Posted by: shirish June 19, 2009
वाह ! मन्त्री ज्यु वाह !
Login in to Rate this Post:     0       ?        









छवि निर्माताहरुको खा“चो

मनुज चौधरी

राम्ररी कुम नमिलेको कोट, जा“घ र कर्टाई नमिलेको पाइन्ट, ढुकुरी नै छोप्लाझै“ लम्बे र्टाई अनि लामो र बाक्लो भएका कारण टोपीको सतहभन्दा माथि उठेको कपाल । प्रधानमन्त्री पुष्पकमल दाहाल
-प्रचण्ड)ले शपथग्रहण गरेपछि उनको पहिरनलाई राष्ट्रियताको प्रश्नस“ग जोडेर निकै टीकाटिप्पणी गरयिो तर उनको पहिरनको ढङ्गका बारे भने कुनै टिप्पणी भएन । उनको पहिरन एकदमै खत्तम त थिएन तर सुधार्ने ठाउ“चाहि“ प्रशस्तै थियो । यो स्तम्भ प्रधानमन्त्रीको पहिरनको प्रसङ्गलाई पृष्ठभूमिमा राखेर नेपालमा खासगरी राजनीतिज्ञहरूका लागि अत्यावश्यक भइसकेको छवि निर्माताहरूको खा“चोमा केन्द्रित रहनेछ ।
नेपालमा पेसेवर छवि निर्माताहरू भएको सुनिएको छैन । विकसित देशहरूमा छवि निर्माताहरू प्रमुख राजनीतिज्ञहरूको जीवनका अभिन्न पाटो हुने गर्छन् । जसरी हुन्छ बढीभन्दा बढी जनताको मन जित्न र चाहेको उद्देश्य हासिल गर्न सघाउन राजनीतिज्ञहरूको छवि प्रभावकारी तुत्याउनु तिनको प्रमुख दायित्व हुन्छ । छवि निर्माताहरूले राजनीतिज्ञहरूले के लगाउ“छन्, कसरी लगाउ“छन्, कसरी हि“ड्छन्, कसरी बोल्छन्, के बोल्छन्, कसरी हा“स्छन्, हाउभाउ कस्तो गर्छन्, सबै विचार गरेर तिनको समष्टिगत व्यक्तित्वलाई उकास्न सघाउ“छन् । हामीकहा“ राजनीतिज्ञहरूमाझ मात्र होइन, अन्य वरष्िठ अधिकारीहरूमा पनि छवि सचेतताको तीव्र अभाव देखिन्छ । रूपकै प्रभाव राम्रो रहेन भने सारको विश्वसनीयता र प्रभावकारतिामा स्वतः ह्रास आउ“छ ।
प्रधानमन्त्री भएपछि प्रचण्ड आफ्नो पहिलो विदेश भ्रमणमा चीन गए । त्यहा“ उनले आफ्ना चिनिया“ समकक्षी, राष्ट्रपति तथा अन्य देशका वरष्िठ राजनीतिज्ञहरूस“ग भेटे र उच्चस्तरीय भोजहरूमा सहभागी भए । चीन साम्यवादी व्यवस्थाको सफलताको ज्वलन्त उदाहरण हो । वाक् स्वतन्त्रताभन्दा गा“स र बासजस्ता आधारभूत मानवीय आवश्यकतासम्मको पहु“च मानव अधिकारको पहिलो प्राथमिकता हो भन्ने सो देश प्रचण्डको प्रेरणा भूमि हो । तर, त्यो यस्तो देश पनि हो, जहा“ ओलम्पिक खेलकुद सुरु हुनुअगाडि मानिसहरूलाई पाहुनाहरूका सामु सफा, सुग्घर र छरतिो देखिन आग्रह गर्दै नाक, कान र आ“खीभौ“मा बढेका रौ“हरू र लामो कपाल काटेर चिटिक्क पर्न सुझाइएको थियो । छविका बारे त्यति सचेत देशमा गएर ठूलठूला मानिसहरू भेट्दा प्रचण्ड कसरी प्रस्तुत भए होलान्, उच्चस्तरीय भेटहरूका बेला सोफामा कसरी बसे होलान्, भोजहरूमा का“टा-चक्कु ठीक ढङ्गले चलाउन जाने होलान् या जानेनन् होला, फर्ेने कोट-पाइन्टहरू पुग्ने गरेर लगे होलान् या लगेनन् होला या गरबि देशमा र्सवहाराको नेतृत्व गर्नेले पहिरनको धेरै ख्याल गर्नु हु“दैन भनेर एउटै लुगा दर्ुइ-तीन दिनसम्म धसे होलान् भन्नेमा यो स्तम्भकारभित्र ठूलो कौतूहल छ । फोटोहरू देख्दा थाहा भयो, उनले सुट त बेइजिङ्मा राम्रै लगाएछन् तर र्टाईचाहि“ काठमाडौ“को भन्दा ठीकविपरीत नाइटोभन्दा माथि बस्ने गरेर छोटो पारेछन् । त्यहा“ पनि उनको र्टाई लगाउने ढङ्ग पुगेनछ । यद्यपि, उनको व्यक्तित्व सानदार नदेखिएको भने होइन ।
