Posted by: RajaHarischandra June 23, 2009
Login in to Rate this Post:
0
?
भाग-२
कमेरो र रातोमाटोले घर लिपेर गाउनै नौलो देखिएको थियो| केटा केटी , तरुना, तरुनी, बुढा, बूढी सबलाइ झ्याप्प दशैले छोई सकेको थियो|
हामी भने स्कूलबाट फर्कने बित्तिकै झोला फाल्यो, लाग्यो चौतारा तीर उकालो | दिन भरी चौतारामाँ बसों, चौरमाँ लडाएका खामा, पिंगका बाहा, घुर्रा, पिरका हेर्यो |
गाउलेले पिंगका पुराना खामा निकालेर तेहि खाल्डोमाँ फेरी नया पिंग हालने भये| हेर्त माइला- साच्चै भनेका हुन १०० बर्ष बड़ा, १०० बर्ष खडा, १०० बर्ष लड़ा भनेर|
फलाके बुढा भर्खरै खाल्डोबाट निकालेको पुरानो खामो तीर हेरेर बोल्दै थिए| " मेरा हजुर्बाले घिउ खा थे, मेरो हात सुन्घ्त" भने जस्तै तिनका
हजूरबाऊको फलेकले छाएको घर थियो रे, तेसैले यी बुढालाइ पनि फलाके भन्थे| "तेहि त, अझै १०० बर्ष गडा, औराख भनेको औराख नै हो, की कसो फलाके बा? "
माइला बाले पनि फलाकेबुढा संग हो माँ हो मिलाए|सारै बिचित्रको थियो हाम्रो गाऊ| ठुलो एउटा परिवार जस्तो थियो| सुख, दुःख, हासो, खुसी मिले सम्म एक आपासमाँ बाढेर बस्थे|
परार साल असारमाँ गाउमा फैलेको हैजाले तिनै फलाके बुढाकी बुहारीलाइ लिएर गयो| असारको महिना, बिचारा बुढाको खेत बाझो रहला भन्ने पीर|
तिनै माइला बा परेली थिए, बुढाका| मरेर जाने त गए गए, बाच्नेले अर्को बर्ष फेरी जिउनै पर्थो|तेती खेर गाउले मिलेर फलाके बुढाको खेत ४ दिनमा रोपर सकेका थिए|
जिउदाको जन्ति मोर्दाको मलामी-साच्चै येस्तै थियो हाम्रो गाऊ|
सरहरुको दशैको तयारी गर्नु पर्ने भएकोले हाम्रो स्कूल नौरथा लाग्नु भन्दा २ दिन अगाडी नै बिदा भयो| तेस पछि त जमुनीको बासै हाम्रोमाँ हुने भयो|
बिदाको पहिलो दिन| बिहानै आमा बोलेको सुने| यसो बार्तलीबाट हेरेको त जमुनी मून्ट्टि सकेकी रैछ| कुकुरले गल्ली पनि चाटन नभ्याउदै कति चाडै
गाजेछन ये मरिचे तलाई ? भन्न मन लागेको थियो तर दशैमा पाकेका केरा गुम्लान भन्ने डरले चुप लागे| बिदाको दिन पनि किन एति बिहानै आइथिस ये जमुनी?
