Posted by: बैरे June 23, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        

हामी सबै हास्यौ , बार्दलीमा गएर फेरी हामी चुरोट सल्काउन लाग्यौ , अहिले न त रिया न त उसका आँखा र मुख हरु केही बोल्ने स्थिती मा थिए , उसका आँखा मुख हरु आफ्नो लाज छोप्नै ब्यस्त थियो ।


केही छिन को गफ गाफ पछी सबै जना आ-आफ्नो पुरानो कोठा मा सुस्ताउन गयौ । बिहान त के भनौ दिउसो उही पहिले को झै काप्दै उठे, पकाउने समान नभएकोले हामी बाहिर नै खान गयौ । खाना खाइ हामी भेगस शहर को भ्रमणको लागि निस्क्यौ, जुवा खेल्ने त होइन एसै होटेल भित्र गयो रमिता हेर्यौ र फेरी अर्को होटेल तिर लाग्यौ । MGM , Cesar's Palace , New York , Luxor, Mirage लगायत अरु नभ्याको भन्ने ठाउँ नै थिएन । हिडाइ को थकान मार्न हामी Venetian गयौ त्यहाँ भित्रै खुला आकाश, इटली को गल्ली हरु जस्तै, त्यहाँ कै घर हरु र त्यहाँ बहने Grand Canal को बातावरण बनाएको थियो ।


केरेन त्यो Gondola Ride मा चढ्ने भन्न थाली , नमान्ने त कुरै थिएन , हामी ४ जना त्यो डुङ्गा चढ्यौ, नाउँ चालकले खै इटलिअन मा के गाउदै थियो बुझ्या भए मारिदिए हुन्छ ।  त्यही पनि लौ त लौ रोम्यान्टिक गाना नै हो भनी सुनी बसे, फोटो हरु पनि खिचियो कत्ती एक्लै कत्ती दुक्लै , अब दुक्लै खिच्दा चाँही खिच्न भन्दा नि रिया को नाटक सकिन समय धेरै लाग्थ्यो ।


तर त्यो दिन उु र मेरो बिचको सम्बन्ध को कुरा थिएन, हामी त्यो सम्बन्ध लाई जतनको साथ आफ्नो मन को कुनै कुना मा लुकाइ बसेका थियौ । त्यो पल त्यो क्षण हामी पुरानो साथी हरु को थियो । हुन त कसै सँग २ सम्बन्ध कसरी गास्न सकिएला र ? त्यही पनि ति पल हरु रिया मेरो लागि केवल मेरो मिल्ने साथी मात्रै थियो , र उसले पनि मलाई त्यही नजर ले नै हेर्थ्यो ।


समयले हामी लाई कहिले काही चाँही चुनौती गर्थ्यो र समय को प्रतिनिधित्व चाँही केरेन र उसको क्यामरा ले गर्थ्यो । हाम्रो हिडाइ सँगै घाम ले नि कदम मा कदम मिलाई रहेको थियो र आफ्नो लक्ष्य सम्म पुग्न उु पनि सफल भएको थियो, घाम को तेजिलो किरण लाई सितल पार्न जुन बादलबाट चिहाउदै आयो । त्यही घाम को किरणको रुप एउटा चाँही छाला नै पोल्ने हुने र अर्को चाँही मलम लगाएको झै सितल  भएर जुन ले बोकी आउछ भने हाम्रो सम्बन्ध २ रुप लिन कुन ठुलो कुरा हो र ?


जुन को सितल किरण सँगै आफुले सम्हाली राखेको सम्बन्ध फेरी निकाल्न कस्ट गर्नु पर्‍यो , ननीकाल्ने पनि कसरी , छेउ मा उ थियो भने आँखा अगाडि Bellagio को पानी को नाच ले Love is in the Air भन्या झै गरिदिएको थियो । म उु तर्फ फर्के , उसका आँखा र मेरा जुध्न पुगे , उसले पनि साची राखेको सम्बन्ध केही क्षणको लागि पैचो मागेको रहेछ । आँखा र मन ले उसको सपर्श पाए पनि शरीर भने परै थियो ।


आकाशमा हेरियो, केही छोटो दुरी भएको दुई तारालाई देखाए , उसले कुरा बुझ्यो । हामी पनि त्यो तारा झै थियौ मन बाट नजिक तर वास्तबिक्तामा धेरै टाढा । केही क्षण त्यही वरी परी हिडि हामी फेरी खाने र पिउने बन्दो बस्त गर्न गयौ । भोली पल्ट Hoover Dam जाने प्लान थियो त्यसै ले हामी कान पिन पछी सिधै आफ्नो कोठा तिर लाग्यौ ।


Hoover Dam नि पुगियो, खासै बिशेष केही भएन, हाम्रो रुप ले साथी को रुप जो धारे को थियो । च्याङ्ग्राले नि परिस्थिती बुझेको थियो, हामी Hoover Dam बाट फर्किदा उसले मलाई - "ल त चला, म चलाऊदा चलाऊदै थाकी सके " भनेर गाडी को साँचो मलाई दियो । च्याङ्ग्रा अगाडि बस्छ भन्ने सोच ले रिया पछाडि गई ।


च्याङ्ग्रा रिया लाई हेर्दै - " त अगाडि बस, म पनि आफ्नो हनी सँग बस्न पाउ न, बिहा भयो तर सँगै बस्नै पाको छैन "