देश जतिसुकै गरबि भए पनि आफ्ना नेता तथा वरष्िठ अधिकारीहरू र्सार्वजनिक रूपमा प्रस्तुत हु“दा गरमिामय ढङ्गबाट प्रस्तुत हुन् भन्ने आमजनताको चाहना हुन्छ । गरमिामय हुनका लागि मह“गो हुनुपर्दैन तर लवाइ, खवाइ, बोलाइ, चलाइ हरेक कुरामा आवश्यक तौरतरकिा जान्नर्ैपर्छ र प्रस्तुति वजनशील हुनर्ैपर्छ । हाम्रोजस्तो देशमा अधिकांश नेता तथा प्रशासकहरू गरबि पृष्ठभूमिबाट आउने हुनाले उनीहरूले तौरतरकिाहरू नजान्नु आफै“मा कुनै कमजोरी होइन । तर, आवश्यक परसिकेपछि पनि सिक्न लाज हुन्छ भनेर कसैलाई नसोध्नु या त्यस्ता विषयमा ख्याल नै नपुग्नुचाहि“ कमजोरी हो । उदाहरणका लागि प्रचण्डले शपथग्रहणका बेला पश्चिम-पठित, सुट-र्टाई ढल्काउने एउटा कुनै कम्पनीको प्रमुख कार्यकारीलाई चलनचल्तीको र्टाईको नट कसरी बनाउने, र्टाई कति लामो र कुन रङको लगाउने, कोट-पाइन्ट र जुत्ता-मोजाको रङ कसरी मिलाउने भनेर सल्लाह लिएको भए उसले सबै बताइदिने थियो । त्यति मात्र होइन, सम्भवतः उसले भादगाउ“ले टोपी लामो बाक्लो कपालमाथि कोच्दा नसुहाउ“दो देखिन्छ, त्यसैले टोपी लाउने हो भने कपाल त्यही अनुरूप काट्नर्ुपर्छ भन्ने सल्लाह पनि दिन सक्थ्यो होला ।
यस स्तम्भकारले उच्च राजनीतिक, कूटनीतिक र प्रशासनिक अनुभव भएर पनि ढङ्ग नजान्ने धेरै नेपालीहरूको साह्रै अप्ठ्यारा चालाहरू देखेको छ । स्पोर्टस् सुस“ग इस्त्री गरेको कटनको पाइन्ट, त्यसमाथि रङ नमिलेको हाफ सुइटर, त्यसभित्र झनै रङ नमिलेको र्टाई र बेसबल क्याप लगाएर हि“ड्ने, पसिना गन्हाउने, का“टा-चक्कु चलाउन नजान्ने, खा“दा च्याप्लाङ-च्याप्लाङ आवाज निकाल्ने, अझ कहिलेकाही“ त डकार्ने, पायो भने रक्सी थपेको थपै गर्ने, रक्सी लागेपछि अर्थहीन विषयवस्तुमा गफ छा“टेर आफै“लाई सस्तो बनाउने, गोरो छाला देख्नेबित्तिकै आत्मविश्वास गुमाएर अनावश्यक ठाउ“मा त्यसै पनि खिसीखिसी हा“स्ने केही त्यस्ता अशोभनीय उदाहरणहरू हुन् । मञ्चमा बसेर औ“लाले नाक र खाना खाएपछि नङले दा“त कोट्याउने नेता र उच्च अधिकारीहरू त कति भेटिन्छन् कति † त्यसैगरी हाम्रा अधिकांश नेता तथा प्रशासकहरूले कार्यपत्रहरू प्रस्तुत गर्दा कसरी पढ्ने, कुन गतिमा पढ्ने, कहा“ जोड दिने, वाक्यको कुनकुन ठाउ“मा रोकिने, बेलाबेलामा कसरी सहभागीहरूलाई आ“खाले सम्बोधन गर्ने भन्ने पनि जान्दैनन्, न त तिनले राम्रोस“ग अग्रिम अभ्यास नै गर्छन् । लेखेर ल्याएका कागजका पानाहरू कतिले त कोटको भित्री खल्तीबाट झिकेर स्वार्याङ-स्वार्याङ पल्टाउ“दै र मिलाउ“दै पढ्न थाल्छन् । त्यस्ता सम्बोधनहरू कस्ता कागजमा कसरी लेखिन्छ, कसरी राखिन्छ र त्यसलाई प्रस्तुतिका क्रममा पढिसकेपछि कसरी सपक्क छेउमा सारन्िछ भन्ने पनि तरकिा हुन्छ ।
नया“ नेपाल निर्माण गर्नेहरूको पारा नै गाईजात्रे भयो भने नया“ नेपालको स्वरूप कस्तो होला - हामीकहा“ माथि उल्लिखित तौरतरकिा आमसमस्या भएकाले त्यसलाई आमरूपमै सम्बोधन गर्नुपर्ने देखिन्छ । अप्ठ्यारो मान्ने कुरा होइन, अत्यावश्यक कुरा हो । सभासद् तथा वरष्िठ पदाधिकारीहरूका लागि छवि निर्माण कक्षाहरू सञ्चालन गर्न अत्यावश्यक भइसकेको छ किनभने अधिकांशलाई सम्मानजनक र्सार्वजनिक व्यवहारका अति आधारभूत तौरतरकिाहरू नै थाहा छैन । गरबि देशको भन्दैमा गाईजात्रे पहिरन र अशिष्ट तौरतरकिालाई कसैले पनि सकारात्मक रूपमा ग्रहण गर्दैन ।







Read Full Discussion Thread for this article