको स्रोत बताउँछ ।


प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रधानले अपहरण गरेकै दिन वा भोलिपल्टसम्मै ख्यातिको ज्यान लिएका हुन् । हत्यापछि शरीर टुक्र्याएर अपराध लुकाउने दुस्चेष्टा गर्न उनले निकै चलाखी गरेको देखिने प्रहरी बताउँछ ।


जटिल चरित्र


नरदेवी मूल घर भन्ने प्रधानले पछिल्लो समय खुसिबु टाउन प्लानिङमा डेरा गर्दै आएका थिए । उनले दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजबाट बिएस्सी गरेका थिए । उनको साथबाट भारतको रासन कार्ड पनि भेटिएको छ ।


नजिकबाट चिन्नेहरुका अनुसार क्यासिनो गएर पैसा सक्नु उनको कुलत थियो । उनले यसै कारण राजधानीमा बनाएको घर पनि बेचेको बताइन्छ । उनले पछिल्लो समय आफ्ना १० र ५ वर्षका दुई छोरीका नाममा ससुराली पक्षले बैंकमा राखेको २० लाख रुपैयाँ समेत जुवामै सकेको आफन्त बताउँछन् । पत्नीले पठाएको रकम पनि त्यसैगरी मासेको बताइन्छ । क्यानडा जाने मिति नजिकिएको र आफ्नो कुलत धान्न उनी पैसाकै लोभमा अपराधमा लागेको बताउने पनि थिए ।
प्रहरीका अनुसार प्रधानबाट घटनाबारे सम्पूर्ण कुरा बुझ्न बाँकी नै छ । उनी जटिल प्रकृतिको भएको र हरेक कुरालाई छिनमै मोड्न सक्ने खुबी राख्ने बताइन्छ । फिरौती लिने क्रममा उनले यही चरित्र देखाएका थिए । प्रधानले आइतबार हिरासतमै ब्लड प्रेसरको औषधी अत्यधिक मात्रामा खाएकाले अस्वस्थ भएपछि तत्काल वीरेन्द्र प्रहरी अस्पताल लगिएको थियो । त्यहाँ उपचार नभएपछि प्रहरीले उनलाई गंगालाल ह्रदय केन्द्र लगेको थियो । उनले आफूलाई सार्वजनिक नगर्न र सकेसम्म छिटो कैद सजायका लागि पठाउनसमेत भनिरहेको स्रोत बताउँछ ।


“अपराधको सीमा नदेख्ने उ अझै सेफसाइड खोज्दैछ”- एक प्रहरी अधिकृतले भने ।


उनले घटनामा क्यासिनोमा चिनेका केही व्यक्तिको साथ लिएको पनि प्रहरीलाई बताएका छन् । तर प्रहरीले घटनास्थलमा अन्य मानिसको आवतजावत नभएको देखिएको बताएको छ ।


उनीसँगै पक्राउ परेकी काठमाडौं महानगरपालिका-१६ की मेरिना शाक्य भने एसएलसी दिएर बागबजारको एक इन्स्टिच्युटमा ब्रिज कोर्स गरिरहेकी छात्रा हुन् । उनी पूर्व शिक्षक प्रधानको नियमित सम्पर्कमा रहेको देखिने प्रहरी बताउँछ ।




शोकमग्न परिवार


अनामनगरको भित्री भागमा सेतो घरको दोस्रो तला । गोपाल र राधा अर्धचेत भएर लडिरहेका छन् । कोठाका चारै भित्तामा मुस्कान छरिरहेका छन् ख्यातिका तस्बिरहरु, जुन अब सम्झना मात्रै छन् ।


एक्लो सन्तानको पढाइमा राम्रो भविष्य देखेर गोपाल र राधा राजधानी छिरेका थिए । एसएलसीमा डिस्टिङ्सन् आएपछि छोरीलाई राम्रो कलेज पढाउने र उसको पाइलट बन्ने साकार बनाउने उनीरुको सपना थियो ।


सहानुभूतिका लागि जम्मा भएका आफन्तका अनुसार श्रेष्ठ दम्पती छोरी संसारमा नरहेको पत्याउन अझै सकिरहेका छैनन् । शव पूरै जम्मा नभएसम्म यसै भन्न नसकिने भनेर आश व्यक्त गर्ने पनि त्यहाँ थिए ।


विराटनगरमा राम्रो सामाजिक प्रभाव भएका गोपाल नामैअनुसार सुधा स्वभावका भएको नातेदार पुरुषोत्तम अमात्य बताउँछन् । राधा उदार-मनका लागि सबैकी प्रिय । अनि ठ्याक्कै बाबुआमाकै स्वभाव आउने ख्याति ।


“मेरो बाबुले उसलाई काली भनेर जिस्क्याउँदा म ठूली भइसकें त्यसो नभन भन्थी, साह्रै प्यारी थिई,” आफन्त ज्ञानराजा श्रेष्ठ भावुक हुँदै भन्दै थिए- “ऊ अस्पतालमा जन्मनेबित्तिकै मैले काखमा राखेको हुँ । सानोमा खाना खान नमान्दा पनि ज्ञानुकाका आयो भनेपछि खुरुक्क मान्थी ।”


बाल्यकालका साथी कांग्रेस नेता शेखर कोइराला सोमबार दिउँसो सँगै आएर बसेपछि गोपाल पनि उठेर तकियाको आडमा बसे । दुवैले एकअर्कालाई हेरिमात्र रहे, केही बोल्न सकेनन् ।


पक्राउ परेका श्रेष्ठ ख्यातिका ट्युसन पढाउने शिक्षक हुन्। उनले प्रहरीसमक्ष हत्या स्वीकारेको वयान दिएको प्रहरीले जनाएको छ।


प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ललितपुरको सैबुस्थित बाटोमुनि खोल्सामा उनको मृत शरीर टाउको र कम्मरमुनिको भाग काटिएको अवस्थामा आइतबार दिउँसो तीन बजे फेला पारेको थियो।


अपहरणको तीन दिनपछि कालिमाटीस्थित उनी अध्ययनरत जुविलियन कलेज एन्ड रिसर्च सेन्टरमा जेठ २५ गते १२ कक्षाको रसायनशास्त्रको व्यावहारिक परीक्षा थियो। ख्याति परीक्षामा अनुपस्थित भएपछि कलेजले अविभावकलाई फोन गरेर उनको अनुपस्थितिबारे जानकारी गराएको थियो। पिता गोपाल श्रेष्ठले छोरी अपरहणमा परेको जानकारी कलेजका अध्यक्ष मधुसुदन रन्जितलाई गराएका थिए। रन्जितका अनुसार पछिल्लोपल्ट शनिबारमात्रै पिता श्रेष्ठले फिरौती रकम बुझाएको बताएका थिए।

Read Full Discussion Thread for this article