रिया हिच्किचाउदै थी , तर च्याङ्ग्राको अगाडि उसको केही लागेन , उु आइ अगाडि बसी । हामी गफ गाफमा ब्यस्त थियौ, म पनि गफ र बाटो मा ध्यान दिदै थिए । मेरो नजर बाटो बाट हटी रिया तर्फ पुग्यो , उसको आँखा रसाको देखे । मन मनै पानी को धारै लिएर जन्म्या रहेछे जस्तो लाग्यो , तर झसंग त्यो रात याद आयो , जब रिया ले मैले गाडी किने पछी म सँग अगाडि बस्छु भनेकी थीई, त्यो कुरा उसको सत्यता बन्न ४ बर्ष लाग्यो । मेरो मन मा उसको लागि माया पलाएर आयो । मेरो एउटा हात स्टेरिङ्ग मा थियो भने अर्को चाँही स्वचालित (Automatic) गाडी भए नि गेर मा थियो । हात उु तर्फ बढाउन निकै प्रयास गरे, उसलाई सान्त्वोना दिन मन थियो तर सकिन । आफुले आफुलाई र आफ्नो पुरुषर्थ लाई धिक्कारे ।


केही दिन हरु आँखा मिचे झै मिच्यो , अब हामी सँग बाँकी भनेको एक दिन मात्रै बाँकी थियो । हामी भोली पल्ट फर्किने थियौ , उठ्न पनि दिउसो भएको ले त्यो दिन पनि अब सकिन मात्रै बाँकी थियो । अन्तीम दिन भएको ले च्याङ्ग्राले Golden Nugget, Four Queens गएर क्यासिनोमा जुवा खेल्ने कुरा उठायो ।


अब माफिया भने पछी हुरुक्कै हुने मान्छे, लुका ब्रासी हुने मौका पाको थियो नाइ कसरी भन्ने ? हुन्छ भनियो । म पनि तयार हुन गए , गर्मी त गर्मी नै थियो तर आए देखी लाउछु भया फोर्मल कोट लाउनै पाको होइन , झन PE को कोट क्या महँगोमा किन्या झल्काउनै पेन भन्दै त्यही कोट ढल्काउने बिचार  गरे ।


कोठा बाट बाहिर निस्क्या त सब जना हास्न थाले, केरेनले नि - " You think its going to freeze ?" भनी पेच हानी । "If you go out wearing that then certainly it will be cold " भनी


-"This is my lucky jacket, Nothing happened for the past week may be this will bring luck " भनी मैले नि दिए दिन पाको बेला ।


रिया मेरो छेउ मा आइ ," पाखे " भनी बाहिर निस्की । हुन पनि हो बाहिर त बितपात गर्मी थियो , तर क्यासिनो मा त चिसै हुन्छ भनी आफु लाई नै सान्त्वोना दिए । क्यासिनो मा लुक ब्रासी पर्सिन समय नै लागेन , तुरुन्तै भुक्का बनाईदियो क्यासिनो ले । अब खेल खतम पैसा हजम , कहाँ जाने कुरा उठ्यो । केरेन ले - "How about we go to the club ?" भनी । हामी भेगस आएर पनि हाम्रो दोस्रो घर कहिले गएको थिएनौ । च्याङ्ग्रा र म दँग ।


पहिले पो सबैले चिन्थे छिर्न पनि गाह्रो हुँदैन थियो , अहिले त छिर्न नि गाह्रो भयो तर यसो त्यसो भित्र चाँही पसियो । फोर ओल्ड टाईम भन्दै २-३ घुट्काइयो एक छिन नाचियो पनि , तर मोज हामीले धेरै गर्या हो कि भन्ने डर ले फेरी केरेन र रिया भए ठाउँमा गयौ । २-३ घण्टा पछी हामी त्यहाँ बाट निस्क्यौ । गाडी रोकेको ठाउँ त टाढै थियो ,नलागे पनि नाटक गरेर कैची कट हान्दै " ए दोस्ती हम नही छोडेङ्गे " भनी लागि रहेका थियौ । पछाडि फर्केर हेर्दा रिया फुलेल थि , बिस्फोट नै होला कि भन्ने डर, केरेन पनि साँढे झै राता राता आँखा ले हेर्दै थि ।


-"ओये केटो तरुनी हरु रिसाइ जस्तो छ राता राता आँखा ले हेर्दै छ , हिड पछाडि जाउ "


च्यङ्ग्रा - "तिनी हरु लाई नि लाग्या होला त्यसै ले आँखा राता भाको हो , हिड हिड " --------- " अलिकती मात्रै हो पिएको , मात्रै हो पिएको लौ न मैले जात्रा नै देखेको ....."


पछाडि गएन भने जात्रा सुरु हुने निस्चित थियो , फेरी झ्वाम पार्ने मेरो सोचाइ च्वाम होला भन्ने डर लागेर कदम अली ढिलो अघी सारे र तरुनी हरु को प्रतिक्षा गरे  


हिड्दै गर्दा मौसम अचानक अली अली चिसो चिसो हुँदै गयो , रिया हात बाधी न्यानो पन ल्याउन खोज्दै थि । आशिकी जमानामा हेर्या कहिले राहुल रोए बन्न पाउने भनेर सोच्थे आज मौका पाउदा गुमाउने त चान्स नै थिएन, कोट फुकालेर उसलाई दिए । उसलाई निकै चिसो भएको हुनु पर्छ नाटक नै नगरी थपक्क लगाइ । दिउसो मलाई हान्या "पाखे" डाइलग को जवाफ दिउ कि झै लाग्या थियो , तर होश भनी केही भनिन ।


केही समय पछी हामी कोठामा पुग्यौ र ४ बर्ष अगाडिको द्रिश्य फेरी स्मक्ष्य आयो । "आज अन्तिम दिन होइन त ?" च्याङ्ग्रा ले सोध्यो


 


क्रमश :

Read Full Discussion Thread for this article