भैसीको गोठमाँ सोथ्थर फ्याक्दै आमाले सोध्नुभयो| "आज दरै गाउमाँ खसी किन्न जाने की नजाने रे भनेर कान्छाबालाइ सोधेर आईज भनेर बा ले पठाउनु भको"
जुठेल्नु तीर पिच्च थुक्दै जमुनीले भनी| दशैको लागी १ -२ दिन अगाडी बाले आँगन खुर्किनु भएको थियो| आमाले गोबर र माटोले लिप्नु भएको थियो| एकदम सफा देखिन्थ्यो हाम्रो आँगन|
आँगनको एउटा छेउमाँ काठको जुठेल्नु थियो| आँगनको अर्को छेउमाँ तार्कू बांसको एउटा झिक्रो गाडिएको थियो|तेहि झिक्रोमा ५-७ वोटा पहेला भएर पाकेका काक्रा थिए|
टिकाका लागी भनेर बाले ती काक्रा कापेमा बाधेरा राख्नु भएको थियो| ' जाने हो जाने ,खाना खाएर झर्छु भन्देल तेरो बाउलाई" बाले भैसी दुहने बाल्टी पखाल्दै भन्नुभयो|
"ए राजेस्या बा, राजेशेलाइ पनि लिएर जानू है, खसी किन्न जादा, तेल्लाई पनि रमाइलो हुने, नभए दिन भोरी घरमा चलेर बस्छ| " मैले कतिनै दुखः दिने गरि आमाले भन्नु भयो|
आमा, बा र जमुनी कुरा गरेको बार्तलीमाँ बसेरा हेरी रहे| खोई काम लिएर आएकी भएर हो, वा किन हो, जमुनीले मेरो बारे खोजी निति नगरी फर्की|
आमा, बा र जमुनी कुरा गरेको बार्तलीमाँ बसेरा हेरी रहे| खोई काम लिएर आएकी भएर हो, वा किन हो, जमुनीले मेरो बारे खोजी निति नगरी फर्की|
नत्र त "तेरो पूठा आएर कौआले ठुग्ने बेला सम्म किन सुत्छस ए राजेशे" भनी सक्थी| जमुनीका २ जना दाईहरु अलिक ठूला भैसकेका थिए|
जेठा दाई देशा लाहुरे थिए अनी कान्छा त्यों बर्ष एस एल सी दिने| २ दाईकी एउटी बहिनी, बुढेस कालमाँ जन्मेकी सारै चढेकी| तेसका त बाऊ आमाले गाली पनि नगर्ने|
दिनभरी मुलुकी झै गाऊ डूलेर आये पनि हुने| खप्पर चाई लियेरै आयेकी जस्तो लाग्थ्यो|हाम्रो घरमा जम्मा तिन जना- म, आमा र बा| आमा मासु नखाने|
दशैमा प्राय: जमुनिको घर र हामी मिलेर अलिक ठुलो खसी ल्याउथेउ, उनिहरु तिन खुट्टा राख्थे, हामी १ खुट्टा| यो दशै पनि तेस्तै नै हुने भयो|
म, बा, जमुनी, र जमुनिका बा भएर दरै गाऊ तीर लागेउ|"रातो राजा, कालो काजी सेतो पाजी, बुझिस कान्छा २-४ पैसो बढ़ी परे पनि किन्न चाई रातै
खसी किन्नू पर्छ|" जमुनीका बा हाम्रा बालाई सम्झाउदै थिए|यो गाऊका बुढाहरुको राशि गिद्द्दनै परे जस्तो छ| अस्ति पनि पिंग हाल्ने ठाउमा दुई जना दात
खसी किन्नू पर्छ|" जमुनीका बा हाम्रा बालाई सम्झाउदै थिए|यो गाऊका बुढाहरुको राशि गिद्द्दनै परे जस्तो छ| अस्ति पनि पिंग हाल्ने ठाउमा दुई जना दात
नभएका बुढा "दशैको मासु त लोहोराले पिसेरै भये पनि खानु पर्छ है" भन्दै थिए|२ - ४ घरका खसी हेरेपछी बल्ल एउटा रातो खसी किन्न्ने भये|
ये राजेश, ल खसी घिच्च्या, जमुनी चाई खसी धपा |" बाले खसी बांदेको डोरी मेरो हातमाँ दिदै भन्नुभयो| खसी हेर्दा मैले खसिलाई हैन, खसीले मलाई
घिच्च्याउला जत्रो थियो|तै पनि खसी नभागोस भनेर आफ्नो कम्मरमाँ एकफन्को बादे| खसी भन्दा पनि मलाई तेहि मरिचे माथी शंका थियो|
नभन्दै, लूरू लूरू हिडेको खसिको राज्खानी घोचेर मरिछे| तेत्रो खसी बुर्लुक्क उफ्रादा मैले के धान्न सक्थे र, भल्यात्तै लडायेरा मलाई घिसार्न पो थाल्यो|
लड़दा लड़दै भये पनि "ओई मारोगी मरिचे, तलाई पख" भन्न चाहि भ्याइहाले| बाहरु हामी भन्दा अलिक अगाडी थिए, म कराएको सुन्नुभएछ र कस्सों बचे|
खसी घर आइपुग्यो| जमुनिको म २-३ वोटा बाख्रा थिए, तेसैले साथी हुन्छन् भनेर खसी जमुनिको मा नै राख्ने भये| फेरी आमालाइ पनि खसी काटेको हेर्न मन नपर्ने|
अर्को दिन पिंग हाल्ने भए गाउलेले| गाऊ भरका केटा केटी अरु भन्दा पाहिले चौतरामा पुगे|
क्रमश:
Last edited: 23-Jun-09 07:20 PM