Posted by: MR_TRUTH June 19, 2009
एक पारस र सयौं पारस
Login in to Rate this Post:     0       ?        

लौ नभन्दै रिहा पनि भएछन , त्यति मात्र होइन बिजयत्सोव पनि मनाएछन । पारस डाहाले मर्दा हुन । फुत्किएका करोडपति उपेन्द्र महतोको बुढो बाउको पालो आउने पनि होला सिन्दुर जात्रा गर्ने । भर्खरै अर्को देशमा चाँहि खरबपति पक्राउ परेछन, उनी पनि डाहाले मर्दा हुन ।

DALLAS – Texas billionaire R. Allen Stanford, chairman of the troubled Stanford Financial Group, is scheduled to appear in federal court Friday on fraud charges after surrendering to FBI agents in Virginia the day before, officials said.







क्याम्पस प्रमुख कुट्ने विद्यार्थी रिहा











Print



















मिथिलेश यादव, लहान असार ४- क्याम्पस प्रमुख कुटपिटमा संलग्न भएका तीन
जना विद्यार्थी बिहीबार दिउसो प्रहरी हिरासतबाट रिहा भएका छन्। जिल्ला
अदालत सप्तरीका न्यायाधीश रमेश पोखरेलको ईजलाशले थुनामा रहेका
विद्यार्थीलाई रिहा गर्ने आदेश दिएपछि उनीहरु छुटेका हुन्।


महेन्द्र विन्देश्वरी क्याम्पस सप्तरीका प्रमुख देविदत्त साहलाई कोठमा
थुनेर निर्घात कुटपिट गरी घाइते बनाएका स्ववियु सभापति रामचन्द्र यादव,
प्रकाश यादव र सन्तोष यादवलाघ प्रहरीले अपहरण, शरीर बन्धक र कुटपिटको
मुद्धामा थुनामा राखेको थियो।


रिहाईपछि विद्यार्थीहरुले विजय जुलुश निकाले। पक्राउ परेका विद्यार्थी
नेताको रिहाइको माग गर्दै बिहीबार प्रमुख दलसहितका १० दलीय गठवन्धनले
जिल्ला प्रशासन कार्यालय सप्तरीमा तालाबन्दी गर्न खोज्दा प्रहरी र
राजनीतिक दलका कार्यकर्ताबीच झडप भएको थियो।


प्रदर्शनकारी
दलका कार्यकर्ताले जिल्लाका अन्य छ वटा सरकारी कार्यालयमा भने तालाबन्दी
गरेका छन्। प्रहरीको लाठीचार्जबाट बिहीबार बिहान ५ जना घाइते भएका थिए।


प्रहरीको लाठीचार्जबाट मधुसुदन यादव, केदार देव, सुखराम यादव, दयानन्द
देव र शम्भु यादव घाइते भएको थिए। प्रहरीले सो क्रममा अश्रु ग्याससमेत
प्रहार गरेको थियो।


जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गर्न गएका १० दलीय मोर्चाका
कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन्। घाइते सुकराम
यादवसहितको राजविराज अस्पतालमा उपचार भैरहेको छ। १० दलको मोर्चाले बिहीबार
११ बजेदेखि १ बजेसम्म ताला लगाउने निर्णय गरेकव थियो।  प्रहरीले ताला
लगाउन नदिँदा दुई पक्षबीच झडप भएको हो।


गठबन्धनबाट नेपाली कांग्रेस भने बिहीबारबाट अलग जिल्ला सभापतिले जनाएका
छन्। पक्राउ पर्ने तीनै जना नेविसंघका कार्यकर्ता हुन्। यसअघि क्याम्पस
प्रमुख साहलाई कुटपिट गरेकामा पक्राउ परेका स्ववियु सभापतिसहित तीन जनालाई
छोड्नुपर्ने भन्दै १० दलले प्रशासन कार्यालयमा ताला लगाउने निर्णय गरेको
थियो। ।


नेकपा माओवादी, नेकपा एमाले, मधेशी जनअधिकार फोरम, सदभावनासहितका दलले
उनीहरुलाई कारबाही नगर्न प्रशासनलाई दबाब दिँदै‌ आएका छन्। क्याम्पस
प्रमुख घटनामा व्यापक दबाब आउन थालेपछि सप्तरी प्रहरी प्रमुख भुपाल
भण्डारी बिदामा बसेका छन्।


पक्राउ तीनै जनालाई वयानका लागि बिहीबार जिल्ला अदालतमा पेश गरिएको प्रहरी निरीक्षक शिवबहादुर सिंहले जानकारी दिएका थिए।






Read Full Discussion Thread for this article